भर्खरै :

तिमीहरूको माग यही हो र ?

तिमीहरूको माग यही हो र ?

ए संसद्वादी दलका नेताहरू
तिमीहरू पालैपालो राजा हुनु
के आन्दोलनको माग हो र ?
करोडौँ युवालाई विदेश पठाउनु
आन्दोलनको माग हँुंदै होइन
दाल, चामल, तरकारी सँगसँगै
फलफूल पनि भारतबाटै किन्नु
नेपाललाई भरुभूमि बनाउनु
आन्दोलनको माग हो र ?
कर्णालीका २६ प्रतिशत घरहरू
अझै अँध्यारोमा राखेर
नदीनाला–बिजुली भारतलाई दिनु
कसरी आन्दोलनको माग होला ?

ए संसद्वादी दलका नेताहरू
बीआरआई र एमसीसीमा फरक किन देख्दैनौ ?
बीआरआई मानव जातिको साझा हित हो
यसलाई भारतीय आँखाले किन हेर्छौै ?
अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने
एमसीसी अनुदान होइन विष हो
विषलाई अमृत देख्ने तिम्रो आँखा कस्तो ?
नेपालमा अमेरिकी सेना ल्याउने
के तिमीहरूको देशभक्ति हो र ?
अमेरिकी साम्राज्यवादका नङ्ग्राहरू
विश्व बैङ्क, एडीबी, आईएमएफ होइनन् र ?
पालैपालो प्रधानमन्त्रीहरू भएकाहरू
बुझ पचाउंंँदै किन हिँड्छौ ?
२६ खर्ब रूपैयाँ ऋण ल्याई भ्रष्टाचार गर्नु
के तिमीहरूको आन्दोलनको माग हो र ?

२०८१ मङ्सिर १९

Leave a Reply

Your email address will not be published. Required fields are marked *