यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हालैका वर्षहरूमा अमेरिका र चीनबिचको व्यापार युद्धले नयाँ मोड लिएको छ । अमेरिकाले चीनमाथि लगाएको व्यापारिक प्रतिबन्धका विभिन्न रणनीतिक कदमको प्रतिक्रियास्वरूप चीनले पनि दुर्लभ खनिज (Rare earth metal) अमेरिकामा निर्यात प्रतिबन्ध लगाएपछि विश्वभर दुर्लभ खनिजको चर्चा चुलिएको छ । विश्व महाशक्तिलाई नै हल्लाउन सक्ने दुर्लभ खनिज के हो भन्ने जानकारी दिने यो आलेखको उद्देश्य रहेको छ ।
दुर्लभ खनिजहरूलाई ‘दुर्लभ’ भनेर जनाइनुको कारण तिनीहरूको वास्तविक अभाव नभई विभिन्न अन्य कारणहरूले गर्दा हो । पहिलो कारण, दुर्लभ खनिजहरू पृथ्वीको सतहमा कम एकाग्रतामा पाइन्छन् । नियोडिमियम र सिरियमजस्ता खनिजहरू तामाजस्तै बढी मात्रामा उपलब्ध भए तापनि ती प्रायः अन्य खनिजहरूसँग मिसिएर रहेको हुँदा तिनीहरूको उत्खनन र प्रशोधन चुनौतीपूर्ण बन्छ । दोस्रो कारण, तिनीहरूको प्रक्रिया जटिल छ । दुर्लभ खनिजहरू रासायनिकरूपमा धेरै समान हुने भएकोले एकलाई अर्कोबाट छुट्याउन गा¥हो हुन्छ । यसका साथै उत्खनन र प्रशोधनमा धेरै रासायनिक प्रक्रिया हुने हुँदा वातावरणीय रूपमा हानिकारक तत्व उत्पन्न हुन्छ । तेस्रो कारण भनेको आर्थिक र भौगोलिक अभाव पनि तिनीहरूको दुर्लभता बढाउने मुख्य कारण हो । विश्वव्यापीरूपमा चीनले ७० प्रतिशतभन्दा बढी दुर्लभ खनिज उत्पादनमा नियन्त्रण कायम गरेको छ । अन्य देशहरूसँग आर्थिकरूपमा लाभदायक खानीको अभाव अथवा आवश्यक प्रशोधन प्रविधिको कमीले खनिजहरूको उपलब्धता दुर्लभ बनाएको छ । अतः ‘दुर्लभ’ शब्दले यी खनिजहरूको भौतिक अभावलाई नभई तिनीहरूको उत्खनन, प्रशोधन र आर्थिकरूपमा प्राप्त गर्न गा¥हो हुने अवस्थालाई जनाउँछ । ऐतिहासिक सन्दर्भले पनि यसलाई दुर्लभ बनाएको छ । यो ‘दुर्लभ’ नाम १८ औँ र १९ औँ शताब्दीतिर दिइएको हो । त्यतिबेला यी खनिजहरू छुट्याउन र उपयोग गर्न आधुनिक प्रविधि उपलब्ध थिएन, जसले तिनीहरूलाई साँच्चिकै दुर्लभ बनायो ।
ग्यालियम, जर्मेनियम र एन्टिमोनी यी तीन प्रकारका खनिज पदार्थ दुर्लभ खनिजअन्तर्गत पर्दछन् । आधुनिक प्रविधि र उपकरण निर्माणमा यी दुर्लभ खनिजहरूको प्रयोग आवश्यक हुन्छ । यी खनिजहरू विशेषगरी इलेक्ट्रोनिक्स (स्मार्टफोन, ल्यापटप), नवीकरणीय ऊर्जा (वायु टर्बाइन, विद्युतीय सवारी), सैन्य उपकरण (जेट इन्जिन, मिसाइल प्रणाली) र चिकित्सा उपकरण (एमआरआई, एक्स–रे) मा प्रयोग हुन्छन् ।
ग्यालियम आर्सेनाइड (GaAs) र ग्यालियम नाइट्राइड (GaN) सेमिकन्डक्टरको क्षेत्रमा उच्च गतिको उपकरण निर्माण, एलईडी बत्ती र लेजर डायोडका लागि प्रयोग गरिन्छ । यी सामग्रीहरू स्मार्टफोन रडार प्रणाली र सौर्य प्यानलमा अनिवार्य मानिन्छन् । विशेषगरी, उच्च तापमान सहने र उच्च कार्यक्षमता प्रदान गर्ने क्षमता राख्ने भएर ग्यालियम नाइट्राइड प्रविधिको लागि महत्वपूर्ण छ । यसका अतिरिक्त, ग्यालियमले थिन–फिल्म सौर्य प्यानल निर्माणमा योगदान गर्दछ, जसले सौर्य प्यानललाई उच्च कार्यक्षमता र लचिलोपन प्रदान गर्दछ । यी गुणले ग्यालियमलाई आधुनिक प्रविधिमा एक महत्वपूर्ण सामग्री बनाएको छ । यी खनिजहरू चिप उत्पादन, सौर्य प्यानल र सैन्य उपकरण निर्माणका लागि आवश्यक हुन्छन् । चीन विश्वको ९८ प्रतिशत ग्यालियम आपूर्ति गर्ने भएर यो खनिज आपूर्तिमा चीनको प्रभुत्व एकाधिकारजस्तै छ । त्यसैले प्रतिबन्धले अमेरिकी प्रविधि उद्योग, मोटर उत्पादन र उच्च–प्रविधि क्षेत्रलाई गम्भीर असर पु¥याउनेछ ।
जर्मेनियम आधुनिक प्रविधि र उद्योगका लागि अत्यन्त महत्वपूर्ण खनिज हो । यसको प्रमुख प्रयोग फाइबर अप्टिक्समा हुन्छ, जसले उच्च गतिको इन्टरनेट र दूरसञ्चारको लागि महत्वपूर्ण भूमिका खेल्दछ । जर्मेनियम इन्फ्रारेड क्यामेरा र थर्मल इमेजिङ उपकरणहरूमा पनि प्रयोग हुन्छ, जसले रक्षा, निगरानी र वातावरणीय अनुगमनमा महत्वपूर्ण योगदान पु¥याउँछ । विशेषगरी उपग्रह र अन्तरिक्ष अनुसन्धानमा सौर्य प्यानल निर्माणमा जर्मेनियम प्रयोग गरिन्छ । रणनीतिक दृष्टिले चीनले विश्वको करिब ६० प्रतिशत जर्मेनियम उत्पादनमा नियन्त्रण गर्दछ, जसले यसलाई रक्षा, नवीकरणीय ऊर्जा र दूरसञ्चार क्षेत्रमा अत्यावश्यक बनाउँछ । यसको आपूर्ति नियन्त्रणले विश्वव्यापी प्रविधि र उद्योग क्षेत्रमा चीनको पकड बलियो रहेको छ ।
आगो प्रतिरोधी सामग्रीको रूपमा महत्वपूर्ण भूमिका खेल्ने एन्टिमोनी आधुनिक प्रविधि र उद्योगका लागि महत्वपूर्ण खनिज हो । विशेषगरी एन्टिमोनी ट्राइअक्साइड प्लास्टिक, कपडा र इलेक्ट्रोनिक्समा आगो प्रतिरोधी बनाउन प्रयोग गरिन्छ । ब्याट्री निर्माणमा प्रयोग हुने शीशालाई बलियो बनाउने र अटोमोबाइल तथा औद्योगिक क्षेत्रका मेसिनरीलाई टिकाउ बनाउने भएर मिश्रधातुमा पनि यसको प्रयोग पाइन्छ । सैन्य क्षेत्रका लागि एन्टिमोनी गोलाबारुद र विस्फोटक पदार्थ निर्माणमा प्रयोग गरिन्छ । यसले चीनलाई विश्वभरका आपूर्ति शृङ्खलामा महत्वपूर्ण स्थान दिलाउँछ र यसका विभिन्न उपयोगहरूले यसलाई भूराजनीतिक दृष्टिले पनि अत्यावश्यक बनाउँछ । एन्टिमोनीको अमेरिकी सैन्य तयारीमा महत्वपूर्ण भूमिका हुँदा चीनको यो प्रतिबन्धले अमेरिकी सैन्य क्षमतामा पनि प्रभाव पार्ने विश्वास गरिन्छ । चीन एन्टिमोनीको उत्पादनमा विश्वकै अग्रणी राष्ट्र हो, जसले करिब ४८ प्रतिशत विश्वव्यापी उत्पादनमा कब्जा जमाएको छ । सन् २०२२ मा चीनले करिब ६०,००० मेट्रिक टन एन्टिमोनी उत्पादन गरेको थियो, जबकि विश्वव्यापी उत्पादन करिब ११०,००० मेट्रिक टन थियो । यो तथ्यले विश्व आपूर्ति शृङ्खलामा एन्टिमोनीका लागि चीनको महत्वपूर्ण भूमिकालाई स्पष्टरूपमा देखाउँछ ।
चीनको यो कदमको परिणामस्वरूप, दुर्लभ खनिजहरूको आपूर्ति सङ्कटले तिनीहरूको मूल्य वृद्धि गर्नेछ । जस्तैः– ग्यालियमको मूल्य पहिले नै १५० प्रतिशतले बढेको थियो र अब थप आपूर्ति सङ्कटले यसमा अझ वृद्धि गर्ने सम्भावना छ ।
यी खनिजको लागि अमेरिका मुख्यतः चीन र रुसमाथि निर्भर छ । चीनले यी खनिजहरूको आपूर्ति नियन्त्रणमा राखेकोले तिनीहरूको रणनीतिक महत्व बढ्दो छ । यसले विश्वव्यापी आर्थिक र राजनीतिक सन्तुलनमा गहिरो प्रभाव पार्नेछ । यो सङ्घर्ष केबल व्यापारिक नभई रणनीतिक प्रतिस्पर्धा हो, जसले विश्व अर्थतन्त्र र प्रविधि आपूर्तिलाई प्रभावित पार्दै खनिज आपूर्ति शृङ्खलामा दीर्घकालीन परिवर्तन निम्त्याउनेछ । ‘चोक्टा खान गएकी बुढी झोलमा डुबी मरी’ भनेजस्तै चीनको औद्योगिकीकरणलाई मत्थर पार्ने अमेरिकी रणनीति उल्टै अमेरिकामाथि नै ‘बुम¥याङ’ हुने त होइन भन्ने धेरैलाई लागेको छ ।
(लेखक भक्तपुर बहुमुखी क्याम्पसमा रसायनशास्त्र अध्यापन गर्नुहुन्छ ।)
Leave a Reply