भर्खरै :

अमेरिकाले कसरी सिरियामा ‘शासन परिवर्तन’ का लागि विद्रोही समूहहरूलाई तयार ग¥यो ?

अमेरिकाले कसरी सिरियामा ‘शासन परिवर्तन’ का लागि विद्रोही समूहहरूलाई तयार ग¥यो ?

पश्चिमी र क्षेत्रीय राज्यहरूद्वारा समर्थित लडाकु समूहहरूको समूहले डिसेम्बर ८ मा टेलिभिजन सम्बोधनमा सिरियाली राष्ट्रपति बशर अल–असदको २४ वर्ष लामो शासनको अन्त्यको घोषणा ग¥यो ।
यसले अरब देशमा नाटकीय घटनाक्रमको अन्त्यलाई चिन्तित ग¥यो । यो दुई हप्ताभन्दा कम अघि सुरु भएको थियो र तुरुन्तै इजरायली शासन र लेबनानबिचको युद्धविराम सम्झौताको घोषणा भएको थियो ।
हमलाको थालनी नोभेम्बर २७ मा भएको थियो जब लेबनान र गाजामा भएका घटनाक्रमहरूको फाइदा उठाउँदै केही लडाकु समूहहरूले असदको सरकारलाई हटाउने आफ्नो मनसायसहितको आवाज उठाइरहेको देखाएको भिडियो देखा प¥यो । तिनीहरूले सिरियाको सबैभन्दा ठुलो सहर एलेप्पोमा आक्रमण सुरु गरे, जहाँ उनीहरूले प्रतिरोधको सानो झल्को सामना गर्नुप¥यो ।
त्यसको लगत्तै, विभिन्न सम्बद्धता भएका यी समूहहरूले सिरियाली सैन्य स्थानहरूमा आक्रमणको शृङ्खला सुरु गरे, इडलिब र हामामा रहेका सैन्य आधारहरू कब्जा गर्दै तिनीहरू राजधानी दमास्कसतर्फ अघि बढे ।
अल–असदको पतनको घोषणा हुनुभन्दा एक दिनअघि शनिबारको एक विज्ञप्तिमा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले सिरियाको घटनाक्रमसँग वाशिङ्गटनको ‘केही सरोकार राख्नु हुँदैन’ भने ।
“यो हाम्रो लडाइँ होइन । यसलाई खेल्न दिऔँ । यसमा संलग्न नहोऔँ,” उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखे ।
धेरै विश्लेषकहरूले ट्रम्पको शब्दलाई लिएर असदविरोधी लडाकु समूहहरू आफ्नो देशको सरकारलाई हटाउन र राजधानी दमास्कस र त्यहाँका राज्य संस्थाहरूलाई नियन्त्रण गर्न स्वतन्त्र विद्रोहको रूपमा व्याख्या गरे ।
अघिल्लो अवसरहरूमा, वाशिङ्गटन र यसका सहयोगीहरूले असदलाई हटाउन आतङ्कवादी र भाडामा लडाइँ लड्नेहरूका प्रयास असफल भए पनि संरा अमेरिकाले सिरियामा शासन परिवर्तनको षड्यन्त्र गरेको यो पहिलोपटक भने होइन ।
प्रख्यात अमेरिकी सार्वजनिक नीति विश्लेषक जेफ्री साक्सले वाशिङ्गटनको ‘शासन परिवर्तनको लत’ यसको विदेश नीतिमा गहिरोरूपमा निहित रहेको उल्लेख गरे । यो दृष्टिकोण लामो समयदेखि आफूलाई ‘मन नपर्ने सरकारहरूलाई पराजित गर्ने’ रणनीतिको वरिपरि घुमेको बताए ।
“सन् १९७९ मा हामीले केही चलाखी गरौँला भन्ने सोचेका थियौँ । सीआईएलाई पठाउने केही जिहादी भाडाका सैनिकहरूलाई भर्ती गर्न थाल्ने आदि इत्यादि । यस्तै कार्यले जसले ४० वर्षपछि अफगानिस्तानलाई पूर्णरूपमा ध्वस्त पारेको छ,” उनले एक अन्तर्वार्तामा भने ।
साक्स (Sachs) ले अल–असदलाई हटाउनको लागि सीआईएको गोप्य अपरेसनलाई ‘विपत्ति’ को रूपमा वर्णन गरे । यसबाट डायस आतङ्ककारी समूहको उदय भयो र ६,००,००० मानिसहरू मरे । उनले तथाकथित सिरियाली गृहयुद्धको चकित पार्ने तथ्यलाई उजागर गरे ।
उनले भने, “यो कसरी भयो हामीले बुझ्नुपर्छ । यो हाम्रो कारणले भएको हो । यी ६,००,००० मानिसहरूको मृत्यु आकस्मिक होइन । हामीले एउटा शासन व्यवस्थालाई ध्वस्त पार्न युद्ध सुरु गरेका थियौँ, त्यो गोप्य थियो ।”
उनले जोड दिए कि अमेरिकाले ‘अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घीय बडापत्र र सामान्य ज्ञानको विपरीत’ प्रजातान्त्रिकरूपमा निर्वाचित सरकारलाई ध्वस्त पार्ने उद्देश्यका साथ लडाकु समूहहरूलाई समर्थन जारी राखेको छ ।
राष्ट्रपति जो बाइडेनले आइतबारको टिप्पणीमा असदको नेतृत्वमा सिरियाली सरकारको पतनलाई ‘न्यायको आधारभूत कार्य’ साथै ‘जोखिम र अनिश्चितताको क्षण’ भने ।
उनले सिरिया र रुस, इरान र हिजबुल्लाहलगायतका सहयोगीहरूलाई कमजोर बनाउनको लागि अमेरिका र उसका सहयोगीहरूलाई श्रेय दिए र सिरियामा तथाकथित लोकप्रिय विद्रोह टाढाबाट नियन्त्रित भएको स्पष्ट पारे ।
कागजातहरूले प्रमाणित गर्दछ कि संरा अमेरिकाले असद सरकारलाई पराजित गर्न वर्षौँसम्म असफल प्रयास गर्यो । उनीहरूले प्रतिरोधको अक्षलाई लक्षित गर्ने प्रयासमा उनलाई अवरोधको रूपमा देखेका थिए ।
पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको विदेश विभागबाट चुहेका कागजातले असदको सरकारलाई ध्वस्त पारेर आफ्नो सहयोगी तेल अभिवको शासनलाई बचाउने अमेरिकी मनसाय रहेको देखाएको छ ।
“इरानको बढ्दो आणविक क्षमतासँग इजरायललाई सम्झौता गर्न मद्दत गर्ने सबैभन्दा राम्रो तरिका भनेको सिरियाका जनतालाई बशर अल असदको शासनलाई हटाउन मद्दत गर्नु हो,” चुहाइएका केबलहरूमध्ये एउटामा लेखिएको छ ।
“इरान र सिरियामा असदको शासनबिचको रणनीतिक सम्बन्धले इरानलाई इजरायलको सुरक्षालाई कमजोर बनाउन सम्भव बनाउँछ । असद शासनको अन्त्यले यो खतरनाक गठबन्धनको अन्त्य हुनेछ ।”
क्लिन्टनलाई पठाएको मेलमा, तत्कालीन राज्य विभागका वरिष्ठ अधिकारी ज्याक सुलिभानले भने कि अल–कायदा “सिरिया हाम्रो पक्षमा छ ।”
असदलाई हटाउनु इजरायलको सुरक्षाको लागि ठुलो उछाल मात्र हुनेछैन । यसले इजरायलको आणविक एकाधिकार गुमाउने डरलाई पनि कम गर्नेछ । सङ्क्षेपमा, ह्वाइट हाउसले सिरियामा सही काम गरेर इजरायलसँग विकसित भएको तनावलाई कम गर्न सक्छ ।
इमेलका अनुसार, अमेरिकाले सिरियाली राष्ट्रपतिलाई पद त्याग गर्न बाध्य पार्न ‘धम्की’ वा ‘बल’ को प्रयोगलाई पनि विचार ग¥यो, असदको सरकारको पतनलाई ‘सफलता’ को रूपमा वर्णन ग¥यो । जसले पश्चिम एसियाको भूराजनीतिक परिदृश्यलाई महत्वपूर्णरूपमा पुनः आकार दिनेछ ।
यसबाहेक, चुहाइएको (खुलासा गरिएको) पत्राचारले अमेरिकी कारबाहीको लागि रोडम्याप पनि प्रस्तुत गरेको छ । वाशिङ्गटनले टर्की, साउदी अरेबिया र कतारजस्ता क्षेत्रीय सहयोगीहरूसँग मिलेर सिरियाली विद्रोही सेनालाई व्यवस्थित गर्ने, तालिम दिने र हतियार दिने काम गर्ने इच्छा व्यक्त गरेको छ ।
२०१९ मा, मध्यपूर्वका लागि पूर्वअमेरिकी उप–सहायक रक्षा सचिव डाना स्ट्रोलले जोड दिए कि अमेरिकाले सिरियाको सबैभन्दा हाइड्रोकार्बन र अनाजले धनी एकतिहाइ भागको ‘स्वामित्व’ बनाएको छ । यसले सङ्केत गर्दछ कि वाशिङ्गटनले आफ्नो “शासन परिवर्तन योजनालाई पछ्याउन अधिक आक्रामक षड्यन्त्र र नियन्त्रणको फाइदा उठाउनेछ ।”
विश्लेषकहरूका अनुसार स्ट्रोलको यो कथनले असदको सरकारलाई हटाउने प्रयासमा आफ्नो र आफ्ना रणनीतिक सहयोगीहरूको हितलाई प्राथमिकता दिने अमेरिकी मनसायलाई प्रकाश पारेको छ ।
सिरियामा शासन परिवर्तनतर्फका प्रयास १९५२ मै सुरु भएको थियो । त्यस समयमा, पूर्व अमेरिकी विदेशसचिव जोन फोस्टर डलेस र राष्ट्रपति ड्वाइट डेभिड आइसेनहोवरले सिरियाको स्वतन्त्रतामा चिन्ता व्यक्त गरेका थिए र सम्भावित गोप्य कार्यहरूमा छलफल सुरु गरेका थिए ।
यी छलफलले सिरियाका लागि मात्र नभई पश्चिम एसियाभरि व्यापक रणनीतिको लागि आधार तयार पारेको छ जहाँ प्रस्तावित अपरेसन स्ट्रयागलको उद्देश्य सिरियाको सिमानामा हुने हिंसात्मक गतिविधिहरूको शृङ्खलामार्फत सैन्य विद्रोहलाई उक्साउने उद्देश्य थियो । सीआईए र ब्रिटिस गोप्य सेवालगायत बाह्य भूमिका निर्वाहकर्ताहरूद्वारा योनाम गरिएको थियो ।
१९५२ र १९५८ मा सीआईए र ब्रिटिश गोप्य खुफिया सेवा (एमआई–सिक्स) ले ‘पश्चिमविरोधी साम्यवाद’ लाई सहयोग गर्न अस्वीकार गरेको कारण सिरियाली सरकारलाई पराजित गर्न धेरै गोप्य योजनाहरू बनाएका थिए ।
लगभग आधा शताब्दीपछि षड्यन्त्रमा प्रकाश पार्ने तत्कालीन टोरी ब्रिटिस रक्षामन्त्री डङ्कन स्यान्डिसको कागजमा २००३ मा ‘वर्किङ ग्रुप रिपोर्ट’ को खोज नहुँदासम्म यो गोप्य अपरेसन धेरै हदसम्म लुकेको थियो ।
पश्चिमी शक्तिहरू विश्वास गर्थे कि यदि विकासशील देशले आर्थिक आत्मनिर्णयलाई पछ्यायो र सफलता हासिल ग¥यो भने यसले अन्यत्र पनि यस्तै आन्दोलनहरूलाई प्रेरित गर्न सक्छ । यदि एक राष्ट्रले आफ्ना नागरिकहरूको जीवनमा सुधार गर्यो भने अरू धेरै प्राकृतिक स्रोतहरू भएकाले सोध्न सक्छन्, “हामी किन सक्दैनौँ ?”
२००३ बाट चुहिएका सीआईए कागजातले थप खुलासा गरेको छ कि सेप्टेम्बर १९८३ को ‘सिरियाविरुद्ध वास्तविक मांसपेशीहरू ल्याउनुहोस्’ शीर्षकको प्रतिवेदनले अमेरिकाले सिरियामा असदमाथि आफ्नो दबाबलाई उल्लेखनीयरूपमा बढाउनेबारे विचार गर्नुपर्ने सुझाव दिएको थियो ।
प्रतिवेदनले दमास्कससँग शत्रुतापूर्ण तीन छिमेकी राष्ट्रहरूबाट सिरियाविरुद्ध एकैसाथ सैन्य धम्कीहरू लुकाएर राख्न सिफारिस गरेको छ ।
अमेरिकी दूतावासका अनुसार अल–असदको विकास कार्यक्रमले सहरी क्षेत्रको लागतमा ग्रामीण क्षेत्रलाई असमानरूपमा फाइदा पु¥याएको छ, जहाँ सुन्नी जनसङ्ख्या प्रमुख छ ।
राष्ट्रियकरण पहल र ठुला उद्योगहरूको स्थापनाले सुन्नी उद्यमी र व्यापार समूहहरूको सम्पत्ति घटेको प्रतिवेदनले दाबी गरेको छ ।
यो आर्थिक असमानता, समाजवादी सुधार र एक इस्लामिक पुनरुत्थानसँगै संयुक्त, १९७० को मध्यमा मुस्लिम ब्रदरहुड र अन्य सुन्नी गुटहरूको सशस्त्र विद्रोहमा इन्धन थप दिएको थियो ।
२००१ मा सेवानिवृत्त संरा सेनाका अधिकारी वेस्ली क्लार्कले ‘सात देशहरू’ हटाउने अमेरिकी योजनाको खुलासा गरे, जसमा लक्षित सूचीमा रहेका देशहरूमध्ये सिरिया एक थियो ।
असदसँगको अन्तर्वार्तामा सीएनएनका क्रिस्टियन अमानपुरले पनि पश्चिमा सरकारहरू सक्रियरूपमा ‘सिरियामा शासन परिवर्तनको षड्यन्त्र गरिरहेका थिए’ भनी भनेका थिए ।
वाशिङ्गटन पोस्टका कर्मचारी लेखक क्रेग ह्वीटलकको रिपोर्टअनुसार, अमेरिकी राज्य विभागले “गोप्यरूपमा सिरियाली लडाकु समूहहरू र सम्बन्धित परियोजनाहरूलाई वित्तपोषित ग¥यो, जसमा सरकारविरोधी कार्यक्रम प्रसारण गर्ने स्याटेलाइट टीभी च्यानल पनि समावेश छ,” पहिले अज्ञात कूटनीतिक केबलहरूद्वारा खुलासा गरिएको थियो ।
लन्डनस्थित स्याटेलाइट च्यानल, बरादा टीभी, अप्रिल २००९ मा प्रसारण सुरु भयो र त्यसपछि असदको सरकारलाई हटाउन लामो समयदेखि चलेको अभियानसँग मिलाएर सिरियामा भएको जनप्रदर्शनको समाचारलाई व्यापक प्रचार गर्नका लागि आफ्नो कार्यलाई तीव्र पारेको छ ।
यस च्यानलको न्याय र विकासका लागि आन्दोलनसँग घनिष्ट सम्बन्ध छ । अमेरिकी कूटनीतिक केबलहरूले सङ्केत गर्दछ कि राज्य विभागले समूहलाई ‘२००६ यता ६० लाख डलर’ को आर्थिक सहयोग गरेको छ ।
सिरियाको मुद्दामा सीआईएको संलग्नता सरकारविरोधी लडाकु समूहहरूको कोष र प्रशिक्षणमा प्रस्ट भएको छ जसमा एजेन्सीले प्रशिक्षण प्रयासका लागि वार्षिक करिब १ अर्ब डलर प्रति ‘मध्यम विद्रोही समूह’ खर्च गरेको जनाइएको छ ।
संरा अमेरिकाले सिरियामा राइफल र ग्रेनेडहरूजस्ता सेकेन्ड ह्यान्ड हल्का र भारी हतियारहरूको ढुवानीका लागि गुप्तचर र समर्थन प्रदान गरेको छ ।
यी ढुवानीहरू आतङ्कवादीहरूसम्म पुगेका छन्, जसले यस क्षेत्रमा हतियारको प्रवाहको बारेमा चिन्ता बढाएको छ । हतियार प्रवाहको यो मूल्याङ्कन पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा महत्वपूर्ण मोडमा आयो ।
२०१२ र २०१३ को बिचमा, अल–कायदा सम्बद्ध तत्वहरूले सिरियामा आफ्नो उपस्थिति स्थापना गर्न थाले । अलकायदा नेता अयमान अल–जवाहिरीले २०१३ मा अल नुसरा फ्रन्टलाई बलियो बनाउन वरिष्ठ कार्यकर्ताहरू पठाएका थिए ।
सन् २०१२ मा सुलिवान र क्लिन्टनबिच भएको पत्राचारलाई ध्यानमा राख्दै अल–कायदाले संरा अमेरिका र यसका जासुसी एजेन्सीहरूको तर्फबाट असद सरकारविरुद्ध लडिरहेको थियो ।
अबु मोहम्मद अल–जोलानी नेतृत्वको हयात तहरीर अल–शाम आतङ्कवादी समूह जसले दमास्कसलाई कब्जा गरेको छ । अल जोलानी पहिले अल–कायदाका वरिष्ठ नेता र जवाहिरीको नजिकका सहयोगी थिए ।
परिस्थिति झन् जटिल बन्दै गएपछि सिरिया सन् २०१५ मा एक नाजुक चरणमा प्रवेश गरेको थियो । यस समयमा, तथाकथित सिरियाली गृहयुद्धले देशलाई सिरियाली सरकार, टर्की–समर्थित समूहहरू, अमेरिकी–समर्थित समूहहरू, कुर्द समूहहरू र दायस (आईएसआईएस) द्वारा नियन्त्रित बहु क्षेत्रहरूमा टुक्रिएको थियो ।
यी समूहहरूले युद्धको गतिलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेका थिए । यीमध्ये, अल–कायदाको सम्बद्ध, जबहात अल–नुसरा (पछि जबहात फतह अल–शामको रूपमा पुनः नामकरण गरियो) र दायसले आफ्नो क्षेत्रीय लाभ र क्रूर रणनीतिका साथ वर्षौँसम्म शीर्ष समाचारमा प्रभुत्व जमायो ।
जबात अल–नुसरा उत्तरपश्चिमी सिरियामा एक शक्तिशाली शक्तिको रूपमा देखा प¥यो, आर्मी अफ कन्क्वेस्ट (जैश अल–फतह) जस्ता गठबन्धनहरूअन्तर्गत अन्य समूहहरूसँग एकताबद्ध भएको छ । असद सरकारलाई चुनौती दिँदै यी क्षेत्रहरूमा चरमपन्थी प्रभावलाई सुदृढ गर्दै यो गठबन्धनले इडलिबलगायतका प्रमुख क्षेत्रहरू कब्जा गर्दै अहिले राजधानीसमेत कब्जा गरेको छ ।
अर्कोतर्फ, दायस आतङ्ककारी समूहले पनि आफ्नो वास्तविक राजधानी रक्कासहित पूर्वी सिरियाको ठुलो भूभाग कब्जा गर्दै आफ्नो क्रूर अभियानलाई तीव्र पारेको छ ।
इरान र रसियाले असद सरकारलाई सैन्यरूपमा समर्थन गरेका थिए, दुवै दायस आतङ्ककारी र लडाकु समूहहरूलाई लक्षित गर्दै र युद्धको मैदानमा असदको स्थितिलाई बलियो बनाएका थिए । लेबनानी प्रतिरोधी आन्दोलन हिजबुल्लाहले पनि यी पश्चिम समर्थित आतङ्कवादीहरूविरुद्धको लडाइँमा प्रमुख भूमिका खेलेको थियो ।
असद सरकारलाई कमजोर पार्ने र सत्ताच्युत गर्ने अमेरिकी रणनीति त्यसपछिका वर्षहरूमा विभिन्न रूप र आकारहरूमा जारी रह्यो ।
केही अमेरिकी समाचार माध्यमहरूसँग कुरा गर्ने अधिकारीहरूका अनुसार वाशिङ्गटन सिरियामा लडाकुहरूसँग अप्रत्यक्ष सञ्चारमा संलग्न थियो, जसले अहिले दमास्कसलाई नियन्त्रणमा लिएको छ ।
यी समूहहरूलाई संरा अमेरिकाको प्रारम्भिक निर्देशन ‘के – के नगर्ने’ भन्नेमा केन्द्रित रहेको छ ।
यी सशस्त्र सेनाहरूको नेतृत्व हयात तहरीर अल–शाम रहेको छ । उक्त सङ्गठनलाई अमेरिका र संयुक्त राष्ट्र सङ्घ दुवैद्वारा आतङ्कवादी सङ्गठनको रूपमा घोषित छ । अमेरिकाले एचटीएस नेता अबु मोहम्मद अल–जोलानीलाई आतङ्कवादी घोषित गरेको थियो र उनको टाउकोमा एक करोड डलर इनाम राखेको थियो ।
अमेरिकी सञ्चारमाध्यमले अमेरिकी गुप्तचर एजेन्सीहरू र बाइडेन प्रशासनका वरिष्ठ अधिकारीहरूले एचटीएस र अल–जोलानीलाई सक्रियरूपमा मूल्याङ्कन गरिरहेको बताए ।
अल–जोलानीको दृष्टिकोणलाई उल्लेख गर्दै एक अधिकारीका अनुसार, “आकर्षक आक्रामकताले मानिसहरूलाई नयाँ पाना पल्टाउँदै र पहिलेको भन्दा फरक सोच्ने सुझाव दिन सक्छ ।

प्रेस टीभीबाट
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *