भर्खरै :

समाज शोषित र शोषकवर्गमा विभाजन भएजस्तै साहित्य पनि वर्गीय हुने

समाज शोषित र शोषकवर्गमा विभाजन भएजस्तै साहित्य पनि वर्गीय हुने

काठमाडौँ, ३० मङ्सिर । नेपालभाषा साहित्य तःमुंज्या पाँगा कीर्तिपुरको आयोजनामा एघारौँ नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुर वडा नं. ३ स्थित कुथुझ्व टोलमा शनिबार सम्पन्न भयो ।
तःमुंज्याको उद्घाटन नायोखीँ बाजाका गुरू इन्द्रबहादुर शाहीले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले समाज शोषित र शोषकवर्गमा विभाजन भएजस्तै साहित्य पनि वर्गीय हुने धारणा व्यक्त गर्दै नेपालभाषा साहित्य तःमुंज्याले मजदुर, किसान र कामदारवर्गको साहित्यलाई उठाउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कामदारवर्गको साहित्यमा अन्धविश्वास हुँदैन; भौतिकवादी दृष्टिकोण हुन्छ । रूसका साहित्यकार म्याक्सिम गोर्कीले ‘आमा’ उपन्यास लेखेर क्रान्तिको लागि योगदान गर्नुभयो । चीनका साहित्यकार लुशुनले साहित्यमार्फत चीनको जनवादी क्रान्तिमा योगदान गर्नुभयो । नेपालका साहित्यकारहरूले क्रान्तिलाई योगदान पुग्ने गरी साहित्य लेख्नु जरूरी छ । तर, नेपालका कतिपय बुद्धिजीवी भनाउँदाहरू काठमाडौँ थँ बहिको सरकारी कमलपोखरी म्हासेर १५ तलाको छाया कम्प्लेक्स व्यापारिक भवन बनाए पनि विरोध गर्ने आँट गर्दैनन् । हामीलाई त्यस किसिमका कमजोर साहित्यकार र बुद्धिजीवीहरूको जरूरी छैन ।”
सचिव सुवालले भन्नुभयो, “२००७ साल, २०४६ साल र २०६२/६३ को आन्दोलन गर्नेहरू पटक पटक सरकारमा गएर देश र जनतालाई धोका दिएको अहिले पुष्टि भइरहेको छ । एउटा राजा फालियो तर प्रम भएका र तिनका पार्टीका नेताहरू राजाले जस्तै व्यवहार गर्दै छन् । सडक, पुल, बिजुली, बत्ती, टेलिफोन आदि विकास गरेको दाबी गर्ने ती संसद्वादी दलहरूले देशलाई २६ खर्बभन्दा बढी ऋण बोकाए† तर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकेनन् ।”
उहाँले भन्नुभयो, “रूसमा अक्टोबर समाजवादी क्रान्ति भएको १८–२० वर्षमै देशलाई संसारको दोस्रो अर्थतन्त्रमा पु¥याइयो । स्तालिनको मृत्युपछि रूसमा संशोधनवादी नेताहरूले पुँजीवाद पुनस्र्थापना गरे । नेपालमा पनि सरकारमा गएका नेताहरूले मजदुर–किसान र कामदारवर्गलाई धोका दिँदै छन् ।”
“पृथ्वीनारायण शाहले मित लगाएर गोप्य कुरा जानकारी लिएर काठमाडौँ उपत्यकामा हमला गरी मितघात गरेका थिए । अहिले उपत्यकावासी रैथानेहरूसँग आफ्नो पुख्र्यौली जग्गा–जमीन सकिँदै छ । यो स्थितिमा उपत्यका अगाडि बढ्ने छैन । सरकारले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्नु जरूरी छ”, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशमा रोजगारीको बन्दोबस्त, नेपालीको सम्पत्ति विदेशमा राख्न नपाउने र सम्पत्तिको सीमा निर्धारण हुने कानुन जरूरी छ । करोडभन्दा बढी नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर देश विकास हुँदैन । दाल, चामल, तरकारी र फलफूल भारतबाट किन्ने, नेपालको नदीनाला भारतलाई दिने, भारतसँग ग्यास र तेल खरिद गर्ने सरकारी नीति देशघात नै हो ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले उपत्यका र देशको संस्कृति संरक्षण तथा जीर्णोद्धारमा नेमकिपाका सांसदहरूले सङ्घीय, प्रदेश र स्थानीय तहमा पनि आवाज उठाइरहेको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य सृजना सैंजूले इजरायलले प्यालेस्टिनी जनतामाथि जातीय नरसंहार गरिरहेको बताउनुभयो ।
कार्यक्रममा डा. बज्रमुनि बज्राचार्य, कीर्तिपुर नगरपालिकाका प्रमुख डा. कृष्णमान डंगोललगायतले बोल्नुभएको थियो ।
तःमुंज्या सम्मेलनमा कविता विधामा ललेन्द्र शाक्य पहिलो, कुलबहादुर महर्जन दोस्रो, महन्त महर्जन तेस्रो र राजु कपाली सान्त्वना हुन सफल भएको थियो ।
कार्यक्रममा तालतन्त्र दाफा मुना खल, इसासका मीना महर्जन, सुगम सङ्गीत पुचः, गणेश सेकेन्डरी स्कूल टोखा , नयाँ बजार क्लव, मानत्वा र आयोजक समितिको तर्फबाट गीत, नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा आयोजक समितिका सचिव नारायण महर्जन, विन्द्रा महर्जन र मनुषा महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *