भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, ३० मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको पाँचदिने भक्तपुर महोत्सवको तेस्रो दिन नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भक्तपुर नगरका विभिन्न प्रदर्शनीहरूको अवलोकन गर्नुभयो ।
अवलोकनको क्रममा सचिव सुवालले चोछेँमा योमरी स्टल, परम्परागत तरिकाले चिउरा कुट्ने र घरेलु सामग्रीहरूको अवलोकन गर्नुभयो भने भोलाछेँमा स्थानीय परम्परागत खेल कसिमला पाँय पनि अवलोकन गर्नुभयो ।
सचिव सुवालले स्टलमा सामान बिक्री वितरण गर्ने सञ्चालकहरूसँग स्टलमा आन्तरिक पर्यटकको चापबारे जानकारी लिँदै नागपोखरीमा प्रभात इङ्गलिस सेकेन्डरी स्कूलमा अध्ययनरत बाबुनानीहरूले प्रस्तुत गरेको कक्षागत सामूहिक सांस्कृतिक प्रदर्शनी पनि अवलोकन गर्नुभयो । उहाँले फोटो प्रदर्शनी अवलोकन गर्दै फोटोमा तिथि मिति पनि उल्लेख गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले भनपा, ६ याछेँमा याछेँ गणेश नौ बाजा दाफा भजन, लालाछेँमा दही महोत्सव पनि अवलोकन गर्नुभयो ।
उहाँले वडा नं. ७ मा गोल्मढी शिवरात्री गुठीको गुँला धल नौ बाजाको १५० वर्ष पुरानो ङक बाजाबारे पनि जानकारी लिनुभयो ।
झौरवहीमा बौद्ध प्रकाशन अवलोकन गर्दै पुराना पुराना वस्तु जगेर्ना गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले यातामा प्रगतिशील भजन र सहकारीका गतिविधिहरूबारे चासो व्यक्त गर्नुभयो । स्थानीय उत्पादन चाकु वास, परालबाट बनेका सामग्रीहरू, गलसी पुखुमा नेवार जीवनशैली पनि अवलोकन गर्नुभयो । योसिङखेलमा बालमैत्री मेलामा तान्त्रिक देवीको चर्या नृत्य पनि उहाँले अवलोकन गर्नुभएको थियो ।
एक प्रसङ्गमा सचिव सुवालले संस्कृतिको अध्ययन तथा अनुसन्धान गर्ने अवसरको रूपमा भक्तपुर महोत्सवलाई लिनुपर्ने र यस किसिमको महोत्सवले नयाँ पुस्तालाई संस्कृति संरक्षण गर्न सन्देश दिने पनि बताउनुभयो । संस्कृति मानव सभ्यताको विकाससँगै आएको चर्चा उहाँले गर्नुभयो ।
अवलोकनको क्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडासदस्यहरू, कर्मचारीलगायत अन्य महानुभावहरूको उपस्थिति थियो ।
Leave a Reply