पर्वलाई रचनात्मक ढङ्गले मनाउनुपर्नेमा जोड
- आश्विन १२, २०८२
भक्तपुर, ३० मङ्सिर । नेपाल मजदुर किसान पार्टी गोमारी–७ समितिका सदस्य एवं नेपाल क्रान्तिकारी किसान सङ्घ गोमारीका कोषाध्यक्ष श्रीभक्त तुइतुईको आइतबार निधन भएको छ ।
नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा उपचाररत मृतक तुईतुई नेक्राकिसङ्घ भक्तपुर नगर समितिका पूर्वसदस्य हुनुहुन्थ्यो । पार्टी र जनवर्गीय सङ्गठनहरूमा रही विद्यार्थी जीवनदेखि नै उहाँ साङ्गठनिक कार्यमा निरन्तर सक्रिय हुनुहुन्थ्यो । आइतबार हनुमानघाटमा उहाँको अन्त्येष्टि गरियो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष तथा भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवाल र नेमकिपा – ७ गोमारीका अध्यक्ष बलराम गोसाईंले संयुक्तरूपमा मृतक तुईतुईको पार्थिव शरिरमा नेक्राकिसङ्घको झन्डा ओढाउनुभएको थियो ।
डकर्मी पेसामा रहेका तुईतुई केही समय अगाडि मात्रै क्यान्सर उपचारकै क्रममा हुनुहुन्थ्यो । उहाँ २०१७ साल कार्तिक २४ गते पिता काशीबहादुर र माता विष्णुमायाको कोखबाट जन्मनुभएको थियो । उहाँका धर्मपत्नी चञ्चला तुईतुई र तीन छोरा छन् ।
Leave a Reply