यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कैलाली, ३० मङ्सिर । नेक्राविसङ्घको स्थापना दिवसको अवसरमा नेक्राविसङ्घ कैलालीको आयोजनामा लम्किचुहा नपा वडा नं. ४ अम्मरपुरमा शनिबार विद्यार्थी भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले मजदुर र किसानको हित हुने समाजवादी व्यवस्थामा सरकारले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा र मनोरञ्जनको ग्यारेन्टी गर्छ भन्नुभयो । उहाँले मजदुर र किसानवर्गको हित हुने समाजवादी व्यवस्था ल्याउनको निमित्त सम्पूर्ण मजदुर र किसान सङ्गठित हुन आवश्यक छ भन्नुभयो ।
उहाँले समाजवादी व्यवस्था ल्याउनको लागि विद्यार्थी सङ्गठित हुनुपर्छ भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले विद्यार्थी आफ्नो उद्देश्यअनुसार अनुशासित भएर अघि बढेपछि सफल हुन्छ भन्नुभयो ।
उहाँले सरकारले सस्तो ज्यामीको रूपमा युवालाई विदेशमा बेचिरहेको बताउनुभयो । युवा जनशक्तिलाई विदेश पठाएर नेपालको जमिन बाँझो राखेको चर्चा गर्दै उहाँले कमिसनको नाममा विदेशी खराब खाद्यान्न भित्याई नेपाली नागरिकलाई रोगी बनाइरहेको बताउनुभयो ।
शासकहरूले विभिन्न बहानामा विदेशी ऋण थपेर देशको अर्थतन्त्र कमजोर बनाइरहेको स्पष्ट पार्दै उहाँले नेक्राविसङ्घले विदेशी ऋण लिने नीतिको विरोध गरिरहेको बताउनुभयो ।
भेलामा नेक्राविसङ्घ कैलालीका अध्यक्ष एच.वी.ले नेक्राविसङ्घ देशभक्त, प्रगतिशील र जनताको प्रजातन्त्र चाहनेहरूको विद्यार्थी सङ्गठन हो भन्नुभयो ।
नेमकिपाको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आत्मसात गर्दै वर्तमान अवैज्ञानिक र अव्यावहारिक शिक्षा व्यवस्थाको अन्त्य गरी निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षा व्यवस्था लागु गराउन, शिक्षालाई उत्पादन श्रमसँग जोड्न र सम्पूर्ण कामदारवर्गका छोराछोरीलाई शिक्षाको समान अवसर दिलाउन सङ्घ सधँै सङ्घर्षरत रहेको बताउनुभयो ।
भेलाले ओविन नेपालीको अध्यक्षतामा १० सदस्यीय नेक्राविसङ्घ लम्किचुहा नपा वडा नं ४ अम्मरपुर एकाइ समिति गठन ग¥यो ।
Leave a Reply