भर्खरै :

नेमकिपाका सक्रिय कार्यकर्ता खिउँजुको निधन

नेमकिपाका सक्रिय कार्यकर्ता खिउँजुको निधन

भक्तपुर, १ पुस । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगरपालिका ५ नं. वडा समितिका सक्रिय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका सक्रिय कार्यकर्ता चन्द्रमाया खिउँजुको ४८ वर्षको उमेरमा आइतबार असामयिक निधन भयो ।
खिउँजुको पार्थिव शरीरमाथि नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापा मगर र केन्द्रीय उपाध्यक्ष कमलमैया सुवालले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित खिउँजुको स्वास्थ्यमा जटिल समस्या आएपछि उपचारको लागि मङ्सिर ३० गते भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा सोही दिन करिब २ः३० बजे निधन भएको थियो । उहाँको आइतबार अत्येष्टि गरियो ।
उहाँ २०५३ सालदेखि नेपाल क्रान्तिकारी महिला सङ्घ, पार्टी गाउँ समिति, विभिन्न सङ्घ संस्थाहरूमा सक्रिय सहभागी हुनुको साथै स्थानीय तहको निर्वाचनमा समेत पार्टीको तर्पmबाट उम्मेदवार समेत बन्नुभएको थियो । खिउँजुको असामयिक निधनले पार्टीलाई ठुलो क्षति पुगेको स्थानीयले बताए । मृतक खिउँजुका एक सासु आमा, श्रीमान् र दुई छोराहरू हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *