ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, १ पुस । भक्तपुर महोत्सव २०८१ २८ मङ्सिरदेखि पुस २ गते अन्तिम दिन आज पाँचौँ दिनमा प्रवेश गर्दै छ । आजै दिउँसो ३ बजे नेमकिपाका श्रद्धेय नेता एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँको प्रमुख अतिथ्यतामा भक्तपुर दरबार क्षेत्रमा सम्पन्न हुँदै छ ।
पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा अन्य विविध विषयजस्तै खेलकुद विधामा पनि कराते, खोखो, जिम्न्यास्टिक कबड्डीलगायतका खेलहरूको प्रदर्शनी खेल सम्पन्न भइसकेको छ । सोही क्रममा पहिलोपटक सिटिङ भलिबल प्रतियोगिता सोमबार सफलतापूर्वक सम्पन्न भयो ।
भक्तपुरका ३ माविहरू वागीश्वरी मावि च्याम्हासिंह, गणेश मावि भार्वाचो र श्री पद्म मावि खौमाको सहभागितामा २०८१ पुस १ गते सम्पन्न सिटिङ भलिबल प्रतियोगिता श्री पद्म मावि खौमा प्रथम, वागीश्वरी मावि च्याम्हासिंह द्वितीय र गणेश मावि भार्वाचो तृतीय हुन सफल भएका छन् ।
नेपालमा पहिलोपटक सम्पन्न भएको उक्त प्रतियोगिताको निर्णायक भूमिका नेपाल भलिबल सङ्घका पूर्वमहासचिव अन्तर्राष्ट्रिय खेलाडी एवम् जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण राय, इन्द्रभक्त पंच, सत्यराम न्हिसुतु र तिया सुवाललगायतले निभाउनुभएको थियो ।
स्मरण रहोस्, यस अगाडि पनि नेपालमै पहिलोपटक बीच भलिबल, मिक्स भलिबल, पार्क भलिबल, फुटसललगायत खेलहरूको प्रतियोगिता भक्तपुरबाट नै आरम्भ भएको भक्तपुर भलिबल सङ्घका अध्यक्ष विनोद चरण रायले बताउनुभयो ।
Leave a Reply