रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
काराकस, १६ डिसेम्बर (टेलिसुर) । शनिबार, हाम्रो अमेरिकाका लागि बोलिभारियाली गठबन्धन–जनताको व्यापार सम्झौता अल्बा–टीसीपीको २४ औँ बैठक प्यालेस्टिनलाई ‘भ्रातृ राष्ट्र’ घोषणा गरेर र यसलाई एकीकृत संयन्त्रमा ‘स्थायी अतिथि’ को रूपमा समावेश गरेर समापन भयो ।
एक विशेष घोषणामा, अल्बा सदस्य देशहरूले इजरायलद्वारा ‘गाजापट्टी र गैरकानुनीरूपमा कब्जा गरिएको प्यालेस्टिन क्षेत्रहरूमा गरिएका मानवताविरुद्धको भयानक अपराध’ को भत्र्सना दोहो¥याए र इजरायल राज्य र कब्जा गर्ने शक्तिद्वारा गरिएको अविराम र अमानवीय नरसंहार, लुट, आक्रमण र प्रभुत्वको योजनालाई कडाइका साथ अस्वीकार गरेका छन् ।
अल्बा–टीसीपीले ‘इजरायललाई दण्डहीनताका साथ कार्य गर्न अनुमति दिने’ सरकारहरूको ‘सहयोगी समर्थन’ को निन्दा ग¥यो र गाजामा ‘तत्काल युद्धविराम’ को माग ग¥यो । गाजापट्टीमा इजरायली कब्जा सेनाले अक्टोबर २०२३ मा आफ्नो आक्रमण सुरु गरेदेखि ४५ हजार प्यालेस्टिनीहरूलाई मारेको छ र १ लाख ७ हजार मानिसहरूलाई घाइते बनाएको छ ।
अल्बा–टीसीपीले “प्यालेस्टिनी जनतालाई शान्ति र आफ्नो स्वतन्त्र राज्य स्थापना गर्नको लागि उनीहरूको वैधानिक अधिकारको सुनिश्चितता गर्न सबै आवश्यक राजनीतिक, सामाजिक र कूटनीतिक कार्यहरू” को लागि आफ्नो समर्थन पुनः पुष्टि गर्यो ।
“यस गठबन्धनका जनता र सरकारहरूको हृदयबाट, हामी प्यालेस्टिनलाई अल्बा–टीसीपीको भ्रातृ राष्ट्र घोषणा गर्दछौँ र प्यालेस्टिनी मुद्दाको रक्षा गर्न हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछौँ, जुन मानवताको रक्षा हो” जारी विज्ञप्तिमा उल्लेख छ ।
भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले ‘सर्वसम्मत’ स्वीकृत भएको यो घोषणालाई उच्च प्रशंसा गर्नुभयो र एकदिन अल्बाले ‘प्यालेस्टिनी जनतासँग’ ‘स्वतन्त्र जेरुसेलम’ मा ‘जनताको साथमा’ शिखर सम्मेलन गर्ने आशा व्यक्त गर्नुभयो ।
बोलिभारियाली गणतन्त्रका नेता मादुरोले पोप फ्रान्सिसलाई ‘प्यालेस्टिनी जनताको भूमि, इतिहास, विरासत, स्वतन्त्रता र शान्तिको अधिकार’ को लागि ‘आफ्नो आवाज उठाउन’ आह्वान गर्नुभयो ।
अल्बाको स्थापना २००४ मा क्युवा र भेनेजुएलाका तत्कालीन राष्ट्रपतिहरू, फिडेल क्यास्ट्रो र ह्युगो चाभेजद्वारा गरिएको थियो र हाल ग्रेनाडा, सेन्ट किट्स र नेभिस र सेन्ट लुसियासहित दस सदस्य राष्ट्रहरू छन् ।
अल्बा–टीसीपी शिखर सम्मेलनमा राष्ट्रपतिहरू लुइस आर्से (बोलिभिया), ड्यानियल ओर्टेगा (निकारागुआ) र मिगुएल डियाज–क्यानेल (क्युवा), साथै प्रधानमन्त्रीहरू राल्फ गोन्साल्वेस (सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स), रुजवेल्ट स्केरिट (डोमिनिका), ग्यास्टन ब्राउन (एन्टिगुवा र बारबुडा) लगायत अन्य राष्ट्रका प्रतिनिधिहरू उपस्थिति रहेको थियो ।
Leave a Reply