इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
आइतबार महत्वपूर्ण सांस्कृतिक पर्व यः मरी पुन्ही हुनुका साथै शनिबार र आइतबार दुई दिन बिदा परेकोले म आफू पढ्ने कलेज ‘नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान’ बाट आफ्नो घर काभ्रेको साँगा जानको लागि निस्किएँ ।
गोँगबु बसपार्कमा मयुर यातायातको गाडी थियो । मैले सोधेँ, “यो गाडी साँगा जान्छ ?” जवाफ आयो, “अँ जान्छ, जान्छ, बस्नुस् !”
गाडीमा अलि हल्ला हुने त स्वाभाविक नै हो । स्पिकरमा गीत पनि बजिरहेको थियो । मैले एयरफोन लगाएर एकैछिन आखा चिम्लिएँ । भक्तपुरको सूर्यविनायक पुगेर धेरै बेरसम्म गाडी नचलेपछि किन चलेन भनेर हेर्दा त सबै यात्रुहरू झर्दै रहेछन् । मैले सहचालकलाई सोधेँ, “यो गाडी यहीँसम्म मात्र हो र ?” उहाँले जवाफ दिनु भो, “अँ यहीँसम्म मात्र हो, झर्नुस् !”
मैले सहचालकलाई फेरि सोधेँ, “अनि अघि त तपाईँले साँगासम्म जान्छ भनेको होइन र ? नत्र म बसपार्कमा अरु गाडीमा चढ्थे नि !” तर, सहचालक “तपाईँ पहिला भाडा दिएर झर्नुस्, म तपाईँलाई अर्को गाडीमा हाल्दिन्छु” भन्दै झर्किए ।
भाडा दिएर अर्को गाडीमा जाने कुरा मात्र होइन, बिचमा आएर यस्तो कसरी भयो भनेर जिज्ञासा राख्दा सहचालकले “तपाईँ धेरै ठुलो कुरा नगर्नुस् !” भनेर झनै रिसाए ।
यात्रुलाई सुरक्षित तवरले गन्तव्यमा पु¥याउने जिम्मेवारी सवारी चालक र सहचालकको हुन्छ । तर, बिचमै झर्न भनेर उहाँ झनै झर्कनुभयो । मैले पनि अर्को गाडीमा सीट मिलाइदिन आग्रह गर्दै सहमति जनाएँ । तर, “आधी बाटोमा मैले कहाँबाट सीट मिलाइदिनु ?” भन्दै सहचालकले मलाई पिटौँलाझैँ गरे । मैले उहाँलाई “आफूले जिम्मा लिएर आएपछि जिम्मेवार बन्नुस् भनेँ ।” अनि चालक आएर “तपार्इँ जानुस् बहिनी, बरु तपाईँको भाडा पर्दैन” भन्नुभयो ।
खासमा यो भाडाको वा पैसाको कुरा थिएन, कुरा थियो त जिम्मेवारी र कर्तव्यको । सवारी साधनमा कहिलेकाहीँ प्राविधिक गडबडी नहुने होइन । तर, त्यो प्राविधिक गडबडीको कुरा थिएन । सहचालक साहुले फोन गरेर गाडी रिजर्ब अर्डर आएकोले गाडी फर्काएर लानुपर्ने बताए । “रिजर्भ भन्दैमा यात्रुलाई अलपत्र पार्न पाइन्छ ? साँझको ६ बज्न लागिसक्यो, अँध्यारो भइसक्यो, यस्तो चिसोमा यात्रुहरूलाई अलपत्र पार्न पाइन्छ ? तपाईँको जिम्मेवारी हुँदैैन ? त्यसोभए मलाई तपाईँको साहुको नम्बर दिनुस्” भनी मैले नम्बर मागेँ । उनले झनै झर्कँदै, “साहुको नम्बर किन चाहियो” भने । मैले म कुरा गर्छु भनेर जवाफ दिएँ । सहचालकले, “कुरा गरेर तपाईँले केही पनि पाउनु हुन्न, अरु सबै जना गइसके तपाईँमात्र बहुला हो, एक्लै कराएर बस्नलाई ?” भने ।
मलाई असह्य भयो । त्यसपछि मैले बसको नम्बरको फोटो खिचेर ट्राफिकमा जान्छु भनेँ । अनि फोटो खिचेर ट्राफिक बिटमा गई मौखिक उजुरी दिएँ । त्यहाँ वरपर भएका अरु मानिसले पनि मेरो कुरामा सहमति जनाउँदै मयुर गाडीले प्रायः यस्तै गर्ने गरेको जानकारी ट्राफिकलाई दिए । ट्राफिकलाई लिएर सो गाडी भएको ठाउँसम्म पुग्दा, मसँगै आएका प्रायः यात्रुहरू आफ्नो व्यवस्था गरेर हिँडिसकेका थिए । कोही ट्वाल्ल परेर हेरेर बसेका थिए । अरु यात्रुहरूले विरोध गर्न सकेनन् । उनीहरूलाई “बोलेर केही हुँदैन” भन्ने भयो होला ।
ट्राफिकले चालकलाई, “बहिनीलाई कहाँ जाने भनेर ल्याउनु भएको” भनी सोध्नुभयो । चालकले उत्तरमा ल्याउन त साँगा नै लग्ने भनी ल्याएको तर गाडी बिग्रिएको, इन्जिन खराब भएको, उकालोमा चढ्दैन भन्नेजस्ता बहाना गरे ।
चालकको झूटा कुराले मलाई झनै रिस उठ्यो । मैले चालकको कुरालाई अस्वीकार गर्दै सहचालकसँग भएको यथार्थ बताएँ । सहचालक, “यो दिदीलाई मात्र समस्या छ, तपाईँभन्दा टाढा जाने पनि छन्, धुलिखेल जाने त खुरुखुरु गए” भनी ट्रफिककै अगाडि मसँग कराए ।
ट्राफिकले कुरा बुझेपछि उनीहरूलाई सम्झाउँदै “अब यो बहिनीलाई के व्यवस्था गर्नु हुन्छ, आफ्नै गाडीमा पु¥याइदिनु हुन्छ कि ‘पठाओ’ बोलाउनुहुन्छ ?” भनेर सोधे । चालकले ‘पठाओ’ बोलाउँछु भने ।
पठाओको भाडा रु. २३५ थियो । चालकले मलाई पैसा राख्नुस् हामी जान्छौँ भनेर पैसा मेरो हातमा राखी आफू फुत्किन खोजे । तर, मैले “म तपाईँसँग हात थाप्दिन, पठाओलाई तपाईँ आफै दिनुस्” भनेँ । अनि मैले गोँगबु बसपार्कदेखि सूर्यविनायकसम्म आएको गाडी भाडा दिएँ । ट्राफिकले मेरो र चालक दुवैको परिचय विवरण टिपी मलाई पठाओमा चढाएर बिदा हुनुभयो र म सुरक्षित साँगा पुगेँ ।
यस्तो झमेलामा आज म परेँ, भोलि अरु कोही पर्लान्, वृद्धवृद्धा र अशक्त पर्लान् । यस्तो समस्या अरु कसैले भोग्न नपरोस् र यात्रीलाई सुरक्षित गन्तव्यमा पु¥याउनु सवारी धनी र चालक–सहचालकको कर्तव्य हो । आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छिन पाइँदैन ।
२०८१ मङ्सिर ३०
Leave a Reply