रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
नयाँदिल्ली, १६ डिसेम्बर (एएनआई) । ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको आइतबार निधन भएको छ । उहाँको ७३ वर्षको हुनुहुन्थ्यो ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा भर्ना गरिएको थियो ।
हुसेनको सान फ्रान्सिस्कोको एक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
एक शिक्षकको रूपमा उहाँको कामले अनगिन्ती सङ्गीतकारहरूमा अमिट छाप छोडेको छ । उहाँले भावी पुस्तालाई अगाडि बढ्न प्रेरित गर्नुभएको छ । उहाँ भारतीय सांस्कृतिक विरासत बोकेको महान सङ्गीतकार हुनुहुन्थ्यो ।
सङ्गीतज्ञ हुसेनले भारत सरकारबाट पद्मश्री (१९८८) र पद्म भूषण (२००२), विश्व सङ्गीतमा योगदानको लागि चार पटक ग्रामी पुरस्कार, भारतीय शास्त्रीय सङ्गीतमा उत्कृष्टतालाई मान्यता दिने सङ्गीत नाटक एकेडेमी पुरस्कार, अमेरिकामा परम्परागत कलाकारहरूको लागि सर्वोच्च पुरस्कार ‘नेसनल हेरिटेज फेलोशिप’ सहित धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गर्नुभएको छ ।
Leave a Reply