उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, २ पुस । भक्तपुर महोत्सव २०८१ कै सन्दर्भमा मङ्गलबार पुस्तक प्रदर्शनीस्थल लामुग कमलविनायकमा ‘विगतमा भक्तपुर’ विषयक इतिहाससम्बन्धी अन्तर संवाद कार्यक्रम इतिहास अन्वेषक प्राडा पुरुषोत्तमलोचन श्रेष्ठको आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा प्राडा श्रेष्ठले मल्लकालमा नेपाल राज्यको राजनीतिक राजधानीको रूपमा कायम रहेको भक्तपुर आजपर्यन्त नेपालको सांस्कृतिक राजधानी रहेको बताउनुभयो ।
उहाँले भक्तपुर र काठमाडौं उपत्यका विभिन्न स्थानबाट आएका राजा र शासकहरूले ल्याएका नयाँ नयाँ संस्कार संस्कृति समेत अपनाउँदै जाँदा संस्कृतिमा धनी बन्न पुगेको हो भन्नुभयो ।
भक्तपुर र काठमाडौं उपत्यकाको आर्थिक समृद्धिमा यहाँको उर्वरभूमि र ती भूमिमा अन्न उब्जाउने किसानहरूको मेहनत र पसिनाको योगदान रहेको चर्चा गर्दै उहाँले यहाँका मूर्त र अमूर्त कला र शिल्पहरूले पनि आर्थिक र सांस्कृतिक समृद्धिमा ठूलो योगदान पु¥याउँदै आएको स्पष्ट पार्नुभयो ।
उहाँले ऐतिहासिक प्रमाणको आधारमा भक्तपुर वा ख्वप काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो नगर रहेको पुष्टि भएको र माटोमुनि डबेर रहेका ऐतिहासिक क्षेत्रलगायत पुरातात्विक वस्तुहरूको खोजी र अध्ययन अझै आवश्यक रहेको बताउनुभयो ।
उहाँले इतिहास काल्पनिक नहुने बताउँदै तथ्य र प्रमाणको आधारमा लेखिने र लेखिनुपर्ने बताउनुभयो ।
प्राडा श्रेष्ठले भक्तपुर एउटै धर्मको नगरी नभई तन्त्रप्रधान नगर भएको र तन्त्रप्रधान समाजमा विभिन्न धर्म समावेश हुने बताउनुभयो ।
अन्तर संवाद कार्यक्रमको सञ्चालन ई. सृजना प्रजापतिले गर्नुभएको थियो भने सहभागीहरूले पनि जिज्ञासा राखेका थिए ।
Leave a Reply