तःमुंज्या नयाँ–पुराना साहित्यकारको साहित्यमार्फत जनचेतना जगाउने विराट् मञ्च
- आश्विन १४, २०८३
भक्तपुर, २ पुस । भक्तपुर महोत्सवको चौथो दिन लाम्हुगस्थित सरस्वती विद्यागृहको प्राङ्गणमा आस्था सांस्कृतिक परिवारको Time for Poem को छैटौँ शृङ्खला सोमबार सम्पन्न भयो ।
आस्था सांस्कृतिक परिवारले कोभिड–१९ को महामारीले निम्त्याएको लकडाउनको समयमा अनलाइन सुरु गरिएको Time for Poem को छैटौँ शृङ्खला भक्तपुर महोत्सवको एउटा साहित्यिक पाटोको रूपमा आयोजना गरेको हो ।
उक्त कार्यक्रममा २० कविहरूले कवितावाचन गर्नुभयो भने नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सरोजराज गोसाईँले साहित्यको महत्वबारे प्रस्ट पार्दै आफ्नो विचार राख्नुभयो ।
Leave a Reply