रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
काराकस, १७ डिसेम्बर (टेलिसुर) । हाम्रो अमेरिकाको जनताको लागि बोलिभारियाली गठबन्धन (एलायन्स फर द पिपल्स अफ आवर अमेरिका (अल्बा–टीसीपी) को २० औं वार्षिकोत्सवको अवसरमा एक विशेष टेलिभिजन खण्डमा, सङ्गठनका कार्यकारी सचिव : जर्ज एरियाजाले नेता फिडेल क्यास्ट्रो र ह्युगो चाभेजद्वारा सिर्जना गरिएको यस गठबन्धनको ऐतिहासिक महत्व र विरासतलाई प्रकाश पार्नुभयो ।
आफ्नो भाषणको क्रममा एरियाजाले अल्बा–टीसीपी ल्याटिन अमेरिकी राष्ट्रहरूको एकीकरणको लागि यी दुई महान् नेताहरूले साझा गरेको आदर्शहरूको संश्लेषण हो भन्नुभयो ।
राज्य र सरकार प्रमुखहरूको २४ औँ शिखर सम्मेलनको पनि स्मरण गर्ने कार्यक्रमले अल्बा–टीसीपीको आधारभूत सिद्धान्त र मूल्यहरूलाई अनुमोदन गर्ने राष्ट्रपति र मन्त्रीहरूलाई एकसाथ ल्याएको उहाँले बताउनुभयो ।
ल्याटिन अमेरिका नयाँ विश्वव्यापी योजनामा सबैभन्दा शक्तिशाली ध्रुवको रूपमा एकीकरण भइरहेकोमा एरियाजाले जोड दिनुभयो ।
अल्बा–टीसीपीका कार्यकारी सचिव जर्ज एरियाजाले प्यालेस्टिनलाई एक भगिनी देश र अल्बा–टीसीपीमा स्थायी अतिथिको रूपमा समावेश गर्नका लागि वकालत गर्नुभयो र प्यालेस्टिनी जनतासँग एकतामा जोड दिनुभयो ।
शिखर सम्मेलनमा, कृषि र भूमि मन्त्री, मेन्री फर्नान्डेजले जनताको कृषि–खाद्य सार्वभौमिकताको ग्यारेन्टी गर्ने उद्देश्यले एग्रो–अल्बा (AGROALBA) परियोजना प्रस्तुत गर्नुभयो । फर्नान्डेजले आर्टिफिसियल इन्टेलिजेन्सको कार्यान्वयनलाई यस क्षेत्रमा कृषि उत्पादन बढाउने प्रमुख उपकरणको रूपमा पनि प्रकाश पार्नुभयो ।
यस सम्बन्धमा भेनेजुयला युनिभर्सिटी अफ हाइड्रोकार्बन्सका रेक्टर विल्मार क्यास्ट्रो सोटेल्डोले प्यालेस्टिनविरुद्ध इजरायलले गरेको नरसंहारको निन्दा गर्दै यी आक्रमणविरुद्ध आवाज उठाउने शिखर सम्मेलनमा उपस्थित नेताहरूको साहसको प्रशंसा गर्नुभयो ।
यो वार्षिकोत्सवले सदस्य राष्ट्रहरूबिचको दुई दशकको सहकार्यलाई मात्र होइन, सामाजिक न्याय र जनताको आत्मनिर्णयको सङ्घर्षप्रतिको प्रतिबद्धतालाई पनि पुष्टि गर्छ ।
अल्बा–टीसीपी बढ्दो जटिल विश्वव्यापी सन्दर्भमा आशा र एकताको ज्योतिको रूपमा जारी छ ।
Leave a Reply