भर्खरै :

‘अग्नि पाँचौं … र डोक्लाम’ बारे छलफल

९ माघ २०७४ को ‘अन्नपूर्ण’ मा केशवप्रसाद भट्टराईजीले ‘अग्नि पाँचौं, रायसिना संवाद र डोक्लाम’ शीर्षकको लेखमा जनवादी गणतन्त्र चीनको विरोधमा संरा अमेरिका, अष्ट्रेलिया, जापान, इजरायल आदि देशहरूसहित भारतलाई मोहडा बनाउने योजना भइरहेको संकेत दिएका छन् ।९ माघ २०७४ को ‘अन्नपूर्ण’ मा केशवप्रसाद भट्टराईजीले ‘अग्नि पाँचौं, रायसिना संवाद र डोक्लाम’ शीर्षकको लेखमा जनवादी गणतन्त्र चीनको विरोधमा संरा अमेरिका, अष्ट्रेलिया, जापान, इजरायल आदि देशहरूसहित भारतलाई मोहडा बनाउने योजना भइरहेको संकेत दिएका छन् । तर लेखले ‘मूलतः चीनलाई लक्षित गरेर विकास गरिएका ती क्षेप्यास्त्र डेढ टन वजनका आणविक हतियारले लक्षमा प्रहार गर्न सक्छन् । ५० टन बढी वजनका त्यस्ता क्षेप्यास्त्रको यस अघि पनि चारपटक परीक्षण भइसकेको थियो ।’ … अत्यन्त खतरनाक मानिएको त्यस क्षेप्यास्त्रले ‘खास गरेर चीनको पूर्वी समुद्री तटीय क्षेत्र चिनियाँ सैन्य क्षमताको स्थायु केन्द्र हो र भारतको परीक्षण पनि त्यही केन्द्र लक्षित रहेको विज्ञहरूको मत छ ।’ माथिका विवरणले अग्नि पाँचौं वा हात–हतियारले सबै युद्धको निर्णय गर्छ भन्ने आशय भट्टराईजीको लेखले जनाउँछ । तर यहाँ स्मरणीय के छ भने संरा अमेरिकाले हिरोसिमा र नागासाकीमा आणविक बम खसालेर संसारलाई त्राहीत्राही पारिरहेको बेला १९४७ मा अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङले चिनियाँ क्रान्तिका नेता माओ त्से तुङसित एक अन्तरवार्ता लिएकी थिइन् ।
माओ त्से तुङले प्रस्ट भाषामा भन्नुभएको थियो – लडाइँको निर्णय एक–दुईवटा हतियारले निर्णय गर्दैन, आणविक बम पनि साम्राज्यवादजस्तै ‘कागजी बाघ’ हो र दीर्घकालीन दृष्टिकोणले साम्राज्यवादीहरूमाथि जनताले विजय प्राप्त गर्नेछन् । हुन पनि चिनियाँ क्रान्तिमा चिनियाँ जनताले आफूभन्दा अत्याधुनिक हात–हतियारले सुसज्जित, सैनिक संख्या र हवाईजहाज, पानी जहाज आदि तुलनात्मक रुपले अगाडि बढेको तथा सञ्चार एवम् यातायातका अन्य सबै साधन सम्पन्न भएको अमेरिकी साम्राज्यवाद, च्याङ काइ–सेकको विशाल सेना र जापानी सैन्य शक्तिसँग गरिबीले धुजाधुजा भएको चिनियाँ जनताको सेना र जनमुक्ति सेनाले विजय प्राप्त गरे । बेलायत, संरा अमेरिका, फ्रान्स, जर्मनी, जापानी र अन्य युरोपेली देशका घागडान रणविद्हरू पनि युद्ध मैदानमा असफल भए । तेस्रो कुरा, युद्धको हार र जीतको निर्णय युद्धको उद्देश्यले पनि निर्णय गर्छ । चिनियाँ जनता त्यो युद्धमा चीनको मुक्तिको निम्ति न्यायोचित संघर्षमा सक्रिय थिए भने साम्राज्यवादीहरू अन्यायपूर्ण आक्रामक युद्धमा थिए । चौथो, संसारका सबै शान्तिप्रिय, स्वतन्त्रता र मुक्तिकामी जनता तथा देशहरू चिनियाँ जनताको पक्षमा थिए ।
भारतीय जनता र बुद्धिजीवी, लेखक, कवि, कलाकार र डाक्टरहरू समेत चिनियाँ जनताको पक्षमा थिए । अमेरिकी र युरोपेली प्रगतिशील र न्यायप्रिय जनता चिनियाँ जनताको पक्षमा थिए । तर आज भारतको मोदी सरकारले कट्टर दक्षिणपन्थी पक्षको नेतृत्व गर्दैछ र निम्न विषयमा भाजपाको सरकार लोकप्रिय छैन – एक, संरा अमेरिका र पश्चिमी साम्राज्यवादी देशहरू सम्भावित तेस्रो विश्वयुद्ध युरोपमा होइन एसियामा पन्छाउन चाहन्छन्, एसियाका विकासशील मुलुकहरू चीन र भारतलाई भिडाएर आफ्नो आर्थिक र राजनैतिक प्रभुत्व पुनः एसियामा स्थापना गर्न चाहन्छन् । दोस्रो, मोदी सरकार न्याय क्षेत्रमा सा¥है बद्नाम छ र भारतका अत्यन्त संवेदनशील जनता भाजपाकै असहिष्णुताको विरोधमा छन् । तेस्रो, भारतका प्रजातन्त्रवादी, प्रगतिशील, किसान र कामदार वर्ग, दलित, जनजाति, मुसलमान र अन्य परिवर्तनवादी जनता एवम् बुद्धिजीवी मोदी सरकारको प्रतिगामी विचार र नीतिसँग असहमत छन् ।
चौथो, दक्षिण एसियाका भारतीय छिमेकी देशहरू र त्यहाँका जनता भारतीय एकाधिकार पूँजी र विस्तारवादका विरोधी छन् । हालै नेपालको बारा जिल्लाका ५० बिघा जमिन भारतले कब्जामा लिएको र २०२२ सालमा जग्गाको लालपूर्जा पाएका नेपाली जनता अहिले विचल्लीमा छन् र भारत सरकार यसबारे मौन छ । यस्ता धेरै ठाउँमा नेपालको भारतसँग सीमा विवाद छ । त्यस्तै पाकिस्तान, श्रीलड्ढा, बंगलादेश र मालदिभ्सको पनि भारतसँग हार्दिकता देखिन्न । भुटान भारतको कारण चीनसँग कुटनैतिक सम्बन्ध कायम गर्न सकिरहेका छैनन् । यसकारण ‘अग्नि पाँचौं’ को धम्की दिएर चीन र छिमेकी देशहरूलाई तर्साउन खोजेमा संरा अमेरिकाको ‘एटम बम’ जस्तै ‘कागजको बाघ’ सावित हुनेछ ।‘अग्नि पाँचौं … र डोक्लाम’ बारे छलफल –१ ९ माघ २०७४ को ‘अन्नपूर्ण’ मा केशवप्रसाद भट्टराईजीले ‘अग्नि पाँचौं, रायसिना संवाद र डोक्लाम’ शीर्षकको लेखमा जनवादी गणतन्त्र चीनको विरोधमा संरा अमेरिका, अष्ट्रेलिया, जापान, इजरायल आदि देशहरूसहित भारतलाई मोहडा बनाउने योजना भइरहेको संकेत दिएका छन् । तर लेखले ‘मूलतः चीनलाई लक्षित गरेर विकास गरिएका ती क्षेप्यास्त्र डेढ टन वजनका आणविक हतियारले लक्षमा प्रहार गर्न सक्छन् । ५० टन बढी वजनका त्यस्ता क्षेप्यास्त्रको यस अघि पनि चारपटक परीक्षण भइसकेको थियो ।’
… अत्यन्त खतरनाक मानिएको त्यस क्षेप्यास्त्रले ‘खास गरेर चीनको पूर्वी समुद्री तटीय क्षेत्र चिनियाँ सैन्य क्षमताको स्थायु केन्द्र हो र भारतको परीक्षण पनि त्यही केन्द्र लक्षित रहेको विज्ञहरूको मत छ ।’ माथिका विवरणले अग्नि पाँचौं वा हात–हतियारले सबै युद्धको निर्णय गर्छ भन्ने आशय भट्टराईजीको लेखले जनाउँछ । तर यहाँ स्मरणीय के छ भने संरा अमेरिकाले हिरोसिमा र नागासाकीमा आणविक बम खसालेर संसारलाई त्राहीत्राही पारिरहेको बेला १९४७ मा अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङले चिनियाँ क्रान्तिका नेता माओ त्से तुङसित एक अन्तरवार्ता लिएकी थिइन् ।
माओ त्से तुङले प्रस्ट भाषामा भन्नुभएको थियो – लडाइँको निर्णय एक–दुईवटा हतियारले निर्णय गर्दैन, आणविक बम पनि साम्राज्यवादजस्तै ‘कागजी बाघ’ हो र दीर्घकालीन दृष्टिकोणले साम्राज्यवादीहरूमाथि जनताले विजय प्राप्त गर्नेछन् । हुन पनि चिनियाँ क्रान्तिमा चिनियाँ जनताले आफूभन्दा अत्याधुनिक हात–हतियारले सुसज्जित, सैनिक संख्या र हवाईजहाज, पानी जहाज आदि तुलनात्मक रुपले अगाडि बढेको तथा सञ्चार एवम् यातायातका अन्य सबै साधन सम्पन्न भएको अमेरिकी साम्राज्यवाद, च्याङ काइ–सेकको विशाल सेना र जापानी सैन्य शक्तिसँग गरिबीले धुजाधुजा भएको चिनियाँ जनताको सेना र जनमुक्ति सेनाले विजय प्राप्त गरे । बेलायत, संरा अमेरिका, फ्रान्स, जर्मनी, जापानी र अन्य युरोपेली देशका घागडान रणविद्हरू पनि युद्ध मैदानमा असफल भए । तेस्रो कुरा, युद्धको हार र जीतको निर्णय युद्धको उद्देश्यले पनि निर्णय गर्छ । चिनियाँ जनता त्यो युद्धमा चीनको मुक्तिको निम्ति न्यायोचित संघर्षमा सक्रिय थिए भने साम्राज्यवादीहरू अन्यायपूर्ण आक्रामक युद्धमा थिए ।
चौथो, संसारका सबै शान्तिप्रिय, स्वतन्त्रता र मुक्तिकामी जनता तथा देशहरू चिनियाँ जनताको पक्षमा थिए । भारतीय जनता र बुद्धिजीवी, लेखक, कवि, कलाकार र डाक्टरहरू समेत चिनियाँ जनताको पक्षमा थिए । अमेरिकी र युरोपेली प्रगतिशील र न्यायप्रिय जनता चिनियाँ जनताको पक्षमा थिए । तर आज भारतको मोदी सरकारले कट्टर दक्षिणपन्थी पक्षको नेतृत्व गर्दैछ र निम्न विषयमा भाजपाको सरकार लोकप्रिय छैन – एक, संरा अमेरिका र पश्चिमी साम्राज्यवादी देशहरू सम्भावित तेस्रो विश्वयुद्ध युरोपमा होइन एसियामा पन्छाउन चाहन्छन्, एसियाका विकासशील मुलुकहरू चीन र भारतलाई भिडाएर आफ्नो आर्थिक र राजनैतिक प्रभुत्व पुनः एसियामा स्थापना गर्न चाहन्छन् । दोस्रो, मोदी सरकार न्याय क्षेत्रमा सा¥है बद्नाम छ र भारतका अत्यन्त संवेदनशील जनता भाजपाकै असहिष्णुताको विरोधमा छन् । तेस्रो, भारतका प्रजातन्त्रवादी, प्रगतिशील, किसान र कामदार वर्ग, दलित, जनजाति, मुसलमान र अन्य परिवर्तनवादी जनता एवम् बुद्धिजीवी मोदी सरकारको प्रतिगामी विचार र नीतिसँग असहमत छन् ।
चौथो, दक्षिण एसियाका भारतीय छिमेकी देशहरू र त्यहाँका जनता भारतीय एकाधिकार पूँजी र विस्तारवादका विरोधी छन् । हालै नेपालको बारा जिल्लाका ५० बिघा जमिन भारतले कब्जामा लिएको र २०२२ सालमा जग्गाको लालपूर्जा पाएका नेपाली जनता अहिले विचल्लीमा छन् र भारत सरकार यसबारे मौन छ । यस्ता धेरै ठाउँमा नेपालको भारतसँग सीमा विवाद छ । त्यस्तै पाकिस्तान, श्रीलड्ढा, बंगलादेश र मालदिभ्सको पनि भारतसँग हार्दिकता देखिन्न । भुटान भारतको कारण चीनसँग कुटनैतिक सम्बन्ध कायम गर्न सकिरहेका छैनन् । यसकारण ‘अग्नि पाँचौं’ को धम्की दिएर चीन र छिमेकी देशहरूलाई तर्साउन खोजेमा संरा अमेरिकाको ‘एटम बम’ जस्तै ‘कागजको बाघ’ सावित हुनेछ ।
श्रमिक साप्ताहिक (माघ १६) को सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *