भर्खरै :

महासचिव किम जोङ उनलगायत शीर्ष पार्टी अधिकारीहरूद्वारा सूर्यको कुमसुसान दरबारको भ्रमण

महासचिव किम जोङ उनलगायत शीर्ष पार्टी अधिकारीहरूद्वारा सूर्यको कुमसुसान दरबारको भ्रमण

प्योङयाङ, १८ डिसेम्बर (केसीएनए) । आफ्नो सम्पूर्ण जीवन कोरियाली राष्ट्रको उपलब्धिमा समर्पण गर्ने नेताको निधनको १३ औँ वार्षिक स्मृति दिवसको अवसरमा प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका सम्पूर्ण जनताले अध्यक्ष किम जोङ इलको सम्झनामा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्, समयसँगै उहाँलाई अझ धेरै सम्झिरहेका छन् । पेक्टुको रातो झन्डा अझै उँचो भएको छ, जुछेको क्रान्तिकारी ध्येय प्रस्ट भएको छ ।
बुधबार कोरियाली मजदुर पार्टीका महासचिव तथा प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको राज्य मामिलाका अध्यक्ष किम जोङ उनले डिसेम्बर १७ मा सूर्यको कुमसुसान दरबारको भ्रमण गर्नुभयो ।
उहाँको साथमा कोमपा केन्द्रीय समितिको राजनीतिक ब्युरोका अध्यक्ष मण्डलका सदस्य किम टोक हुन, जो योङ वोन, चो ¥योङ हे र रि प्योङ चोल, पार्टी र सरकारका अन्य वरिष्ठ अधिकारीहरू, कोमपा केन्द्रीय समितिका अधिकारीहरू, आयोग र मन्त्रालयका प्रमुख अधिकारीहरू र सशस्त्र बल अङ्गहरूका कमान्डिङ अधिकारीहरू हुनुहुन्थ्यो ।
कोरियाली जनताको प्रतिष्ठित पार्टी, राज्य र जनताका अनन्त नेताहरू राज्यमा विराजमान हुने सूर्यको कुमसुसन दरबार एक गम्भीर वातावरणमा ढाकेको थियो ।
राष्ट्रपति किम इल सङ र अध्यक्ष किम जोङ इलको सालिक अगाडि महासचिव किम जोङ उनले फूलको टोकरी अर्पण गर्नुभएको थियो ।
कोमपा केन्द्रीय समिति, प्रजग कोरिया राज्य मामिला आयोग, प्रजग कोरिया सर्वोच्च जनसभाको स्थायी समिति र प्रजग कोरियाको मन्त्रिपरिषद्को नाममा फूलको टोकरीहरू पनि अर्पण गरिएको थियो । किम जोङ उन र अन्य आगन्तुकहरू सँगसँगै मिलेर महान् नेताहरूको सालिकअगाडि झुकेर श्रद्धासुमन अर्पण गर्नुभएको थियो । प्रिय नेता किम जोङ इलप्रति उच्च श्रद्धाञ्जली अर्पण गर्दै उहाँको अमरताको कामना गरेका थिए ।
सबै आगन्तुकहरूले किम जोङ उनको विचार र मार्गनिर्देशनलाई शुद्ध बफादारीका साथ समाजवादी निर्माणका सबै मोर्चाहरूमा युगान्तकारी परिवर्तन गर्दै राज्यको व्यापक विकासको नयाँ अध्यायमा अनन्त चमक थप्ने दृढ प्रतिज्ञा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *