भर्खरै :

“भक्तपुर महोत्सवमा भक्तपुुरका जनताले मौलिकता प्रदर्शन गरेर भक्तपुरको हिजो र आजको स्वरूप प्रदर्शनी गरे”

“भक्तपुर महोत्सवमा भक्तपुुरका जनताले मौलिकता प्रदर्शन गरेर भक्तपुरको हिजो र आजको स्वरूप प्रदर्शनी गरे”

‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर महोत्सवको आयोजना गरेको हो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने हाम्रो अर्को उद्देश्य हो । बाह्य पर्यटनमा मात्र भर पर्न नहुने हाम्रो अनुभव छ ।
२०७२ सालको भूकम्प, भारतले गरेको नाकाबन्दी, २०७६ र २०७७ सालमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाबाट हामीले पाठ सिक्यौँ । २ वर्षसम्म विदेशी पर्यटकहरू नेपाल नआउँदा देशको अर्थतन्त्रमा प्रत्यक्ष असर परेको थियो भने भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत नराम्ररी प्रभावित भयो । जनताको जीवन बचाउन जनतासँग आर्थिक सहयोग माग्नुपर्ने अवस्थासम्म सिर्जना भयो ।
भक्तपुर नगरपालिकाले जनतासँग अक्सिजन प्लान्ट राख्न सहयोगको हात बढायो । सम्पूर्ण नगरवासीहरूले आ—आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गर्नुभयो । एक डेढ महिनाभित्र साढे ६ करोड रूपैयाँ सङ्कलन भयो । आजसम्म कुनै नगरवासीले अक्सिजन र रगतको निम्ति पैसा तिर्नुपरेन । भनपाले निःशुल्क उपलब्ध गराइरहेको छ । भक्तपुरवासीहरू एकजुट छन् भन्ने त्यो एक उदाहरण थियो ।
महोत्सवको अवधिमा ५ दिनसम्म हरेक दिन महत्वपूर्ण गतिविधिहरू गर्ने व्यवस्था मिलाएका थियौँ । सोहीअनुसार पहिलो दिन मङ्सिर २८ गते विश्व सम्पदा सूचीमा सूचिकृत दरबार क्षेत्रमा महोत्सवको उद्घाटन, २९ गते खुला बाँसुरी बाजा प्रतियोगिता उद्घाटन, मङ्सिर ३० गते बाँसुरी बाजाको पुरस्कार वितरण, पुस १ गते ख्वप इन्जिनियरिङ कलेजको १६ औँ वार्षिक जयन्ती, भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘सहकारी आवाज’ बुलेटिन र लेखक तेजेश्वरबाबु ग्वंगद्वारा लिखित ‘मै एक मै अनेक’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न ग¥यौँ भने पुस २ गते अन्तिम दिन ‘विगतमा भक्तपुर’ विषयक अन्तरसंवाद कार्यक्रम, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिक जयन्तीको अवसरमा पुरस्कार वितरण कार्यक्रम तथा भक्तपुर महोत्सवकै समापन कार्यक्रम गर्दै छौँ ।
भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि समय समयमा घरेलु उत्पादन प्रदर्शनी, योमारी उत्सव, ‘बहाबही चिनौँ’, ‘पोखरी पदयात्रा’ जस्ता कार्यक्रमहरू गर्दै आएको छ । ती सबै आन्तरिक पर्यटन केन्द्रित गतिविधिहरू हुन् । भक्तपुर महोत्सव त्यसैको सिलसिला हो ।
भक्तपुर महोत्सवलाई हामीले भक्तपुरवासीहरूको साझा महोत्सवको रूपमा विकास गर्न प्रयास ग¥यौँ । सारा भक्तपुरवासीहरूलाई आ–आफ्ना सीप, मौलिक विषयहरू प्रदर्शनी गर्न आह्वान ग¥यौँ । त्यहीअनुसार महोत्सव अवधिभर मङ्सिर २८ देखि पुस २ गतेसम्म नै यहाँका जनताले स्वयम्स्फूर्तरूपमा सहयोग गर्नुभयो । त्यसको निम्ति भक्तपुर नगरपालिकाको तर्फबाट सम्पूर्ण नगरवासीहरूलाई धन्यवाद ज्ञापन गर्दछौँ ।
हामीले ३२ वटा ठाउँ तोकेर प्रदर्शनीको व्यवस्था मिलाएका थियौँ । अन्य ठाउँहरूमा स्वयम्स्फूर्त गतिविधि गर्न आह्वान ग¥यौँ । अहिलेसम्म प्राप्त जानकारीअनुसार १७६ ठाउँमा विभिन्न गतिविधिहरू नगरवासीहरूले प्रदर्शन गरे । त्यसको लागि पनि धन्यवाद व्यक्त गर्दछौँ । भक्तपुर महोत्सवमा नेपालमा पहिलोपटक सिटिङ भलिबल खेल्ने रेकर्ड राख्न पनि सफल भयौँ ।
महोत्सव भक्तपुर के हो भन्ने देखाउने अवधि रहनेछ भनेर हामीले भनेका थियौँ । साँच्चै भक्तपुुरका सारा जनताले मौलिकता प्रदर्शन गरेर भक्तपुरको हिजो र आजको स्वरूप देखाउनुभयो । महोत्सव अवलोकन गर्नेहरूले भक्तपुरको वास्तविकता देख्ने र बुझ्ने अवसर पाएका छन् ।
महोत्सवमा चीन, रुस, श्रीलङ्का, पाकिस्तानलगायतका मित्रराष्ट्रहरूका कूटनीतिज्ञहरूले पनि अवलोकन गर्नुभयो भने नेपालका विभिन्न नगरपालिकाका प्रमुखहरू काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, मध्यपुर नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, शङ्खरापुर नपाका पूर्वप्रमुख सुवर्ण श्रेष्ठ, कीर्तिपुर नपाका पूर्वप्रमुख रमेश महर्जन, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य, कीर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य, नागार्जुन नपाका उपप्रमुख सुशिला अधिकारी, चन्द्रागिरी नपाका उपप्रमुख वसन्ती श्रेष्ठ, गोदावरी नपाका उपप्रमुख सुनिता महर्जन, शङ्खरापुर नपाका उपप्रमुख समिता श्रेष्ठ, दक्षिणकाली नपाका उपप्रमुख वसन्ती डंगोल, महाङ्काल गाउँपालिकाका उपाध्यक्ष डोमामाया गोलेलगायत विभिन्न पालिकाका जनप्रतिनिधिहरूले अवलोकन गर्नुभयो । यहाँका जनताले गर्नुभएको मेहनत, परिश्रम र सृजना सारा जनताले देख्न पाएका छन् ।
भक्तपुर महोत्सव – २०८१ को अवसरमा आयोजना गरेको खुला बाँसुरी बाजा प्रतियोगितामा भाग लिनुभएका सम्पूर्ण बाँसुरी बाजा समूहहरूलाई धन्यवाद तथा विजयी बाँसुरी बाजा समूहहरूलाई बधाईज्ञापन गर्न चाहन्छौँ । हाम्रो आग्रहअनुसार ६० वटा भजन टोलीले प्रगतिशील र आधुनिक भजन गाएर महोत्सवको आकर्षण बढाएको छ । पाटी पाटीमा भजन गायनले पाटीको महत्व बढाइदिएको छ । महोत्सव अवधिभर पाँचै दिन लाय्कु, टौमढी, दत्तात्रय, क्वाठण्डौमा सांस्कृतिक प्रदर्शन गर्ने सांस्कृतिक समूहहरू, बाजा बजाई नगर परिक्रमा गर्ने बाजा समूहहरू, नौदाफा भजन समूहलगायत महोत्सवको सांस्कृतिक कार्यक्रमहरूमा प्रत्यक्ष तथा परोक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवादज्ञापन गर्दछौँ । खः प्याखंको परम्परागत पोशाक, स्थानीय नेवार समुदायको पोशाक प्रदर्शनीको लागि सहयोग पु¥याउने सहयोगी सङ्घ संस्थाहरूलाई र पुस्तक प्रदर्शनीमा सहयोग गर्ने प्रकाशन गृहहरूलाई धन्यवाद दिन चाहन्छौँ । महोत्सवका गतिविधि सञ्चालनको लागि स्थान उपलब्ध गराउने विद्यालयहरू, स्वागतद्वार निर्माण गर्ने सङ्घ संस्थाहरू, फोटो प्रदर्शनीमा सहयोग गर्ने सङ्घ संस्था र फोटोग्राफरहरू, चित्रकला र पौभा कला प्रदर्शनीका सहयोगीहरू, छ्वालीकलाका कलाकारहरू, जुजु धौ महोत्सवका सहयोगी संस्था, मृत्तिकाकला प्रदर्शनीमा सहयोग पु¥याउने सिर्जनशील हातहरूप्रति पनि भक्तपुर नगरपालिका कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
हरेक दिन साँझ पोखरीहरूमा दीपावलीले साँझको समय पनि उत्तिकै आकर्षक बनेको छ । दिपावली व्यवस्थापनमा सहयोग गर्ने सङ्घ संस्थाहरू, परम्परागत तोरीको तेल बनाउने प्रदर्शनीको लागि सहयोग पु¥याउने सहयोगीहरू, सांस्कृतिक कार्यक्रम देखाई महोत्सवलाई भव्यता प्रदान गर्न सहयोग गर्ने विद्यालयहरू, सांस्कृतिक समूहहरू, परम्परागत धागो रङ्गाउने रञ्जितकार समाज, विभिन्न किसिमका इँटा प्रदर्शनी व्यवस्था मिलाउने तुछिमला परिवारप्रति पनि हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।
विभिन्न टोलमा स्थानीय जनता र विद्यालय परिवारहरूले नेवार समुदायको जन्मदेखि मृत्युसम्मको सामाजिक संस्कार प्रस्तुत गरेर नेवारी जनजीवन बुझ्न चाहनेहरू सबैको लागि अवसर प्रदान गरेका छन् । भक्तपुरको जीवित देवी कुमारी दर्शन र दीपङ्कर बुद्ध दर्शन, बुद्ध अस्तु धातु दर्शन तथा बौद्ध दर्शनसँग सम्बन्धित प्रदर्शनीको व्यवस्था मिलाइदिएकोमा सम्पूर्ण बहाबही, बिहार परिवार र सम्बन्धित पक्षहरूलाई धन्यवाद ज्ञापन गर्दछौँ । नवदुर्गा द्यो ब्वय्केगु व्यवस्था गरी नवदुर्गा दर्शनको व्यवस्थापन गर्ने भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समिति र नवदुर्गा गणप्रति पनि आभार व्यक्त गर्दछौँ ।
ठाउँ–ठाउँमा मौलिक शैलीका ढोकाहरू बनाएर नगरका हरेक ठाउँ चोक चोकलाई सुन्दर बनाएको छ । विभिन्न ठाउँमा परम्परागत ढोकाहरूबाहेक महोत्सवकै लागि २० वटा ढोका बनाइएको छ ।
सहकारीका साथीहरूले ठाउँ ठाउँमा खानेपानीको व्यवस्था, स्टलहरू राखेर सहयोग गरेका छन् भने भक्तपुर नगरका व्यापारी, व्यवसायी, होटल, रेस्टुराँका साथीहरूले आ–आफ्ना घरका शौचालयहरू खोलेर अवलोकनकर्तालाई सेवा प्रदान गरेका छन् । उहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।
ख्वप अस्पतालको संयोजनमा ठाउँ–ठाउँमा प्राथमिक उपचार केन्द्रहरू राखेर उपचारको व्यवस्था गरिएको छ भने २५ वर्षपछि खः प्याखंअन्तर्गतका धुँ प्याखं, गरुड र सिंहको प्याखं पनि प्रदर्शन गरेर सहयोग गरिएको छ । ख्वप अस्पतालको संयोजनमा काम गर्ने सबै अस्पताल तथा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू तथा खः प्याखं परिवारलाई धन्यवाद दिन चाहन्छौँ ।
नगरवासीहरूले हाम्रो आग्रहअनुसार ५ दिनसम्म प्रदर्शनीको समयमा मोटर, मोटरसाइकल प्रवेश नगरी अवलोकनकर्ताहरूलाई सहयोग गरे । स्काउट, खेलाडी, विद्यालय, कलेज, व्यवसायी, स्वयम्सेवक टीमका सबैलाई धन्यवाद ज्ञापन गर्दछौँ ।
भक्तपुर महोत्सव – २०८१ को स्मारिका, प्रकाशनको लागि लेख रचना उपलब्ध गराउने लेखकहरू, विज्ञापनदाताहरू र सम्पूर्ण प्रकाशन सहयोगी व्यक्तिहरूप्रति धन्यवाद ज्ञापन गर्दछु । त्यस्तै, पिक्टोरियल बुकको लागि तस्बिर उपलब्ध गराउने फोटोग्राफरहरू, वाकिङ टुर, प्रकाशनमा सहयोग गर्ने सहयोगीहरू, सहकारी आवाज बुलेटिन प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरू, महोत्सवको दैनिक बुलेटिन प्रकाशनमा सहयोग गर्ने सहयोगीहरूलगायत प्रकाशनसँग सम्बन्धित सबै पक्षहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
भक्तपुर महोत्सवको आवश्यक प्रचारप्रसारको लागि सहकार्य गर्ने मिडिया सहयोगीहरू ‘मजदुर’ दैनिक, भादगाउँ टेलिभिजन, ख्वप टेलिभिजन, ख्वप सः, भक्तपुर एफएम, जनसञ्चार टीभी, एफ.एम. वेभसाइट, एबीसीडी खबर मिडिया, ङातापोल्हँ एक्सप्रेस र ‘नागरिक’ दैनिक पत्रिकालाई पनि धन्यवाद ज्ञापन गर्दछु । सञ्चारकर्मी साथीहरूले व्यापक प्रचारप्रसार गरेर सांस्कृतिक टोलीहरूले सांस्कृतिक प्रदर्शन गरेर, ख्वप कलेजले पाँचै दिन नाटक प्रदर्शन गरेर, उद्योग मेला तथा घरेलु मेलामा सबैले आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गरेर सहयोग गरे । प्रचार सहयोगीको रूपमा सहयोग पु¥याउनुहुने छिकोङ समूह, साइकल कनेक्ट, पाटन म्युजियम, गङ्गालाल स्मृति प्रतिष्ठान, ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि., क्षेत्रीय मध्य उपत्यका बस व्यवसायी प्रा.लि., भक्तपुर ट्रक व्यवसायी सङ्घ, प्रचार ¥याली गर्ने विद्यालयहरू, मिडिया प्लस, सिस्को फ्लेक्स प्रिन्ट र मयुर प्रिन्टप्रति पनि आभार व्यक्त गर्दछौँ ।
भक्तपुर महोत्सवको मुख्य केन्द्रहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन सहकार्य गर्ने इन्टरनेट सेवा प्रदायक वल्र्ड लिङ्क कम्पनी, महोत्सवको आधिकारिक वेभसाइट डेभलपर एफ.एन.क्लिक, गल्ली म्याप, महोत्सवको मोबाइल एप्स निर्माणमा प्राविधिक सहयोग गर्ने ख्वप कलेज अफ इन्जिनियरिङप्रति पनि आभार व्यक्त गर्दछौँ । घरेलु औद्योगिक मेला सफल पार्न सहकार्य गर्ने भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, व्यापार मेलाका सहयोगी सङ्घ संस्थाहरू, स्टल, साउन्ड सिस्टम, मञ्च व्यवस्थाको लागि सहयोग गर्ने सङ्घ, संस्थालगायत अन्य सहयोगीहरूलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।
हामीलाई प्राप्त जानकारीअनुसार ५ दिनमा ६ लाखदेखि ८ लाख अवलोकनकर्ताहरूले महोत्सव अवलोकन गरे भने दैनिक करोडौँ रूपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।
औद्योगिक मेलामा दैनिक साङ्गीतिक प्रदर्शनी भएको छ भने सुरक्षा निकायहरू जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालय, पर्यटक प्रहरी, जिल्ला प्रहरी कार्यालय भक्तपुरलगायतलाई अति राम्रो सुरक्षा व्यवस्था मिलाइदिएकोमा धन्यवाद ज्ञापन गर्दछौँ । सम्पूर्ण सरकारी कार्यालय प्रमुखहरूलाई पनि धन्यवाद छ ।
नगरपालिकाको आयोजनामा भएको महोत्सव सफल पार्न महोत्सव मूल समारोह समिति तथा विभिन्न उपसमितिहरूमा रहनुहुने जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तित्वहरू र महोत्सव सचिवालयका कर्मचारीहरू, नपाका कर्मचारीहरू, नगर प्रहरीहरू, नगरपालिकाअन्तर्गत सञ्चालित कलेज र अस्पतालका कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दछौँ । भक्तपुर महोत्सव सफल बनाउन सहयोग पु¥याउने अन्य विभिन्न दाफा भजन खलहरू, सांस्कृतिक नाच समूहहरू, स्थानीय अग्रजहरू, सङ्घ संस्थाहरू, नेपाल टुरिजम बोर्ड तथा महोत्सवलाई भव्यरूपमा सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।
भक्तपुर महोत्सव २०८१ को उद्घाटन समारोहलाई सफल पार्न प्रमुख अतिथि, विशेष अतिथि र अतिथिको रूपमा पाल्नुभएका नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवाल, वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजु, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य, पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दछौँ ।

(भक्तपुर महोत्सव २०८१ को समापन कार्यक्रममा पुस २ नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *