भर्खरै :

काठमाण्डौमा नेमकिपा स्थापना दिवस

काठमाण्डौ, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा मङ्गलबार चन्द्रागिरी नपामा प्रवचन कार्यक्रम भयो । नेमकिपा काठमाण्डौ जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपा आफ्नै खुट्टामा उभिएर देशका पिछडिएका क्षेत्रका जनतासम्म क्रान्तिकारी विचारधाराको प्रचार गर्ने पार्टी भएको बताउनुभयो ।
समाजवादी विचारको इमान्दारीका साथ प्रचार र पूँजीवादको खह«ो विरोध गर्ने भएकाले पूँजीपतिहरुले नेमकिपालाई मन नपराएको धारणा राख्दै उहाँले शत्रुले विरोध गर्नु नराम्रो नभएको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले शासक दलले राज्यले अपराध करार गरेका व्यक्तिहरुको समेत संरक्षण गरेको चर्चा गर्दै पूँजीवादी प्रजातन्त्रले नेपाली कामदार जनताका समस्या समाधान गर्न नसक्ने प्रष्ट पार्नुभयो ।
उहाँले नेमकिपाले स्थापनाकालदेखि नै इमान्दारीका साथ आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्दै आएको विचार राख्नुभयो ।
नेमकिपा काठमाण्डौ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोल, वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य सृजना साँय्जू, नेक्राविसङ्घका केन्द्रीय संयोजक नीरज लवजू, गुणदास महर्जन र शोभलाल महर्जनले पार्टी स्थापना र समसामयिक राजनीकि परिस्थितिबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *