रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
जब नेपालका प्रधानमन्त्रीले यस महिनाको सुरूमा चीनको आफ्नो पहिलो भ्रमण गरे तब नेपालका नेताहरूले भारतलाई आफ्नो पहिलो औपचारिक भ्रमणको गन्तव्य बनाउने सामान्य अभ्यास तोडे । नेपाली प्रमको भ्रमण र केही अन्य क्षेत्रीय घटनाक्रमले भारतलाई निकै चिन्तित बनाएको देखियो । त्यस्तै जब श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले राष्ट्र प्रमुखको रूपमा आफ्नो पहिलो विदेश भ्रमणको लागि आइतबारदेखि मङ्गलबारसम्म भारतमा थिए, त्यसलाई केही भारतीय सञ्चारमाध्यमहरूले भारतको ‘कार्निभल’ (विजयोत्सव) भनेर वर्णन गरे ।
एक भारतीय सञ्चारमाध्यमले सोमबार आकर्षक शीर्षकको साथ एक विचार प्रकाशित ग¥यो, “श्रीलङ्काबाट चीनको निकाला भारतको विदेश नीतिको लागि ठुलो जीत हो ।” लेखका अनुसार, भ्रमणले “बढ्दो चिनियाँ प्रभावको बाबजुद पनि श्रीलङ्काका नेताहरू र नीति निर्माताहरूका लागि कसरी भारत केन्द्रीय र सर्वोच्च प्राथमिकतामा रहेको छ ।” यसैबिच भारतीय सञ्चारमाध्यमले श्रीलङ्काका राष्ट्रपतिको भारत भ्रमणको क्रममा उनले दिएको ‘ठुलो आश्वासन’ को बारेमा विस्तृत रूपमा रिपोर्ट प्रकाशित गर्दै लेखे, “श्रीलङ्काले आफ्नो भूमिलाई भारतको हितमा हानिकारक हुने कुनै पनि तरिकाले प्रयोग गर्न अनुमति दिनेछैन ।”
नेपाल र श्रीलङ्काको भ्रमण छनोटको सन्दर्भमा, भारत चिन्तित होस् वा जितको हर्षोल्लास मनाओस्, यसले ती क्षेत्रीय देशहरूलाई चीन र भारतबिचको पक्ष छनोट गर्न बाध्य पारिरहेको छ । सिचुआन इन्टरनेसनल स्टडीज युनिभर्सिटीको स्कूल अफ इन्टरनेसनल रिलेसनसका प्रोफेसर लङ जिङचुनले ग्लोबल टाइम्ससित भन्नुभयो कि भारतीय सञ्चारमाध्यमका श्रीलङ्काका राष्ट्रपतिको भ्रमणको समाचार कथनले भारतको मानसिकता वैश्विक नभई ‘क्षेत्रीय’ शक्तिको रूपमा रहेको झल्काउँछ ।
भारतको ठीक विपरीत, चीनले दक्षिण एसियाका साना र मझौला आकारका देशहरूलाई पक्ष छनोट गर्न भनेको छैन, बरू चीनले आशा गर्दछ कि यी देशहरूले आफ्नो भविष्यको लागि विशेषगरी, क्षेत्रीय शान्ति, स्थिरता र विकासलाई बढावा दिन सम्बन्धित देशहरूसँग मिलेर काम गर्नको लागि सबैभन्दा लाभदायक छनौटहरू गर्नेछन् । यही कारणले गर्दा चीन–श्रीलङ्का सम्बन्धहरू वर्षौंदेखि स्थिर रहेको छ, माथि उल्लिखित लेखमा भनिएको छ, ‘चीनबाट श्रीलङ्काको धुरी काटियो ।’ जबकि कोलम्बो बन्दरगाह सहर र हम्बनटोटा बन्दरगाहजस्ता चिनियाँ परियोजनाहरूले श्रीलङ्काको आर्थिक र सामाजिक विकासका साथै यस क्षेत्रको समग्र विकासमा उल्लेख्य रूपमा वृद्धि गरेका छन् । श्रीलङ्काका लागि चीन शान्ति र विकास ल्याउने साझेदार हो ।
त्यस्ता तथ्यहरू अगाडि भएकोले केही भारतीय सञ्चारमाध्यमहरूका चीन–श्रीलङ्का सम्बन्धमा असहमति रोप्ने प्रयास सफल हुनेछैन । त्यसो गर्ने प्रयास गर्दा तिनीहरूले श्रीलङ्काजस्तो सार्वभौम देशको आफ्नो साझेदार छनोट गर्ने अधिकारलाई बेवास्ता गरेका छन् र श्रीलङ्का सरकार र जनताको आफ्नो हितमा के छ भनेर निर्धारण गर्ने क्षमतालाई कम आकलन गरेका छन् ।
क्षेत्रीय देशहरूलाई पक्ष छनोट गर्न र ‘भारत पहिलो’ विदेश नीति अपनाउन बाध्य पार्नुले दक्षिण एसियाका अन्य देशहरूप्रति भारतको लामो समयदेखि चलेको, हैकमवादी र सङ्कीर्ण मनोवृत्तिलाई प्रतिबिम्बित गर्दछ, जुन क्षेत्रलाई भारतले आफ्नो प्रभावको क्षेत्र मान्दछ । त्यसकारण भारतले नेपाल र माल्दिभ्सजस्ता क्षेत्रीय देशहरूसँगको चीनको संलग्नतालाई नयाँ दिल्लीबाट टाढा राख्ने प्रयासको रूपमा लिएको छ ।
चीनको कम्युनिकेसन युनिभर्सिटीका साउथ एसियन स्टडीजका विज्ञ झाङ सियाओयु भन्नुहुन्छ, “भारतका तीन मानसिकताहरू प्रदर्शनमा छन् – अमिलो अङ्गूर, बहुलापन र देखावटी ।”
चीन आफ्ना छिमेकी राष्ट्रहरू अन्य देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गरेको हेर्न चाहन्छ । यसले चीनको कूटनीतिक विश्वास देखाउँछ । यसको विपरीत, केही भारतीय जनता र मिडियाले प्रदर्शन गरेको ‘ठुलो जीत’ मानसिकताले उनीहरूको देशको असहजता र आत्मविश्वासको कमीलाई उदाङ्गो पार्छ । केही भारतीय सञ्चारमाध्यमहरू प्रायः चीनले आफ्नो आर्थिक शक्तिलाई दक्षिण एसियाली देशहरूलाई लोभ्याउन र क्षेत्रीय मामिलामा चीनको सहभागितालाई शङ्काको दृष्टिले हेरिरहेको दाबी गर्छन् । तर, चीनलाई यस क्षेत्रमा किन स्वागत गरिन्छ भन्ने कुरा उनीहरूले सोच्नुपर्छ । चीनको लागि क्षेत्रीय देशहरूको निरन्तर उत्साह यी देशहरूले चाहेको विकासका अवसरहरू प्रदान गर्ने क्षमता र तत्परताबाट उत्पन्न हुन्छ ।
– ग्लोबल टाइम्स
Leave a Reply