उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, ४ पुस । मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा नवदुर्गा नाच भयो । सयौँको सङ्ख्यामा महिलाहरू हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन लामबद्ध छन् ।
मल्लकालभन्दा अगाडिदेखि तान्त्रिक शक्तिमा चल्ने नवदुर्गा नाच गत आइतबारदेखि मध्यपुरथिमिभित्र विभिन्न टोलमा सञ्चालन भइरहेको छ । बिहीबार बालकुमारीबाट नगदेश भित्याएर नवदुर्गाको विशेष पूजा एवं द्यो ब्वकेगु गरियो ।
नगदेशबाट बाजागाजासहित गएको स्थानीयको टोलीले बालकुमारीबाट मलमलको सेतो कपडा बाटोमा ओछ्याएर स्वागत गर्दै नगदेश भित्याएपछि नवदुर्गाको भव्य पूजा एवं नवदुर्गा देवगण र नाच प्रदर्शन गरिएको हो ।
नगदेशका ख्वप्रिङ नवदुर्गा सङ्कल्प भोजन २०८१ को संयोजन र भक्तपुर विकास सहयोग सङ्घको आयोजनामा करिब रू. आठ लाखको खर्चमा भगवान भोजनलगायतका कार्यक्रम गरिएको हो ।
भक्तपुर, मध्यपुरथिमिदेखि भक्तपुरबाट बसाइँ सरेर काठमाडौँ, ललितपुर गएर बसेकाहरूले भव्य रूपमा नगदेशमा सञ्चालन गरेको नवदुर्गा नाच एवं द्यो ब्वकेगु आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष विजय शङ्कर प्रधानाङ्गले जानकारी दिनुभयो ।
करिब रू. आठ लाख खर्चमा नगदेशमा पहिलो पटक द्यो ब्वकेगु आयोजना गरेको जानकारी दिँदै उहाँले नगदेशमा ठुलो लपेसमा ८४ व्यञ्जनका खानेकुरा चढाएर पूजा गरिएको बताउनुभयो । उहाँले देवगण, नकी, बेताली, बाजा बजाउनेलगायत सबैका लागि शीरदेखि पाउसम्मको जात्रामा देवगणले लगाउने पोशाकसमेत अर्पण गरेको बताउनुभयो ।
नवदुर्गा देवगणमध्येकै कृष्णप्रसाद बनमालाले गत आइतबार मध्यपुरथिमिको दिगुटोलबाट सुरू भएको नवदुर्गा नाच बिहीबारसम्म भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारीलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयको पूजा ग्रहण गर्दै आज नगदेशमा आएको बताउनुभयो ।
देवगणले नवदुर्गा नाच टोलटोलमा प्रदर्शन गरे पनि विशेष पूजाको रूपमा रहेको द्यो ब्वकेगु नगन्य रूपमा हुने गरेको छ । देवगण वनमालाले आइतबारसम्म मध्यपुरथिमिमा नाच प्रदर्शन गरेर सोही दिन ङालाकेगु जात्रा सञ्चालन गर्दै साँझ भक्तपर द्योछेँ, अर्थात देवता घरमा नवदुर्गा फर्कने बताउनुभयो ।
नवदुर्गाअन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसँगै ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।
Leave a Reply