रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
डिसेम्बर १०, २०२४ का दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले ‘१ प्लस १०’ संवादमा भाग लिन यहाँ आएका प्रमुख अन्तर्राष्ट्रिय आर्थिक सङ्गठनका प्रमुखहरूसँग पेइचिङमा सामूहिक भेटवार्ता गर्नुभयो । भेटको क्रममा उहाँले प्रभावकारी र सक्रिय विश्वव्यापी आर्थिक सुशासनबिना विश्वको आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न असम्भव हुनेमा जोड दिनुभयो ।
समान र व्यवस्थित बहुध्रुवीय विश्व र विश्वव्यापी लाभकारी तथा समावेशी आर्थिक भूमण्डलीकरणलाई अगाडि बढाउन बहुपक्षीयता अभ्यास गर्न, अन्तर्राष्ट्रिय सहयोग प्रवद्र्धन गर्न, विश्वव्यापी दक्षिणी राष्ट्रहरूको विकासमा सहयोग गर्न र साझा विकासको न्यायपूर्ण संसार निर्माण गर्न चीन प्रमुख अन्तर्राष्ट्रिय आर्थिक सङ्गठनहरूसँग मिलेर काम गर्न तयार रहेको उहाँले बताउनुभयो ।
विश्व अर्थतन्त्रले धेरै कठिनाइ र चुनौतीहरूको सामना गरिरहेको छ र एकपक्षीयता तथा संरक्षणवाद स्पष्टरूपमा बढिरहेको छ । विश्व अर्थतन्त्रलाई कसरी बलियो र दिगो वृद्धिको बाटोमा ल्याउने भन्ने अन्तर्राष्ट्रिय समुदायका लागि यो प्रमुख प्रश्न हो ।
गहिरो आर्थिक भूमण्डलीकरणको संसारमा मानवता साझा भविष्य भएको समुदाय हो जहाँ सबै मानिसहरू उठ्छन् र एकसाथ मिलेर लड्छन् । विश्वका देशहरू लगभग १९० साना डुङ्गाहरूमा अलग–अलग सवार छैनन्, बरु सबै एक विशाल जहाजमा छन् जसमा तिनीहरूको साझा भविष्य निर्भर छ । तसर्थ, उनीहरूले एकअर्काको विकासलाई चुनौतीको सट्टा अवसरका रूपमा हेर्नुपर्छ र एकअर्कालाई प्रतिद्वन्द्वीभन्दा पनि साझेदारको रूपमा व्यवहार गर्नुपर्छ ।
विश्वव्यापी एकता, सहयोग, पारस्परिक लाभ र जीतलाई समयको परिभाषित विषयवस्तु बनाउनु सबै देशहरूको साझा दायित्व हो र विश्वव्यापी आर्थिक विकासको लागि एकमात्र सही विकल्प हो ।
विश्व अर्थतन्त्रलाई बलियो र दिगो विकासको बाटोमा लैजान खुला विश्व अर्थतन्त्र निर्माण गर्नु महत्वपूर्ण छ ।
आज संसार आर्थिक अल्पवृद्धिले ग्रसित छ र प्रत्येक अर्थव्यवस्थाले आफ्नै चुनौतीहरूको सामना गर्दछ । कठिनाइ र चुनौतीहरू जति ठुला छन्, त्यति नै महत्वपूर्ण एकता र सहयोगलाई बलियो बनाउनु तथा जिम्मेवार कदमहरू चाल्नु हो ।
यस पृष्ठभूमिमा, विश्वका सबै देशहरूले सहयोगको माध्यमबाट खुला विश्व अर्थतन्त्र निर्माण गर्न, नवप्रवर्तनको माध्यमबाट विकासलाई अघि बढाउन, डिजिटल अर्थतन्त्रका महत्वपूर्ण अवसरहरू, कृत्रिम बुद्धिमत्ता (एआई) र न्यून कार्बन प्रविधिको सदुपयोग गर्न, आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विकास गर्नु अनिवार्य छ र ज्ञान, प्रविधि तथा प्रतिभाको सीमापार प्रवाहलाई समर्थन गर्दछ ।
देशहरूका लागि आर्थिक अन्तरनिर्भरतालाई राम्रो कुराको रूपमा हेरिनुपर्छ, जसले सबैलाई पारस्परिक लाभ र जीत–जीत परिणामहरूका लागि एकअर्काको शक्तिमा आकर्षित गर्न सक्षम बनाउँछ । यसलाई जोखिमको रूपमा लिनु हुँदैन ।
चीनले उच्चस्तरको खुलापन विस्तार गर्दै आएको छ, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहयोगलाई अगाडि बढाउन सबै देशहरूसँग हात मिलाएर विश्वव्यापी विकास पहल कार्यान्वयन गर्दै आएको छ र विश्वव्यापीरूपमा लाभदायक र समावेशी आर्थिक भूमण्डलीकरणको वकालत गर्दै आएको छ । विश्वभरका मानिसहरूद्वारा अधिक निष्पक्षरूपमा साझेदारी गरिनेछ । चीन खुला विश्व अर्थतन्त्रको निर्माणमा एक कर्ता र प्रवद्र्धनकर्ता देश होे ।
विश्व अर्थतन्त्रलाई बलियो र दिगो वृद्धिको बाटोमा लैजान विश्वव्यापी आर्थिक शासन प्रणालीलाई अझ न्यायपूर्ण र समतामूलक बनाउन जरुरी छ ।
विश्वले आज विश्व अर्थतन्त्रको ४० प्रतिशतभन्दा बढी ओगटेको ग्लोबल साउथ देशहरूको सामूहिक वृद्धि देखेको छ ।
अन्तर्राष्ट्रिय आर्थिक सङ्गठनहरूले बदलिँदो परिस्थितिसँग सजग रहन र समयको आह्वान र विश्वका जनताको आकाङ्क्षालाई सम्बोधन गर्न आवश्यक छ । उनीहरूले विश्वव्यापी आर्थिक शासन प्रणालीलाई अझ न्यायपूर्ण र न्यायोचित एवम् परिवर्तनशील विश्व आर्थिक परिदृश्यलाई प्रतिबिम्बित गर्न, विश्वव्यापी दक्षिणी देशहरूको ठुलो प्रतिनिधित्व र आवाजका साथ सुधार गर्न सक्रियरूपमा संलग्न हुन आवश्यक छ ।
प्रभावकारी र सक्रिय विश्वव्यापी आर्थिक शासनलाई अगाडि बढाउन विश्वभरका देशहरूले साझा लाभका लागि व्यापक परामर्श र संयुक्त योगदानको सिद्धान्तलाई पालना गर्नुपर्दछ, साँचो बहुपक्षीयतालाई कायम राख्नुपर्छ र सबै देशहरूका लागि समान अधिकार, समान अवसर तथा समान नियमहरू सुनिश्चित गर्नुपर्दछ ।
जी–२० मा अफ्रिकी सङ्घको प्रवेशलाई स्पष्टरूपमा समर्थन गर्ने पहिलो हुनेदेखि, उत्तर–दक्षिण ‘डिजिटल विभाजन’ लाई कम गर्न प्रयास गर्ने र अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधारको प्रवद्र्धन गर्ने र ग्लोबल साउथ देशहरूको प्रतिनिधित्व र आवाज बुलन्द गर्न चीनले सधैँ विश्वव्यापी शासन प्रणाली सुधार गर्न र वृद्धि गर्न योगदान गरेको छ ।
विश्व अर्थतन्त्रलाई बलियो र दिगो विकासको बाटोमा लैजान प्रमुख अर्थतन्त्रहरूले सक्रिय र रचनात्मक भूमिका खेल्नुपर्छ ।
चीन र अमेरिका विश्वका शीर्ष दुई अर्थतन्त्र हुन् । उनीहरूको साझा स्वार्थ सङ्कुचित हुनुको सट्टा विस्तार हुँदै गएको छ । दुई पक्षले सहयोगको सूचीलाई विस्तार गर्नुपर्छ र सहयोगको ठुलो वृत्त बनाउनुपर्छ ।
स्थिर, स्वस्थ र दिगो चीन–अमेरिकाको लागि काम गर्न अमेरिकासँग वार्तामा संलग्न हुन, सम्बन्ध र सहयोग विस्तार गर्न र मतभेदहरू व्यवस्थापन गर्न चीन तयार छ । यो आशा छ कि अमेरिकाले चीनसँग एउटै दिशामा काम गर्नेछ, इतिहासको प्रवृत्तिअनुरूप काम गर्नेछ, चिनियाँ र अमेरिकी जनता र अन्तर्राष्ट्रिय समुदायको अपेक्षाहरू पूरा गर्न काम गर्नेछ र विश्व आर्थिक वृद्धिको प्रवद्र्धन र जनताको कल्याण तथा जीवनस्तर सुधारमा आफ्नो जिम्मेवारी पूरा गर्नेछ ।
ट्यारिफ युद्ध, व्यापार युद्ध र प्राविधिक युद्ध इतिहास र अर्थशास्त्रको कानुनको प्रवृत्तिविरुद्ध हो । त्यस्तो युद्धले कसैलाई पनि विजेता बनाउँदैन । ‘अग्ला बारहरूसहितको सानो करेसाबारी’ निर्माण गर्नु, औद्योगिक र आपूर्ति शृङ्खलाहरू तोड्ने र बाधा पु¥याउने कार्यले आफूलाई फाइदा नगरी अरूलाई हानि पु¥याउँछ । चीनले आफ्ना मामिलाहरू राम्रोसँग व्यवस्थित गर्न र आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितहरूको दृढतापूर्वक रक्षा गर्नमा केन्द्रित रहनेछ ।
विश्व बहुध्रुवीयताले इतिहासको सामान्य प्रवृत्ति र प्रगतिको दिशालाई प्रतिनिधित्व गर्दछ, जबकि आर्थिक भूमण्डलीकरण नरोक्ने ऐतिहासिक प्रवृत्ति हो जुन विकसित भइरहन्छ । अगाडि बढेर विश्वका सबै देशहरूले विश्व बहुध्रुवीकरण र आर्थिक भूमण्डलीकरणको सामान्य प्रवृत्तिलाई पछ्याएर एकता र सहयोगलाई बलियो बनाउनुपर्छ । साझा विकास र समृद्धिको राम्रो भविष्यको सुरुवात गर्न उनीहरूले संयुक्तरूपमा विश्वव्यापी आर्थिक सुशासनलाई सुदृढ गर्न, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न र विश्व अर्थतन्त्रलाई बलियो र दिगो विकासको बाटोमा ल्याउनुपर्छ ।
– पिपुल्स डेलीबाट
अनुवाद : प्रकाश
Leave a Reply