भर्खरै :

दैलेखमा स्तालिनको जन्म दिवस

दैलेखमा स्तालिनको जन्म दिवस

दैलेख, ७ पुस । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरु स्तालिनको १४५ औँ जन्म दिवस शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा दैलेखका अध्यक्ष जगत वलीले विश्वका कामदार जनताको हितको लागि फासीवादी र नाजीवादीविरुद्ध स्तालिनले निरन्तर सङ्घर्ष गरी विजय प्राप्त गरेको बताउनुभयो ।
स्तालिनको नेतृत्वमा सोभियत जनताको बलिदानीले समाजवादको झण्डा फहराएको स्पष्ट पार्दै उहाँले कामदार जनताको सचेत र सङ्गठित शक्तिविना समाजवाद स्थापना नहुने भएकोले व्यापक जनतालाई सचेत गराउन कार्यकर्ताहरू क्रियाशील हुनुपर्छ भन्नुभयो ।
नेमकिपाका जिल्ला सदस्य रत्नबहादुर श्रेष्ठ, मानबहादुर सिजापति, शिवराज दाहाल, रुमा गुरुङ, सुरेन्द्र शाही र लक्ष्मीकुमार विकले बोल्नुभएको थियो ।
नेमकिपा डुङ्गेश्वर गाउँ समितिको आयोजनामा पनि स्तालिनको १४५ औँ जन्म दिवस र मणिराम तिवारीको छैटौँ स्मृति दिवस कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विन्दुलाल रेग्मीले फासीवाद र नाजीवादको विरुद्धमा लडाइँ लडेर स्तालिनले विश्वको रक्षा गरी सोभियत समाजवादको रक्षा गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा हीरामणि न्यौपाने, गंगाप्रसाद न्यौपाने, खगीसरा रग्मी, चन्द्रमणि शर्मा र नरेन्द्र पोखरेलले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *