जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
(सम्पादकको नोट : चिनियाँ संस्कृतिमा ‘हेहे’ को अवधारणामा पहिलो ‘हे’ ले सद्भाव, शान्ति र सन्तुलन र दोस्रो ‘हे’ ले अभिसरण, एकता र सहयोगको प्रतिनिधित्व गर्दछ । चीनको व्यक्तिगत र सामूहिक मानसिकता दुवैको केन्द्रबिन्दु हो । हजारौँ वर्षको दर्शनमा जरा गाडेको ‘हेहे’ को विचारले अरू प्रकृति र आफूसँग मेलमिलापसाथ बाँच्नका लागि मार्गदर्शक सिद्धान्तको रूपमा कार्य गर्दछ ।
हेहे’ को अवधारणा आज विश्वमा महत्वपूर्ण छ, किनकि हामीले विभिन्न क्षेत्रमा सामना गर्ने विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्नको लागि ‘हेहे’ लाई जोड दिने सिद्धान्त चाहिन्छ । समकालीन दृष्टिबाट हेर्दा, ‘हेहे’ एक कालातीत र विश्वव्यापी अवधारणा हो जसले चीन र विश्वलाई थप सामञ्जस्यपूर्ण, शान्तिपूर्ण र सन्तुलित भविष्यतर्फ डोहो¥याउन सक्छ । ग्लोबल टाइम्सले विभिन्न दृष्टिकोणबाट ‘हेहे’ संस्कृतिको विश्वव्यापी महत्व अन्वेषण गर्न विश्वभरिबाट सुझावहरू सङ्कलन गरिरहेको छ । यो शृङ्खलाको पहिलो भाग हो ।)
चीनमा हानसान (कोल्ड माउन्टेन) उपनामका कवि र एक बौद्ध भिक्षु शिदेको बारेमा एउटा कथा छ । ताङ राजवंश (६१८–९०७) मा उनीहरू उच्च आध्यात्मिक तियानताई पर्वतमा रहेको एकान्त स्थान झेजियाङको गुओकिङ मन्दिरमा बस्थे । तिनीहरूले नम्रता, शान्ति, सहयोग र प्रकृतिसँग एकताको अभ्यास गरे । हानसान र शिदे दुबै हेहे संस्कृतिका लागि प्रेरणा थिए, सद्भाव, समानता र सहयोगजस्ता चिनियाँ मूल्यहरूमा आधारित छ र यसको दुई मुख्य सन्त मानिन्छ ।
हेहे एक संस्कृति हो जसले प्रतिस्पर्धा र सङ्घर्षभन्दा सद्भाव र अभिसरणलाई जोड दिन्छ । यो एक विचार हो जुन चिनियाँ इतिहाससँगै प्रतिध्वनित छ र बौद्ध धर्म, ताओवाद र कन्फ्युसियसवादको संयुक्त प्रभाव देखाउँछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले यसलाई यसरी सङ्क्षेपीकरण गर्नुभएको छ, “हेहेको पहिलो ‘हे’ ले सद्भाव, शान्ति र सन्तुलनको प्रतिनिधित्व गर्छ । दोस्रो ‘हे’ को अर्थ अभिसरण, एकता र सहयोग हो ।”
के चिनियाँ समाज साँच्चै सामञ्जस्यपूर्ण र शान्तिपूर्ण छ ? यो युगौँदेखि यस्तै छ ? चीन वास्तवमा एक सामञ्जस्यपूर्ण र सहयोगी समाज हो र यसको इतिहासले यसलाई त्यस्तै देखाउँछ ।
प्रसिद्ध इटालियन अन्वेषक मार्को पोलोले १३ औँ शताब्दीमा किन्साई भनिने सहरको भ्रमण गरे । उनले झेजियाङको हाङझाउ सहरलाई स्वर्गको रूपमा वर्णन गरे । यो दक्षिणी सुङ राजवंश (११२६–१२७९) को राजधानी थियो । यहाँ उनले जनताको बारेमा के लेखे, “तिनीहरूका बिचमा विवादास्पद झगडाहरू कहिल्यै सुनिएनन् । तिनीहरूले आफ्नो व्यापारिक र उत्पादनसम्बन्धी सरोकारहरूलाई पूर्ण स्पष्टता र प्रमाणका साथ सञ्चालन गर्छन् । तिनीहरू एकअर्काप्रति मित्रवत छन् र एउटै सडकमा बस्ने व्यक्तिहरू, पुरुष र महिला दुवै, छिमेकीको मात्र नभई एउटा परिवारजस्तै परिस्थितिबाट देखा पर्दछन् ।”
त्यहाँ कुनै ‘विवादात्मक झैझगडाहरू’ छैनन्, जसको अर्थ कुनै झगडा वा हिंसात्मक घटनाहरू छैनन् । मानिसहरू एक परिवारजस्तै देखाप¥यो । मार्को पोलोलाई चिनियाँ समाजको सद्भाव र सहयोगको बारेमा कुनै शङ्का थिएन ।
मेरो आफ्नै अनुभव मार्काे पोलोको जस्तो व्यापक नहुन सक्छ र हाम्रो आफ्नै समय पनि फरक छ । तर, चिनियाँ जनताले तर्कसङ्गत छलफल गरेर समस्या समाधान गर्ने र द्वन्द्वरहित तरिकाले काम गर्ने प्रयास गरेको देखिन्छ ।
पश्चिममा बसोबास गर्ने केही चिनियाँहरूले मलाई आफू बसेको देशमा सुरक्षित महसुस नगरेको बताउँछन् । उनीहरू राति बाहिर निस्किए वा सामान चोरी भएमा हिंसाको डर लाग्छ । संरा अमेरिका गएका धेरैले मलाई बन्दुक संस्कृतिदेखि डराएको बताउँछन् । अस्ट्रेलियामा पनि चिनियाँ र अन्य अल्पसङ्ख्यक समूहहरूविरुद्ध जातीय हिंसाका रिपोर्ट आएका छन् ।
सद्भाव, शान्ति र सहयोगको सन्दर्भमा चीनको अनुभवले अन्य क्षेत्रसँग कसरी तुलना गर्छ भनेर इतिहासको ठुलो चित्रलाई हेरौँ । उदाहरणको लागि, हामी चिनियाँ र युरोपेली इतिहासहरूबिच केही तुलना गर्न सक्छौँ ।
हेहे संस्कृतिले बौद्ध धर्म, दाओवाद र कन्फुसियसवादमा उद्देश्यको एकता देख्न सकिन्छ । यसको विपरीत, पश्चिममा धर्मले जति ठुलो सभ्यता सिर्जना गर्न मद्दत गरेको छ, धर्म स्वयम् त्यति नै धेरै युद्ध र बर्बर सङ्घर्षको स्रोत पनि बनेको छ ।
मुस्लिमहरूविरुद्ध इसाईहरूको मध्ययुगीन धर्मयुद्धले मुस्लिमहरूमा विषको विरासत छोड्यो, जबकि तिनीहरूको पछाडि कट्टरताले अवर्णनीय मात्रामा हिंसाहरू निम्त्यायो । १६१८ देखि १६४८ सम्मको तीस वर्षको युद्ध, सीधा धार्मिक कट्टरताको परिणामस्वरूप, इतिहासको सबैभन्दा लामो र सबैभन्दा क्रूर युद्धहरूमध्ये एक थियो, सैन्य लडाइँ र परिणामस्वरूप अनिकाल र रोगबाट लगभग ८० लाख जनाको मृत्यु भयो ।
चीनको अनुभव पनि संरा अमेरिकाको भन्दा फरक छ । संरा अमेरिकाले विश्वको अर्थतन्त्र र भूराजनीतिलाई अन्य देशहरूविरुद्ध आक्रामकताको अभ्यास गर्दै नियन्त्रण गर्ने अनुमान गरेको छ । यसले आफ्नो शासन प्रणाली पालन नगर्ने राष्ट्रहरूविरुद्ध हिंसाको सहारा लियो । समय बित्दै जाँदा, संरा अमेरिकाले मध्यपूर्वका धेरै देशहरूमा सेना पठाएको छ र हाल गाजामा प्यालेस्टिनीहरूविरुद्धको हिंसामा इजरायललाई सहयोग गर्दै छ, धेरै महिला र बालबालिकाको हत्यामा सहयोग पु¥याइरहेको छ । अमेरिकी सेनालाई विदेशमा पठाइनुको प्रमुख उदाहरण १९६५ मा भियतनामविरुद्धको आक्रमण थियो । त्यो युद्ध त्यस देशको क्रान्तिलाई दबाउन लागि व्यर्थ प्रयासबाहेक केही थिएन । अमेरिकी सेना र बमहरूले महिला र बालबालिकासहित लाखौँै निर्दोष नागरिकहरूलाई मारे तर अन्तमा १९७५ मा संरा अमेरिकाले आफ्नो लायकको अपमानजनक पराजयको सामना गर्नुपरेको थियो ।
विगत ७० भन्दा बढी वर्षहरूमा चीनले कहिल्यै युद्ध सुरु गरेको छैन वा विदेशी भूमिको एक इन्च पनि कब्जा गरेको छैन । चीनले आफ्नो आर्थिक प्रभाव फैलाएको छ, तर पश्चिमी उपनिवेशवादी शक्तिहरूको विपरीत चीनले कहिल्यै सेना फैलाएन । अन्य देशहरूमा सयौँ सैन्य अड्डाहरू रहेको संरा अमेरिकाको विपरीत तथाकथित चिनियाँ सैन्य आधारहरू अवस्थित छैनन् र कसैले तिनीहरूलाई देखेका छैनन् ।
यदि एउटा ठुलो निष्कर्ष निकाल्ने हो भने चीनको इतिहासमा कुनै समयमा हिंसा भए तापनि यो पश्चिमको इतिहासको तुलनामा धेरै शान्त छ भनेर भन्नैपर्छ । मलाई लाग्छ, वास्तवमा चिनियाँ समाजको सद्भाव र सहयोगको सिद्धान्तमा धेरै वास्तविक र तथ्य कुरा छन् । चिनियाँ इतिहास वास्तवमा युरोप वा पश्चिमको भन्दा निकै कम हिंसात्मक छ । हेहे (सद्भावपूर्ण र सहकारी) संस्कृतिको विचार वास्तविक छ । यसले हाम्रो समकालीन संसारलाई सिकाउनको लागि ठुलो सम्झौता गरेको वास्तविकतालाई प्रतिनिधित्व गर्दछ ।
हामी यस्तो समयमा बाँचिरहेका छौँ जहाँ युद्धहरू बारम्बार हुन्छन् तर चीन शान्तिको प्रतिमाको रूपमा उभिएको छ । आगामी अमेरिकी प्रशासनअन्तर्गत भविष्यको बारेमा धेरै कुराहरू अस्पष्ट छन् । तर, अमेरिकाले आफ्नो बर्चस्व कायम राख्न सङ्घर्ष गर्नुपर्ने देखिन्छ । ‘मेकिङ अमेरिका ग्रेट अगेन’ ले थप अलगाववादी अडान निम्त्याउन सक्छ तर विश्व अमेरिकालाई प्राथमिकता दिन इच्छुक देखिएको छैन । मलाई लाग्छ, सन् १९९१ को अन्त्यमा सोभियत सङ्घको पतन हुँदा अमेरिकी राजनीतिशास्त्री जोन मियर्साइमरले घोषणा गरेको ‘एकध्रुवीय क्षण’ निर्णायकरूपमा समाप्त भएको छ । संसार अब बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ, जसमा चीन सबैभन्दा महत्वपूर्ण ध्रुवहरूमध्ये एक हो, तर कुनै पनि हालतमा एकमात्र ध्रुव होइन ।
हेहे संस्कृतिको अर्थ के हो भने चीनले आधिपत्य खोजेको छैन न त विश्वमा शासन गर्न खोजेको छ । यसले के खोजेको छ, जसरी राष्ट्रपति सीले धेरै अवसरहरूमा भन्नुभएको छ, मानवजातिको साझा भविष्य भएको समुदायको लागि सहयोग हो । सीले पारस्परिक सम्मान, एकता, सद्भाव र सहअस्तित्व नै मानव सभ्यताको विकासको सही बाटो भएको कुरामा जोड दिनुभएको छ ।
हामीले मार्च २०२३ मा अगाडि राखिएको सीको विश्वव्यापी सभ्यता पहललाई ध्यान दिनुपर्छ । म उहाँको ‘सभ्यताबिचको समानता, आपसी सिकाइ, संवाद र समावेशीता’ मा जोड दिने कुरामा सहमत छु । यो पक्कै पनि सभ्यताबिचको प्रतिस्पर्धा र अर्को सभ्यतामा एक सभ्यताको श्रेष्ठताको दाबीभन्दा राम्रो हो ।
हामीलाई युद्धको परम्परा र श्रेष्ठताको घोषणाको आवश्यकता छैन । विश्व शान्ति, समानता र विविधता चाहिन्छ । यो चीनको हेहे संस्कृतिको शिक्षा हो । यो शिक्षालाई व्यवहारमा उतार्ने प्रयास गरौँ ।
(लेखक एक अस्ट्रेलियाली चीनविज्ञ र ग्रिफिथ विश्वविद्यालयमा एमेरिटस प्रोफेसर हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश
Leave a Reply