सुन र सिक्री : तिब्बतको यात्रा विवरण – २
- असार २१, २०८३
नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन भ्रमण दशक घोषणा ग¥यो । २ वर्षअघि घोषणा गरिएको भ्रमण दशकलाई सफल पार्न देशभरका पालिकाहरूले आ–आफ्नो क्षमताअनुसार पर्यटन प्रवद्र्धनका लागि कार्यलाई अगाडि बढाउँदै छन् । गत वर्ष सन् २०२३ मा नेपाल भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या १० लाख १४ हजार थियो भने चालु वर्ष २०२४ मा १६ लाख पु¥याउने लक्ष्य छ । सबैले इमानदारीपूर्वक काम गरेको भए यो लक्ष्य पूरा गर्न कुनै गा¥हो पनि होइन । तर, बितेको ११ महिनामा १० लाख ५५ हजारमात्र पर्यटक नेपाल भित्रिएको तथ्याङ्कले यो वर्ष पर्यटन क्षेत्रमा खासै प्रगति हुन नसकेको सङ्केत गर्दछ ।
नेपालमा पर्यटकहरूलाई आकर्षित गर्ने थुप्रै क्षेत्रहरू छन् । नेपाल प्राकृतिकरूपले अत्यन्त सुन्दर छ, कला संस्कृति र सम्पदाहरूले अनुपम छ र बुद्ध जन्मभूमि लुम्बिनी छ । विश्वकै सर्वाेच्च शिखर सगरमाथाका साथै विश्वका अग्ला दर्जनौँ हिमाल पनि नेपालमै छन् । भौगोलिक विविधता र त्यहीअनुसारको प्राकृतिक सुन्दरता, जडीबुटी र अन्य विभिन्न क्षेत्रमा पनि नेपाल विश्वकै राम्रोमध्येको मानिन्छ । तर, पनि नेपालमा लक्ष्यअनुसार पर्यटकहरूको आगमन हुन सकेको छैन ।
पर्यटन क्षेत्र देशको अर्थतन्त्रको एउटा आधार भए पनि सरकारले त्यसलाई प्राथमिकतामा नराखेको कारण अगाडि बढ्न नसकेको प्रस्टै छ । भ्रमण दशक सफल पार्न देशका विभिन्न पालिकाहरूले आ–आफ्ना कार्यक्रमहरू अगाडि बढाउने क्रममा २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर नगरपालिकाले पाँचदिने भक्तपुर महोत्सवको सम्पन्न ग¥यो । स्वदेशी र विदेशी पर्यटकहरू भित्याउने उद्देश्यले आयोजना गरिएको त्यो महोत्सव सफल पार्न अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारको लागि नेपाल पर्यटन बोर्डलाई आग्रह गरियो र उद्घाटन कार्यक्रममा अतिथि पनि बोलाइयो । तर, दरबार क्षेत्रमा भएको उद्घाटन कार्यक्रममा पर्यटन बोर्डको तर्फबाट कोही पनि प्रतिनिधि उपस्थित भएन भने पर्यटन तथा संस्कृति मन्त्रालयबाट उपसचिव स्तरको एक कर्मचारीलाई पठाएर झाराटार्ने काम ग¥यो ।
नेपालमा आएका विदेशी पर्यटकहरू बढी भ्रमण गर्ने ठाउँमध्ये भक्तपुर पनि एक हो । भक्तपुरमा विश्व सम्पदा सूचीमा सूचिकृत दरबार क्षेत्र, टौमढी र दत्तात्रय क्षेत्रजस्ता वास्तुकलाको दृष्टिले अनुपम ठाउँहरू छन् । पुरै प्राचीन नगरलाई सम्पदा बस्तीको रूपमा विकास गर्न नगरपालिका लाग्दै छ । त्यसमा पनि भक्तपुरको ‘हिजो र आजको वास्तविक रूप’ देखाउन भनी नगरपालिकाले स्थानीय जनतालाई आह्वान गरेको थियो । महोत्सवको अवधिमा स्थानीय वासीहरूले करिब करिब लोप भइसकेका परम्परागत खेल, भेषभूषा, खाना, संस्कृति, नाचगान, जात्रा र जन्मदेखि मृत्यु संस्कारसम्म देखाएका थिए । त्यस्ता विषयहरूमा के देशको पर्यटनको जिम्मेवारी लिएर बसेका संस्कृति तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले ध्यान दिनुपर्ने होइन ?
सरकारले पर्यटन क्षेत्रको विकासको लागि उचित काम गर्न नसके पनि काम गरिरहेका पालिकाहरूलाई उत्साह दिने काम त गर्न सकिन्थ्यो होला नि ! त्यो पनि भएन । देशका विभिन्न ठाउँहरूमा पर्यटन केन्द्रित विभिन्न गतिविधिहरू भइरहेका छन् तर मन्त्रालय र पर्यटन बोर्ड बेखबरजस्तै बसिरहेका छन् । मन्त्रालय र पर्यटन बोर्ड आफै सक्रिय भएर पर्यटन क्षेत्रको विकासका सम्भावना भएका क्षेत्रहरूलाई कार्यक्रमहरू गर्न सहयोग गर्नुपर्ने होइन र ? नत्र पर्यटन मन्त्रालय र पर्यटन बोर्ड रहनु र नरहनुको कुनै अर्थ हुँदैन ।
कम्बोडियामा सन् २०२३ मा ५४ लाख ५३ हजार विदेशी पर्यटकहरूले भ्रमण गरे । त्यहाँका एउटा मन्दिर एन्कोर वाट ९ब्लनपयच ध्बत० मा मात्र वार्षिक २५ लाखभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने गर्छन् । त्यसरी नै क्युवामा वार्षिक ५० लाखभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने गर्छन् । ती देशहरूको तुलनामा नेपालमा पर्यटकहरू आकर्षित गर्ने स्थल कति छन् कति ? तर, पनि किन पर्यटकहरू नेपालमा कममात्र आउँछन् ? पर्यटन तथा संस्कृति मन्त्रालयका जिम्मेवार पदाधिकारीहरूले जवाफ दिनुपर्छ ।
नेपालले छिमेकी देशहरू चीन र भारतका पर्यटकहरूलाई मात्रै आकर्षित गर्न सकेमा पनि त्यसले नेपालको अर्थतन्त्रमा ठुलो योेगदान पु¥याउन सक्नेछ । चीनका ११ करोड नागरिक वार्षिक विदेश भ्रमण गर्ने प्रक्षेपण गरिएको छ भने भारतका करिब १ करोडको हाराहारीमा छन् । चीनका पर्यटकहरूमध्ये नेपालमा ५ प्रतिशतमात्रै भित्याउन सके पनि ५० लाखभन्दा बढी चिनियाँ पर्यटकहरूले भ्रमण गर्ने छन् भने भारतका ४।५ लाख पर्यटकहरू आउनेछन् । त्यसको लागि सरकारले व्यवस्थित कार्ययोजना बनाई लागु गर्नु आवश्यक छ ।
चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउँदै छ । नेपालस्थित चिनियाँ राजदूत छन सोङले भक्तपुर महोत्सवको समापन कार्यक्रममा बोल्दै नेपाल भ्रमण वर्षको उद्घाटन भक्तपुरको दरबार क्षेत्रमा गर्ने घोषणा गरे । राजदूत छङको घोषणालाई उपस्थित हजारौँ जनताले ताली बजाएर अनुमोदन गरे । पर्यटन क्षेत्रको विकासको लागि यो सकारात्मक पाटो हो । त्यसबाट नेपालले फाइदा लिन सक्नुपर्छ ।
सरकारले विदेशी पर्यटन भित्याउनका लागि वातावरण अनुकूल बनाउँदै लानुपर्नेमा झन् झन् जटिलताहरू देखा पर्दै छन् । केही समयदेखि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने कतार एयर वेज, फ्लाइ दुबइ, थाइ एयर, एयर एसिया, जजिरा एयरवेजलगायतले हालै बन्द गरेका छन् । अब नेपाल वायु सेवा निगमले मात्रै त्यहाँबाट सेवा दिइरहेको छ । पोखरा विमानस्थलबाट अहिलेसम्म नियमित उडान हुन सकेको छैन । पोखरा र भैरहवा विमानस्थल नियमितरूपमा सञ्चालन गर्न भारतसँग छलफल गर्न आवश्यक भए त्यो गर्न पनि सरकारले पहल गर्नुपर्छ ।
विमानस्थल बनाउन विदेशीसँग अरबौँको ऋण लिने तर त्यसलाई सञ्चालन गर्न ध्यान नदिनेजस्ता कारणहरूले पर्यटन क्षेत्रबाट राज्यले उचित फाइदा लिन सकेको छैन । यसले पर्यटनको जिम्मेवारी लिएर बसेका पदाधिकारीहरूले नै देशलाई विदेशी ऋणमा डुबाएर समाप्त पार्न खोजका त होइनन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ । पोखरा विमानस्थल निर्माणका लागि नेपालीले चीनसँग २५ अर्ब ऋण लियो तर न विमानस्थल सञ्चालनतर्फ सरकारले ध्यान दियो न ऋण तिर्न नै । बरु त्यो ऋण अनुदानमा परिणत गर्न माग गर्ने तथा चीनसित ऋण नलिने अनुदान मात्र माग गर्ने भन्ने सरकारले नीति लियो । त्यसको जवाफमा एक चिनियाँ विद्वान्ले ‘हाम्रो पैसा हावाबाट होइन, चिनियाँ जनताको कडा परिश्रमबाट आएको हो, हामी कसरी विनालगानी दिन सक्छौँ ?’ (नयाँ पत्रिका २५ मङ्सिर) भनी अनुदान दिन नसकिने प्रस्ट पारे ।
विदेशीसँग भिख मागेर सधँै देश चलाउन सम्भव छैन । शासक दलहरू त्यो देश सिध्याउने सोच हो । चालु वर्ष १८ खर्बको बजेट पारित गर्ने सरकारले १४ खर्ब राजस्व उठाउने अनुमान गरेकोमा ५ महिनामा बल्ल ५ खर्बमात्र राजस्व सङ्कलन भएको देखिन्छ । यसले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत नसक्ने अवस्थामा पुगेको स्पष्ट हुँदै छ । देश २५ खर्बभन्दा बढी सार्वजनिक ऋणमा छ । देश ऋण तिर्न पनि ऋण लिनुपर्ने अवस्थामा पुग्दै छ । देशको अर्थतन्त्र धराशायीतर्फ गएको योभन्दा अरू प्रमाण के चाहियो ?
पर्यटनको सिजनमै १० घण्टासम्म त्रिभुवन विमानस्थल बन्द गर्नु, पोखरा र भैरहवा विमानस्थल राम्रोसँग सञ्चालन गर्नेतर्फ सरकारले ध्यान नदिनु, पटक–पटक हवाई दुर्घटना र सडक दुर्घटनाहरू हुनु तथा देशको मूल राजमार्ग नारायणगढ—बुटवल खण्डको सडकको दुर्दशासमेतले हवाईमार्ग र सडक मार्गबाट आउने पर्यटकहरूमा उल्लेख्य वृद्धि हुन नसकेको हो ।
पर्यटन विकासको लागि सुन्दर देश भएर मात्र पुग्दैन शान्ति सुरक्षाको सुनिश्चितता पहिलो सर्त हो । यसबारे पर्यटन क्षेत्रको जिम्मेवारी लिएर बसेका पदाधिकारीहरूले ध्यान दिनु जरुरी छ । पर्यटकहरू ट्रेकिङ जाने पहाडहरूमा गाडी गुड्ने सडकहरू निर्माण र केबुलकारको विकासले पर्यटकहरूको भ्रमण समय छोटिनेछ । त्यसका लागि ट्रेकिङ रुट सुरक्षित गर्दै सडकहरू अर्कै ठाउँबाट बनाउनेतर्फ पनि राज्यले ध्यान दिनुपर्ने देखिन्छ ।
विदेशी पर्यटकहरू भरपर्दो आधार होइन । २०७२ सालमा भएको विनाशकारी भूकम्प, भारतले गरेको अमानवीय नाकाबन्दी र २०७६÷७७ सालमा विश्वव्यापी महामारीमा फैलिएको कोभिड—१९ र रुस युक्रेन युद्धलगायत विभिन्न कारणहरूले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भए । त्यसले देशको अर्थतन्त्रमा नराम्ररी असर पार्यो । त्यसबाट पाठ सिकेर भक्तपुर नगरपालिकाले आन्तरिक पर्यटनलाई जोड दिँदै छ । भक्तपुर महोत्सव आन्तरिक पर्यटनमा केन्द्रित महोत्सव थियो । पाँच दिनमा आन्तरिक तथा बाह्य गरी करिब ८ लाख पर्यटकहरूले भक्तपुरको भ्रमण गरे । महोत्सव साँचो अर्थमा भक्तपुरवासी जनताको महोत्सव बन्यो । महोत्सव स–साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले आआफ्नो कला प्रस्तुत गरेर पर्यटकहरूलाई आकर्षित गरेका थिए ।
वास्तवमा पर्यटनको प्रबल सम्भावना हुँदाहुँदै पनि उचित व्यवस्थापनको अभावमा सन् २०२४ मा १६ लाख पर्यटक भित्याउने लक्ष्य भएकोमा ११ लाखमा चित बुझाउनुपर्ने अवस्था छ । अब सरकारको भर प¥यो भने यो देशमा केही पनि होला जस्तो देखिँदैन । सरकारले घोषणा गरेका पर्यटन दशकको २ वर्ष उपलब्धिहीन भएर बित्दै छ । सबै पालिकाहरूले सरकारको भर नपरी आत्मनिर्भर हुन आन्तरिक पर्यटन विकासतर्फ ध्यान दिने कि ?
Leave a Reply