नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
ग्लोबल साउथबिच एकता र सहयोगको लागि शीर्षस्तरीय डिजाइन बढ्दो रूपमा परिष्कृत हुँदै छ ।
यी क्षेत्रहरूमा व्यवस्थित योजनाले विकास गर्न सहमति र बललाई एकसाथ ल्याउँछ । विकासले गति र आत्मविश्वास बढाउँछ । चीन र अरब देशहरूले साझा भविष्यको साथ चीन–अरब समुदायको निर्माणलाई गति दिँदै ‘पाँच सहयोग ढाँचाहरू’ निर्माण गरिरहेका छन् । एससीओको साझा घरको निर्माणले समूहको विकासको दिशालाई रेखाङ्कित गरेको छ र चीनले चक्रीय अध्यक्षता धारण गर्दै एससीओले सहयोगको नयाँअध्याय लेखिरहेको छ । संयुक्त रूपमा आधुनिकीकरणका लागि १० साझेदारी कार्यहरू अगाडि बढाउँदै चीनले अफ्रिकी विकासलाई पनि सशक्त बनाउँदै छ । अफ्रिका तर सम्पूर्ण ग्लोबल साउथको लागि आधुनिकीकरणलाई अगाडि बढाउने दृष्टिकोण जुन न्यायपूर्ण र समतामूलक छ, खुला र विजयी छ, जनतालाई पहिलो स्थानमा राख्छ, विविधता र समावेशीता देखाउँछ, पर्यावरणमैत्री छ र शान्ति एवम् सुरक्षामा आधारित छ, यो चीनको मात्र होइन विश्वकोे साझा भविष्य हो ।
कार्य योग्य योजनाहरूको साथ अग्रणी विश्वव्यापी सहयोगले जनताको भलाइप्रति प्रतिबद्धता झल्काउँछ र वर्तमान तथा भविष्यका लागि दीर्घकालीन लक्ष्यहरू पछ्याउनको लागि दूरदर्शिता प्रदर्शन गर्दछ । ग्लोबल साउथ सहयोगलाई समर्थन गर्ने चीनको आठ उपायले मानव प्रगतिको लागि ठुलो गतिलाई सुदृढ बनाउँछ । शान्ति, नवप्रवर्तन, हरित विकास, न्याय र जनता–जनताको नजिकको आदानप्रदानका लागि प्रतिबद्ध ब्रिक्सको निर्माणले ब्रिक्स सहयोगको उच्च गुणस्तरको विकासलाई समर्थन गर्ने आठवटा व्यावहारिक उपाय र साझा विकासको एक मात्र संसार ब्रिक्स सहयोग निर्माणमा बलियो प्रोत्साहन दिन्छ ।
यी सहयोगका उपायले विश्वव्यापी दक्षिणी देशहरूसँग ‘दुःख साझा गर्ने’ चीनको दृढ प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको छ, जसले अन्तर्राष्ट्रिय समुदायमा विश्वव्यापी विकासको उद्देश्यका लागि काम गर्ने र जानेवालाको रूपमा आफ्नो छविलाई सुदृढ पारेको छ ।
वरपरका क्षेत्रहरूमा समुदाय निर्माण गर्नको लागि सहयोग र सुनिश्चित हुँदै गइरहेको छ ।
राष्ट्रपति सीको मध्य एसिया भ्रमणले कजाकिस्तान र ताजिकिस्तानसँगको मित्रतामा नयाँकोसेढुङ्गाको रूपमा चिन्हन लगाएको छ । यसैबिच, भियतनामको कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा भियतनामका अध्यक्ष तो लामले यस वर्ष चीनको राजकीय भ्रमण गर्नुभएको थियो र इन्डोनेसियाका नयाँराष्ट्रपतिले निर्वाचित भएपछि पदभार ग्रहण गरेपछि दुई पटकको भ्रमणका लागि आफ्नो पहिलो गन्तव्य चीनलाई रोजेका थिए । द्विपक्षीय मित्रता प्रगाढ हुँदै जाँदा चीन र यसका छिमेकी राष्ट्रहरूका हितहरू एकअर्कामा जोडिएका छन् र आपसी विश्वास बढ्दै गएको छ ।
‘लानकाङ–सेकोङ भि सा’ को कार्यान्वयनसँगै, चीन–आसिया स्वतन्त्र व्यापार सम्झौता –तृतीयको स्तरवृद्धि वार्ताहरू पर्याप्त निष्कर्षमा पुगेको छ । चाइना–युरोप ट्रान्स–क्यास्पियन एक्सप्रेस र चाइना–किर्गिजस्तान–उज्बेकिस्तान रेलवे परियोजना भिजनहरूबाट कार्यान्वयन गरिएको छ । यी सबै फलदायी क्षेत्रीय सहयोगका उदाहरणहरू हुन्, जसले पारस्परिक लाभ र जीत–जीत परिणामको लागि नयाँअवसरहरू खोल्दै छ ।
यो स्पष्ट छ कि एक्लै अघि बढ्न सम्भव छैन । हामीले विश्वव्यापी चुनौतीहरूको प्रभावकारीरूपमा सामना गन सहयोगमा संलग्न हुनैपर्छ ।
चीनका तीन प्रमुख विश्वव्यापी पहलले मानवजातिको साझा भविष्यसहितको समुदायको निर्माणको लागि रणनीतिक मार्गदर्शन प्रदान गर्नेछ । सहयोगका नयाँकथाहरू लेखिने क्रम जारी छ । ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको मित्र समूहमा ८२ देश सामेल भएका छन्, ११९ देश र अन्तर्राष्ट्रिय संस्थाहरूले ग्लोबल सेक्युरिटी इनिसिएटिभलाई समर्थन गरेका छन् र ७८ औँ संयुक्त राष्ट्र सङ्घीय महासभाले सर्वसम्मतिले अन्तर्राष्ट्रिय सभ्यताबिच संवाद दिवस मनाउन चीनले गरेको प्रस्तावलाई पारित गरेको छ ।
व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभहरूको दृष्टिकोण विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्नको लागि एक मात्र सही विकल्प हो । यसले मानव जातिको साझा भविष्य भएको समुदायलाई मार्ग प्रदान गर्नेछ । रियो जी–२० शिखर सम्मेलनमा राष्ट्रपति सीले विश्वव्यापी शासन सुधारको बारेमा एक व्यापक र व्यवस्थित प्रदर्शनी प्रस्ताव गर्नुभयो । सहयोग, स्थायित्व, खुलापन, नवप्रवर्तन र पारिस्थितिकी मित्रताको विशेषता भएको विश्व अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राख्दै उहाँले विश्व अर्थतन्त्र, वित्त, व्यापार, डिजिटलाइजेसन र इकोलोजीमा सुशासनको सुधारका लागि वकालत गर्नुभयो ।
चीनले विश्व शासन प्रणालीको सुधारलाई मार्गदर्शन गर्न खुलापन, समावेशीता, निष्पक्षता र न्यायका सिद्धान्तहरू पालना गर्छ । भविष्यको संयुक्त राष्ट्र सङ्घीय शिखर सम्मेलनदेखि ब्रिक्स र एससीओजस्ता प्लेटफार्महरूमा, चीनले विश्वव्यापी शासनमा विश्वव्यापी दक्षिणी देशहरूको प्रतिनिधित्व र आवाजलाई उच्च पार्छ । चीनले राम्रो र सबैका लागि एआई क्षमता निर्माण कार्य योजना र खुला विज्ञानमा अन्तर्राष्ट्रिय सहयोगको पहल प्रस्ताव गरेको छ । त्यतिमात्र नभई चीनले जलवायु वित्त पोषणको लागि नयाँसामूहिक परिमाणित लक्ष्यलाई स्वीकार गर्न, वैध सरोकारहरूलाई सम्बोधन गर्न र विकासशील राष्ट्रहरूको साझा हितको रक्षा गर्नको लागि भूमिका खेलेको छ । युक्रेन सङ्कट र प्यालेस्टाइन–इजरायल द्वन्द्वजस्ता दबाबका मुद्दाहरूको जवाफमा चीनले राजनीतिक समाधानमा रचनात्मक भूमिका खेल्दै शान्ति र निष्पक्षताको पक्षमा दृढतापूर्वक उभिएको छ ।
चीनले सक्रिय रूपमा सहजीवन र पारस्परिक रूपमा लाभदायक सम्बन्ध निर्माण गर्दै छ जसले साझा समृद्धि र विजयी सहयोगतर्फ डो¥याउँछ । यसको कार्यले स्थायित्व र विश्वास ल्याउँदछ, जुन विश्वभरका देशहरूबिच एकतालाई सुदृढ गर्न र अन्तर्राष्ट्रिय सम्बन्धमा नकारात्मक कारकहरूको प्रतिरोध गर्न अनुकूल छ । मित्रता र विश्वासमा केन्द्रित हुनु र सहयोग तथा पारस्परिक लाभको वकालत गर्नु समयका चुनौतीहरूको बिचमा पनि चीनले विश्व शान्ति र विकासमा महत्वपूर्ण योगदान दिनुका प्रमुख कारणहरू हुन् ।
तृतीय
मानवताको भविष्य धेरै हदसम्म चीनमा निर्भर छ, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चीनको भूमिकाको मान्यता र अपेक्षा व्यक्त गर्दै भन्नुभएको थियो ।
चीनको कम्युनिस्ट पार्टी (सीपीसी) को १८ औँ राष्ट्रिय महाधिवेशनपछिको वैदेशिक मामिलासम्बन्धी कार्यसम्बन्धी पहिलो केन्द्रीय सम्मेलनलाई नोभेम्बर २०१४ मा फर्केर हेरौँ । “चीनले एउटा प्रमुख देशको भूमिकालाई सुहाउँदो कूटनीतिक दृष्टिकोण विकास गर्नुपर्छ,” राष्ट्रपति सीले भन्नुभयो । उहाँले चीनले आफ्नो विगतको अभ्यास र अनुभवलाई समेटेर आफ्नो कूटनीतिक सिद्धान्त र अभ्यासलाई समृद्ध र विकास गर्दै मुख्य चिनियाँविशेषता तथा चिनियाँदृष्टिकोणका साथ कूटनीति सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
एक दशक बितिसकेको छ । उहाँका शब्दहरू अझ हाम्रो कानमा ताजा छन् । त्यसयताको दस वर्षमा चीनले अन्तर्राष्ट्रिय व्यवस्थाको विकास, आर्थिक भूमण्डलीकरणको प्रक्रिया र अन्तर्राष्ट्रिय प्रणालीको रूपान्तरणमा गरेको प्रमुख निर्णयलाई इतिहासले पुष्टि गरेको छ । चिनियाँविशेषतासहितको चीनको प्रमुख देशको कूटनीतिको हरेक पाइलाले ऐतिहासिक प्रगतिको तर्क र समयको प्रवृत्तिलाई पछ्याएको छ । विगत एक दशकमा चीनले मानव जातिको लागि साझा भविष्यको लागि शान्तिपूर्ण विकासको मार्गमा दृढताका साथ अडिग रहेको छ, सबै पक्षहरूसँग जीत–जीत सहयोग विस्तार गरेको छ र अन्तर्राष्ट्रिय निष्पक्षता तथा न्यायलाई कायम राखेको छ र समुदाय निर्माण गर्ने प्रयासमा आफ्ना प्रत्येक गम्भीर प्रतिबद्धतालाई व्यवहारमा उतारिरहेको छ । ‘आत्मविश्वास र आत्मनिर्भरता, खुलापन र समावेशीता, निष्पक्षता र न्याय तथा जीत–जीत सहयोग’ का सिद्धान्तहरू चिनियाँविशेषताहरूसहित चीनको प्रमुख देशको कूटनीतिलाई डिकोड गर्न अन्तर्राष्ट्रिय समुदायका लागि मुख्य शब्द बनेका छन् ।
अनिश्चितता भविष्यको लागि एक सामान्य पूर्वानुमान भएको छ । प्रमुख देशहरूको भूमिका विश्वव्यापी छानबिनमा छ । यो बाँकी विश्वसँगको चीनको सम्बन्धको थप विकास र प्रगतिको नयाँक्षण हो र चीनले आफ्नो प्रगतिसँगै मानव समाजको विकासमा थप योगदान दिने नयाँक्षण हो ।
शान्तिपूर्ण विकासको प्रवद्र्धन गर्ने आफ्नो दृढ प्रतिबद्धतालाई मान्यता दिँदै विश्वको ध्यान फेरि एकपटक चीनमा केन्द्रित भएको छ । ‘चीनलाई बुझ्नको लागि, चिनियाँआधुनिकीकरणलाई अगाडि बढाउन व्यापक रूपमा सुधारलाई अझ गहिरो बनाउने चीनको प्रयासलाई बुझ्न आवश्यक छ ।’ सीपीसीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चिनियाँआधुनिकीकरणलाई अगाडि बढाउन व्यापक सुधारलाई थप गहिरो बनाउने योजनाबद्ध योजना बनाएको छ, जसले विश्वका लागि थप अवसरहरू प्रदान गर्नेछ । राष्ट्रपति सीले अन्तर्राष्ट्रिय समुदायलाई चिनियाँआधुनिकीकरणको कथा स्पष्टरूपमा सुनाउनुभयो ।
‘फ्रान्सेली फार्मदेखि चिनियाँ डाइनिङ टेबलसम्म,’ ‘चान्केदेखि सांघाईसम्म,’ ‘चीन–युरोप मालवाहक रेल सेवाले जर्मनीमा १००,००० आँै ट्रेन आइपुग्दा कोसेढुङ्गा पार गर्यो’ । यी अन्तर्राष्ट्रिय समाचार शीर्षकहरू खुला चीनको लागि जीवन्त फुटनोटको रूपमा काम गर्छन् । चीनले उत्पादन क्षेत्रमा विदेशी लगानीकर्ताहरूका लागि बजार पहुँच प्रतिबन्धहरू हटाएको छ, सबै कम विकसित देशहरूसँग कूटनीतिक सम्बन्ध शतप्रतिशत ट्यारिफ लाइनको लागि शून्य–शुल्क उपचार, लगातार सात वर्षसम्म चाइना अन्तर्राष्ट्रिय आयात एक्सपोको आयोजना गरेको छ र विस्तार गरेको छ । यसको भिसा–मुक्त नीतिहरूले ‘चीन भ्रमण’ लाई विश्वव्यापी प्रवृत्ति बनाएको छ । एकपक्षीयता र संरक्षणवादको अस्वीकृतिविरूद्ध चीनले विश्वका लागि आफ्नो ढोका फराकिलो खोल्दै छ ।
चीनले इजिप्ट, पूर्वी टिमोर र पेरूलगायतका देशहरूसँग बेल्ट एन्ड रोड सहयोग योजनामा हस्ताक्षर गरेको छ र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र ब्राजिलको विकास रणनीतिहरूबिच समन्वय स्थापित गरेको छ । बीआरआई, समृद्धिको बाटो, फराकिलो हुँदै गइरहेको छ । १५५ देशको शान्ति र विकासको आकाङ्क्षालाई एकै ठाउँमा ल्याउँदै, अन्त्यसम्म एउटै खाकामा अडिग रहँदै एकपछि अर्को कार्यकालमा कडा परिश्रम गर्दै स्तर, अधिक लचिलोपन र स्थिरतासँगै उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यले उच्चस्तरमा विजयी विकासका नयाँठाउँहरू विस्तार गर्न जारी राख्नेछ ।
विश्वको ध्यान फेरि एकपटक चीनमा केन्द्रित भएको छ, जसले सभ्यताहरूबिच आपसी सिकाइलाई प्रवद्र्धन गर्ने आफ्नो अग्रगामी उदाहरणलाई मान्यता दिएको छ । राष्ट्राध्यक्ष सीले जनता–जनताबिचको मित्रतालाई प्रगाढ बनाउन र सांस्कृतिक आदानप्रदानलाई सुदृढ पार्ने कुरामा सधैं ठुलो महत्व दिनुभएको छ । उहाँले अमेरिकी साथीहरू, केन्याली विद्यार्थीहरू, सर्बियाली स्टिल कामदारहरू र विभिन्न देशका अन्य मित्रवत व्यक्तिहरूका पत्रहरूको जवाफ दिनुभएको छ तथा २०२४ विश्व चिनियाँभाषा सम्मेलन, क्लासिक्सको उद्घाटन विश्व सम्मेलन र परम्परागत चिकित्सासम्बन्धी २०२४ विश्व सम्मेलनजस्ता कार्यक्रमहरूमा बधाई पत्रहरू पठाउनुभयो । मानिसहरूबिचको मैत्रीपूर्ण अन्तरक्रियाका लहरहरू मानव शान्ति र विकासलाई प्रवद्र्धन गर्ने शक्तिशाली शक्तिमा परिणत भइरहेका छन् ।
चीनले सभ्यता, सद्भाव र सहअस्तित्वका सुन्दर अध्यायहरू लेख्न अरूसँग मिलेर काम गर्दै शासन र विकास अनुभवको आदानप्रदानलाई बलियो बनाइरहेको छ । “मैले चिनियाँकाउन्टी, सहर, प्रान्त र केन्द्रीय स्तरमा काम गरेको छु र गरिबी निवारण सधैँ मेरो कामको एक महत्वपूर्ण भाग भएको छ जसमा मैले सबैभन्दा ठुलो प्रयास गरेको छु ।” “यदि चीनले यसलाई बनाउन सक्छ भने, अन्य विकासशील देशहरूले पनि बनाउन सक्छन् । “राष्ट्राध्यक्ष सीले चीनको गरिबी उन्मूलनको कथा विश्वसँग साझा गर्नुभएको छ, जसले अन्य धेरै विकासोन्मुख देशहरूलाई विश्वास र प्रेरणा दिएको छ । १० वर्षअघि प्रकाशित ‘सी चिनफिङः द गभर्नेन्स अफ चाइना’ नामक पुस्तकलाई नयाँयुगमा चीनको सुधार र विकासलाई बुझ्ने ‘सुनौलो कुञ्जी’ र विश्वव्यापी विकासका चुनौतीहरू समाधान गर्ने ‘थिङ्क ट्याङ्क’को रूपमा अन्तर्राष्ट्रिय रूपमा व्याख्या गरिएको छ । गत दशकमा लगभग १८० देश र क्षेत्रहरूमा वितरणको साथ यो महत्वपूर्ण कार्य ४० भन्दा बढी भाषाहरूमा अनुवाद र प्रकाशित भएको छ ।
जब चिलीका राष्ट्रपति गेब्रियल बोरिकले द्विपक्षीय बैठकमा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ बारे चर्चा गर्नुभयो । “चीनबाट हामीले केही पनि असम्भव छैन भन्ने कुरा सिकेका छौँ,” सर्बियाका राष्ट्रपति एलेक्सान्डर भुकिकले भन्नुभयो । विश्वको विकास र प्रगतिको ज्योति बनेको छ, विश्वले स्पष्ट रूपमा देखेको छ कि आजको चीन अन्तर्राष्ट्रिय रूपमा प्रभावशाली, नवीन र नैतिकरूपमा प्रमुख देश बनेको छ । चीनका प्रमुख पहल र विचारहरूलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत र समर्थन गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय चुनौतीहरूलाई सम्बोधन गर्न चीनको सक्रिय सहभागितामाथि बढ्दो रूपमा निर्भर हुँदै गएको छ र चिनियाँआधुनिकीकरणको मार्गले विश्वव्यापीरूपमा थप मान्यता र भावनात्मक प्रतिध्वनि पाइरहेको छ ।
डिसेम्बर १८ मा, पेरूभियन फलफूलले भरिएको सिन साङ्घाई जहाज २३ दिनको यात्रापछि शाङ्घाईको याङ्सान बन्दरगाहमा आइपुग्यो । यसअघि चान्से बन्दरगाहमा चिनियाँडोङफेङ मोटर गाडीको पहिलो खेप आइपुगेको थियो । नयाँसपनाले भरिएको ढुवानी मार्गले दूरी मात्र छोटो पार्दैन बरू नयाँअवसरहरूको ढोका पनि खोल्छ, जसले चीन र विश्वबिचको घनिष्ठ र गहिरो एकीकरणलाई झल्काउँछ ।
सीले चीन पाँच हजार वर्षभन्दा लामो सभ्यता भएको महान् राष्ट्र भएको बताउँदै आफ्नो पुस्ता र नयाँ पुस्ताले चिनियाँराष्ट्रको महान् कायाकल्पका लागि प्रयासरत रहेको बताउनुभयो ।
“हामी आफ्नै विकास मात्र होइन, विश्वका अन्य देशहरूसँग साझा विकास हासिल गर्ने प्रयास पनि गर्छौं । मैले मानवजातिको साझा भविष्य भएको समुदायको निर्माणको प्रस्ताव गरेको छु,” उहाँले भन्नुभयो ।
यो विरासत हो जुन इतिहास र भविष्यको सामना गर्ने घोषणालाई पार गर्दछ । चीनको विकासलाई विश्वव्यापी विकाससँग जोडेर र चिनियाँजनताको हितलाई विश्वभरका जनतासँग मिलाएर चीनले राष्ट्रिय पुनरूत्थानको सपनालाई अघि बढाउँदै मानव विकासका लागि पक्कै पनि नयाँ र ठुलो योगदान दिनेछ ।
(गुओ जिपिङ सन् २००५ मा स्थापना भएको पिपुल्स डेलीको अन्तर्राष्ट्रिय कमेन्टरी स्तम्भ हो ।)
–पिपुल्स डेली अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply