ताथलीमा भिन्तुना ¥याली : समाजवादी क्रान्तिको आधार तयार गर्न जोड
- कार्तिक ७, २०८२
भक्तपुर, २४ पुस । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको आयोजना र निओ फ्युजन स्कूल अफ कम्प्युटरको प्राविधिक सहकार्यमा चारमहिने आधारभूत तथा विशिष्ट कम्प्युटर तालिमको प्रमाणपत्र तथा प्रशंसापत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले महिला नेतृत्वलाई सबल बनाउन तालिमको भूमिका महत्वपूर्ण हुने र तालिमले भोलिको दिन वडाको विकासमा अग्रणी भूमिका रहने बताउनुभयो ।
समाजमा आमूल परिवर्तनको लागि समाजवादी व्यवस्था स्थापना हुनु अनिवार्य हुने धारणा राख्दै उहाँले नेमकिपाका प्रतिनिधिहरूले सङ्घीय संसद् र प्रदेशसभामा निभाउनुभएको भूमिकाबारे प्रकाश पार्नुभयो ।
कार्यक्रमका सभापति एवं चानपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले वडामा निःशुल्क होम नर्सिङ सञ्चालन गरेको र वडाको सम्पूर्ण जानकारी दिने उद्देश्यले मासिक ‘ताथली’ नामक पत्रिका प्रकाशन गरिरहेको जानकारी दिनुभयो ।
वडालाई नमुना बनाउन नमुना बस्तीको शुभारम्भ गरेका छौँ । विषादीयुक्त तरकारी बालीलाई नियन्त्रण गर्न पहल गरेका छौँ, उहाँले भन्नुभयो ।
वडा नं. ९ का सदस्य एवं तालिम संयोजक कमला भारती गिरीले नगरवासीको मागअनुसार तालिम सञ्चालन गरेको र विगत तीन वर्षदेखि तालिमलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले तीन वर्षसम्म तालिम सञ्चालन गर्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै तालिमलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक प्रविना बनमाला, सुमित्रा बोहजु र रंजिता बोहजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply