नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा न्हू दँ ¥याली सम्पन्न
- कार्तिक ६, २०८२
यिनै औँलाले ज्ञान लेख्छन्
यिनै औँलाले ज्ञान लेखाउँछन्
अरुलाई सिकाउने ठुलो सौभाग्य
यिनै प्रिय औँलाले पाउँछन् ।
चित्त नबुझ्दा खबरदारी दिन्छन्
चेतावनीको भारी बोकाउँछन्,
“म मात्र होइन यहाँ अरु छन् !”
देखाई औँलाले यो पाठ घोकाउँछन् ।
प्रश्न उठ्छन् औँलासँगै
औँला हुन्छन् शक्तिशाली
औँलाले नै दिन्छन् सङ्केत
चाहे आसिक चाहे गाली ।
गाली पनि ‘प्रेम’ बन्छ
जब औँला माया गर्छन्
‘प्रेम’ पनि गाली ठान्छन्
जब औँला टेबुल बजार्छन् ।
औँलासँगै औँला ठड्याऊँ
कसैको नाकमा औँला पु¥याऊँ
औँलाले देखाउँदा कुहिन्छ भने
कुप्रवृत्ति फ्याँक्न सारा कुहाऊँ ।
औँला ठड्याई देशप्रेमी बनौँ
मनमा कुरा नराखी भनौँ
भए बाटा गन्तव्यविहीन
सफा, राम्रा बाटा खनौँ ।
Leave a Reply