छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सम्पन्न “साहित्यले मानिसलाई विनम्रता, शिष्टतापूर्वक बोल्ने भाषिक सिप प्रदान गर्छ”
- कार्तिक ९, २०८३
समाजवादउन्मुख व्यवस्था भन्छन्
देखाउने, चपाउने दाँत फरक
रातै बिल्ला बाहिर लगाउँछन्
मन भने काला !
हँसिया हथौडा, सूर्य फहराउँदै
रुखमुनि लम्पसार पर्छन्
जुङ्गामा ताउ लगाउँदै
पश्चिमतर्फ फर्कन्छन् ।
आर्थिक समानताको समाज
रनभुल्लमा पारी
प्राकृतिक स्रोतसाधनहरू
अर्कालाई बेचि हिँड्छन्
शिरमा टोपी झुत्रो
खुट्टामा चप्पल लाउनेहरू
संसद्मा पुगेपछि
काठमाडौँमा महल ठड्याएर
गरिबलाई भुल्दछन् ।
शासक दलका नेता र
भ्रष्ट कर्मचारीहरू ।
सुनकाण्ड, भुटानी शरणार्थी,
ललितानिवास, सार्वजनिक जग्गा काण्ड
काण्डै काण्डका अगुवा छन्
अख्तियार र न्यायदूतहरू पनि
मिलिभगतकै छनोटमा
ठेकेदार दलालहरू सबै
नेता मन्त्रिको पहरेदारमा ।
दण्ड सजाय किन गर्थे र !
अख्तियार अदालतले
बाध्यता छ नि ए हजुर !
नुनको स्वादले
ठुला नै छन् निर्लज्ज
अरुलाई त के छ र !
लाजसरम रत्तीभर छैन
शिर ठाडो पारि हिँड्दछन् ।
समय सान्दर्भिक