नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, २६ पुस । नेपाल कर्मचारी समाज इन्जिनियरिङ कलेज एकाइ समिति भक्तपुरको आयोजनामा स्तालिन र माओ त्सेतुङको जन्मदिवसको अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले वनभोज, सांस्कृतिक अवसर, पारिवारिक भेटघाट, घुमफिरको बेला पनि देश विदेशमा भइरहेको घटनाबारे छलफल गर्नु जरुरी छ भन्नुभयो ।
अन्धविश्वासमा भर नपर्ने र विज्ञानसम्मत जीवन जिउनुपर्नेमा सांसद सुवालले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “मानिसको दुःखको कारण देख्न र छुन्न नसक्ने केही छैन । देशको नीति र नेतृत्व राम्रो भए जनताको दुःख हट्दै जाने हो ।”
सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिको नेतृत्वमा लेनिन र स्तालिन भएकैले १८–२० वषर्मा रुस संसारको दोस्रो ठुलो अर्थतन्त्र भएको सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “चीन, प्रजग कोरिया, क्युवालगायत सामाजिकीकरणलाई जोड दिइएको हुँदा जनताको दुःख हट्दै आएको हो । स्तालिन र माओ त्सेतुङ दुवैले माक्र्स र एङ्गेल्सको शिष्य बनेर सामाजिकीकरणलाई अगाडि बढाउनुभएको हो ।”
सुरुमा पृथ्वी गोलो भएको यथार्थलाई अस्वीकार गरियो । शोषण, अशान्ति, द्वन्द्व, युद्ध हुन नदिन सामाजिकीकरण नै जरुरी छ । तर, सरकारमा पुगेकाहरूले यो यथार्थ नबुझेको हुँदा युद्ध हुने निजीकरण पक्ष लिँदै छन् । सरकारको काम उद्योग–व्यापार गर्ने होइन भनी निजीकरणको पक्ष लिनेहरूले अहिले पनि पृथ्वीलाई चेप्टो ठानेका हुन् । या विज्ञानसम्मत होइन, सांसद सुवालले भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले माओको घरलाई सङ्ग्रहालय बनाइराखेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले भ्रमलाई चिर्न प्रवचन कार्यक्रमको महत्व रहेको छ भन्नुभयो ।
नेपाल कर्मचारी समाज जिल्ला समितिका अध्यक्ष काजीबहादुर पञ्चले स्तालिन र माओको जीवनीबाट कर्मचारीहरूमा अनुशासन, कर्तव्यपालना र पदीय उत्तरदायित्व वहन गर्न ज्ञान प्राप्त हुन्छ भन्नुभयो ।
नेपाल कर्मचारी समाज इन्जिनियरिङ कलेज एकाइ समितिका अध्यक्ष सिद्धिराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुरेन्द्रप्रसाद दुवाल, सरस्वती सिंख्वाल र पुण्यराम स्वंगमिखाले माओ र स्तालिनको योगदानबारे बोल्नुभएको थियो ।
Leave a Reply