भर्खरै :

लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सुरु

लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सुरु

भक्तपुर, २६ पुस । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २० औँ स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा भक्तपुर नगरस्तरीय टेबलटेनिस प्रतियोगिता शुक्रबारबाट सुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर खेलकुद समितिका पूर्वसंयोजक रवीन्द्र खर्बुजाले अग्रजहरूले खेलकुद क्षेत्रमा गरेका योगदानहरूको स्मरण गर्नुपर्ने औँल्याउनुभयो । खेलकुद क्षेत्रमा युवा तथा नयाँ पुस्तालाई आबद्ध गराउन सके सभ्य र सुसंस्कृत समाजको निर्माणमा टेवा पुग्ने भएकोले प्रतियोगीहरू सबैलाई खेलमार्फत उत्कृष्ट प्रतिभा प्रदर्शन गर्न सकोस भनी उहाँले शुभकामना दिनुभयो ।
भनपा २ नम्बर वडाका वडा सदस्य श्यामसुन्दर मातांले सहकारी संस्थाबाट सबै उमेर समूहलाई समेट्ने गरी प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरूले वित्तीय कारोबारका अलावा जीवन उपयोगी घरेलु सीपमूलक तालिम, खेलकुद गतिविधि, भौगोलिक अध्ययन, उद्यमशीलताका तालिम, सांस्कृतिक उत्थानका गतिविधिहरू सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो ।
युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको कार्यक्रममा प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नुभएको थियो । पाँच वटा विभिन्न विधाहरूमा ९६ जना खेलाडीहरू प्रतिस्पर्धी रहेको प्रतियोगितामा २८ वटा विभिन्न सहकारी, विद्यालय र टीम क्लवबाट सहभागिता जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *