भर्खरै :

चिनियाँ समाजवादी क्रान्तिका नेता माओ त्सेतुङ

चिनियाँ समाजवादी क्रान्तिका नेता माओ त्सेतुङ

माओ त्सेतुङ २६ डिसेम्बर सन् १८९३ मा हुनान प्रान्तको साउसान भने गाउँका एक साधारण मध्यम किसान परिवारमा जन्मनुभएको थियो ।
माओ मञ्चु वंशको विरोधमा भएको सन् १९११ को क्रान्तिबाट प्रभावित भई १८ वर्षकै उमेरमा सेनामा भर्ना हुनुभयो ।
कोमिनताङ पार्टीका नेता सनयात सेन मञ्चु वंशको अन्त्यपछि वा सन् १९११ को क्रान्तिबाट चीनको अस्थायी राष्ट्रपति भन्नुभयो । क्रान्ति सकिएपछि माओले विद्यार्थी जीवनमा नै रुस, अमेरिका, बेलायत, फ्रान्स आदि देशको इतिहास, भूगोल अध्ययन गर्नुभएको थियो । उहाँले राजनैतिक दर्शनशास्त्र, डार्विनको ‘जातीय उत्पति’, रुसोको राजनैतिक पुस्तक, प्राचीन ग्रिसका साहित्य, प्राचीन चिनियाँ साहित्य दर्शन, नीतिशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, विश्वको इतिहास अध्ययन गरिसक्नुभएको थियो ।
माओले ४ मई १९१९ को आन्दोलनमा लागेर आफ्नो हृदयको देशभक्तिपूर्ण भावनाको प्रदर्शन गर्नुभयो । ४ मई को आन्दोलन पहिलो विश्वयुद्धमा बेलायत, अमेरिका, फ्रान्स, जर्मन, इटाली तथा अन्य मुलुकहरूको पेरिसमा भएको भेलाबाट विभिन्न देशहरू मिलेर चीनको विभाजन गरी भागबन्डा गरिएको विरोधमा भएको आन्दोलन हो । चीनको हुनानको साङतुङ जापानको भागमा परेको थियो । यसरी साम्राज्यवादी मुलुकले चीनलाई भागबन्डा गरी लुट्न लागेको विरोधमा भएको आन्दोलनबाट चीनमा साम्राज्यवादविरोधी भावनाको विकास भयो र साम्राज्यवादविरोधी आन्दोलन सुरु भयो ।
माओ २१ जुलाई १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो सदस्य बन्नुभयो । माओले १९२४ मै आफ्नै अनुभवले किसानहरूसँग साम्राज्यवाद र सामन्तवादसँग लड्ने जुझारु क्रान्तिकारी भावना देख्नुभयो । उहाँले चिनियाँ क्रान्तिको एक शक्ति किसान क्रान्ति हो भनी बुझ्नुभयो । चिनियाँ क्रान्तिको मुख्य समस्या किसान समस्या हो भन्ने निचोडमा उहाँ पुग्नुभयो । सन् १९२५ मा उहाँले चीनको किसान समस्या, चिनियाँ समाजको वर्ग विश्लेषणबारे लेख लेख्नुभयो । उहाँ किसान क्रान्तिमा अग्रसर हुनुभयो ।
माओले सन् १९२६ मा हुनान किसान आन्दोलनलाई उठाउनुभयो । उहाँले गुप्त सङ्गठन गर्नुभयो । उहाँले करोडौँ किसानहरूलाई हुनानको आन्दोलनमा सरिक गराउनुभयो । सामन्त, जालीफटाहा र शोषकहरूविरुद्ध खेत, खलियानमा हमला गरियो । शोषक, जालीफटाहाहरूलाई कागजको टोपी लगाई गाउँ घुमाइयो । मोहियानी हक, कम ब्याजदर कायम गरी पुराना रीतिरिवाजमा सुधार गरियो । गाउँको पुल पुलेसो, खानेपानीजस्ता निम्नत्तम आधारभूत क्षेत्रमा सहयोग गरियो । हुनानको किसान आन्दोलनले चीनको क्रान्तिको शक्ति किसान वर्ग हो भन्ने सन्देश दियो । उहाँले प्रतिक्रियावादी, साम्राज्यवादी, पिछलग्गू शक्तिसँग जुध्न सशस्त्र सङ्घर्षलाई जोड दिनुभयो ।
माओ सन् १९११ को पुँजीवादी राष्ट्रिय क्रान्तिको नेतृत्व गर्न कोमिनताङ पार्टी वा चीनको सरकारसँग संयुक्तरूपमा सङ्घर्ष अघि बढाउँदै साम्राज्यवादी शक्तिलाई हराउनुपर्दछ, देशबाट लखेट्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । तर, कति पार्टीका नेताहरू कोमिनताङसँग सहकार्य गर्न चाहनुहुन्नथ्यो । चीनको किसान आन्दोलनको शक्ति र किसानहरूको सशस्त्र शक्ति देखेर साम्राज्यवादी देशहरू बेलायत, जापान, अमेरिकी शक्तिले कोमिनताङ सरकार अर्थात् च्याङकाइशेकलाई चीनको क्रान्तिविरुद्ध लड्न सैनिक सामानहरू सहयोग गर्न थाले । उहानमा सुरु भएको पाँचौँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा चेनतुश्युको नेतृत्वसँग माओले सैद्धान्तिक भिडन्त सुरु गर्नुभयो । चेनतुश्युले माओको किसान क्रान्तिलाई अस्वीकार गरे । उनले जमिनदारहरूको जग्गा जफत गरी किसानहरूलाई वितरण गर्ने जमिनदारी सत्ताको ठाउँमा किसान मजदुरहरूको सत्ता कायम गर्ने र सशस्त्र फौज निर्माण गर्ने नीतिको विरोध गरे । कम्युनिस्ट पार्टीलाई कोमिनताङको पिछलग्गू बनाउने नीति अघि बढाइयो । संसदीय चुनावबाट जाने विचार अगाडि सारियो ।
हुनान किसान विद्रोह, क्यान्टन विद्रोह, नानचाङ विद्रोहजस्ता थुप्रै किसान मजदुरको विद्रोहको शक्ति देखेर च्याङकाइशेकले कम्युनिस्टहरूसँगको संयुक्त मोर्चा जोडेर १ लाख फौज पठाएर ‘क्याङसी’ क्रान्तिकारी कम्युनिस्टहरूको आधार इलाकामा घेरा हाली हमला गरे । च्याङकाइशेकले पाँच स्थानबाट हमला गरेका थिए । शत्रुलाई भित्रसम्म घुस्न दिने र अचानक हमला गर्ने माओको सैनिक रणनीतिले च्याङकाइशेक पछि हट्न बाध्य भयो ।
दोस्रो, तेस्रो र चौथोसम्म क्रान्तिकारी लालसेनाले च्याङकाइशेकको फौजलाई हरायो । पाँचौँ पटक १० लाखभन्दा बढी फौजद्वारा १९३३ मा च्याङकाइशेकले घेरा हाली आक्रमण गरे । त्यस आक्रमणमा सैनिक रणनीतिको प्रयोग नगरी प्रत्यक्ष प्रत्याक्रमणमा तत्कालीन नेतृत्व युद्धमा सामेल भयो । लालसेनाको ठुलो पराजय भयो । अन्ततः सैनिक रणनीतिको गलत प्रयोग या आफ्नो शक्ति दम्भले लालइलाका छोड्नु प¥यो । ८० हजारको लालसेना ३० हजारसम्म बाँकी रह्यो । तत्पश्चात् शत्रु कमजोर भएको स्थानबाट पछाडि हट्नुप¥यो ।
चुइन सम्मेलनमा वाङमिङको खोटो विचारले क्रान्तिकारी शक्तिले हार खानुपरेको विषयमा छलफल भयो । वाङमिङको नेतृत्वको ठाउँमा माओ अध्यक्ष चुनिनुभयो । १९३५ सेप्टेम्बरमा हुनान र हुपेइको लालइलाकाबाट माओको नेतृत्वमा लामो हिँडाइ सुरु भयो ।
जापानी साम्राज्यवादले उत्तर चीनको इलाकामा आक्रमण गर्न थालेपछि चीनको राष्ट्रिय अस्तित्वमाथि खतरा देखिन थाल्यो । उत्तर चीनमा जापानी आक्रमणको विरोधमा ९ डिसेम्बर १९३५ मा पेइचिङमा विश्वविद्यालयका विद्यार्थीहरूद्वारा विशाल जुलुस प्रदर्शन गरी विरोध गरियो । ‘गृहयुद्ध बन्द गर’ र ‘जापानी साम्राज्यवादविरुद्ध सबै एक हौँ’ भन्ने नारा देशभर उठ्यो ।
जापानी साम्राज्यवाद चीनमाथि पूर्ण उपनिवेश कायम गर्ने उद्देश्यसहित टोकियोले आक्रमण थालेपछि चीनमा एउटा राष्ट्रिय सङ्कट देखियो । यसको प्रतिरोध गर्न माओले मजदुर, किसान, निम्न पुँजीपतिवर्ग, राष्ट्रिय पुँजीपतिवर्गसँग मिलेर एक राष्ट्रिय संयुक्त मोर्चा निर्माण गर्ने घोषणा गर्नुभयो ।
१९३७ मा कोमिनताङ पार्टीको च्याङकाइशेकसँग कम्युनिस्ट पार्टीबिच सम्झौता भयो ।
गृह युद्ध बन्द भयो र जापानी साम्राज्यवादसँग संयुक्त प्रतिरोध युद्ध सुरु भयो ।
१९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले अनुबम खसाल्यो । जापानले प्रथम विश्वयुद्धमा आत्मसमर्पण ग¥यो ।
१० अक्टोबर १९४५ मा चुङकिङमा कोमिनताङसँग चिनियाँ कम्युनिस्टका माओ त्सेतुङ र चाउएनलाईसमेतको टोलीले वार्ता ग¥यो । त्यसबेला ल्युसाव चिले सिङ्गो कम्युनिस्ट पार्टीलाई संसदीय प्रजातान्त्रिक चुनावबाट नयाँ परिवेशमा अगाडि जाने विचार अगाडि सार्नुभयो । तर, माओले प्रजातान्त्रिक संसदीय चुनावबाट पुँजीवादी व्यवस्थामा आत्मसमर्पण गर्ने खोटो विचारबारे १९३९ मै नयाँ जनवाद वा नौलो जनवादबारे लेख लेखेर स्पष्ट पारिसक्नुभएको थियो ।
१९४५ को चुङकिङ चिनियाँ कम्युनिस्ट पार्टीसँग भएको सम्झौता च्याङकाइशेकले अमेरिकी साम्राज्यवादको उक्साहत तथा सहयोगमा तोडे । माओले च्याङच्याङको सरकारलाई समाप्त पार्न लालसेनालाई आदेश दिनुभयो । कोमिनताङको राजधानी नाङकिङ २३ अप्रिलमा कब्जा गरियो ।
१ अक्टोबर १९४९ मा अध्यक्ष माओले पेचिङको थेन आन– मेन चोकबाट चीनमा प्रजातान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गर्नुभयो ।
९ सेप्टेम्बर १९७६ मा सर्वहारावर्गका महान् गुरु, चिनियाँ जनताका महान् नेता माओ त्सेतुङको देहावसान भयो ।
चीनमा १९४९ क्रान्ति सम्पन्न भएपछि चिनियाँ सरकारले क्रान्तिकारी भूमिसुधार, १९५९ देखि पञ्चवर्षीय योजनासहित कृषि सहकारी खेती, समाजवादी खेती गरी आधुनिक कृषिको विकासमा अग्रणी भूमिका खेल्यो । विशाल ग्रामीण इलाकाका व्यक्तिहरूलाई समाजवादी सिद्धान्तअनुसार हरेक व्यक्तिको कामअनुसार ज्यालाको बन्दोबस्त गरिएको थियो  । उद्योग, कलकारखाना, फलाम, इस्पातजस्ता औद्योगिक उत्पादन, यातायात, स्वास्थ्यको विकासका पूर्वाधार अगाडि बढिसकेको थियो ।
विज्ञान र प्रविधि विकासमा १९५६ देखि १९६७ सम्मको योजनाअनुरूप विकासका योजनाहरू अगाडि सारिएको थियो ।
अक्टोबर १९६४ मा चीनले पहिलो पल्ट आणविक हाइड्रोजन बम परीक्षण सफलतापूर्वक सम्पन्न ग¥यो । १९८२ मा चीनले अन्तरिक्ष यान प्रक्षपेण गर्न सफलता प्राप्त ग¥यो । यसमा विज्ञान प्रविधिको विकासको प्रमुख स्थान रहेको पुष्टि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *