जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
सौर्यमण्डलमा पृथ्वीको सबैभन्दा नजिकको ग्रह चन्द्रमा हो । नासाका अनुसार चन्द्रमा पृथ्वीबाट करिब तीनलाख ८४ हजार तीनसय ९ किलोमिटरको दूरीमा रहेको छ । यसको धरातल असमथर छ । चन्द्रमाले पृथ्वीको वरिपरि परिक्रमा गर्दछ । यसले पृथ्वीको धेरै कुरामा प्रभाव पारेको हुन्छ । चन्द्रमाले २७ नक्षत्रलाई घुम्दा लाग्ने समय एक नक्षत्र मास हो । सूर्यलाई पृथ्वीले घुम्दा र पृथ्वीसँगै चन्द्रमाले पनि घुम्दा चन्द्रोदय दैनिक करिब एक घण्टा ढिलो हुँदै जान्छ र यसलाई सौर्य पात्रोमा सूर्यसँगको चन्द्रमाको दिन र सूर्यदेखि सिधा रेखामा चन्द्रमाको दिनसँग दबबिलअभ गरिएको हुन्छ, जुन औँसी र पूर्णिमाको तिथि हो ।
ज्योतिषशास्त्रले चन्द्रमालाई मन कारक ग्रह मानिन्छ । चन्द्रमाको गुरुत्वको प्रभाव हामीले प्रत्यक्ष महसुस पनि गरिरहेका हुन्छौँ । चन्द्रमालाई जल कारक ग्रहको रूपमा प्रस्तुत गरिएको छ भने मन कारक भएकोले हाम्रो मानसिक स्थितिलाई सन्तुलन गरेको हुन्छ । पूर्णिमा र औँसीको दिन चन्द्रमा पृथ्वीको नजिक रहने भएकोले यी दिनका आसपासमा समुन्द्रमा ज्वारभाटा जाने, मानसिक बिमारीहरू बढ्ने, रक्तचापका बिमारीहरू देखिने आदि हुन्छ । मानसिक सन्तुलन कायम राख्न वा प्रकृतिको प्रभाववाट बच्नको लागि नै हाम्रो विभिन्न पर्व र चाडवाडहरू औँसी र पूर्णिमा आसपासको तिथिमा मानिन्छ । त्यस्तै, पूर्णिमा तिथिमा मान्ने एक पर्व हो, श्री स्वस्थानी व्रतकथा । यो व्रत कथा पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्मको अवधिमा वाचन र श्रवण गरिने गरिन्छ । श्री स्वस्थानी व्रतकथा नेपालको मौलिक तथा धार्मिक साहित्य हो । यो व्रत नेपालको राजधानी काठमाडौँ उपत्यकाका नेवार समुदायमा लोकप्रिय छ ।
श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठिन व्रतको पर्व हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकोले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ । यसको लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । त्यसैले यो पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्छ ।
श्री स्वस्थानी व्रतकथाको महात्म्य शाक्ततन्त्रको परम्परासँग विकसित हुन गएकोले यसलाई पृथकरूपले हेर्नु आवश्यक छ । नेपालमा लिच्छवि शासनकालमा मानदेवको समयदेखि नै शक्तिलाई आफ्नै इष्टदेवता मान्ने र उनका प्रसादले सम्पूर्ण कार्य गर्ने देवीहरूका मूर्ति प्रतिष्ठित गर्ने परम्परा रहेको पाइन्छ । शाक्तधर्मको स्वर्णयुग नै मल्लकाल हो । पुराणहरूमा नेपालका अनेक शक्ति पीठहरूको वर्णन छ । सतीदेवीको गुह्यपतन भएकाले गुह्येश्वरी नामले नेपालमा शक्तिपिठ स्वरूपले रहेको चर्चा पाइन्छ । स्कन्द पुराणको केदारखण्डअन्तर्गत पर्ने स्वस्थानी कथामा यसको अझ व्यापक चर्चा छ । तन्त्रहरूमा पनि नेपाललाई महामाया नगरी भनिएको पाइन्छ ।
हिन्दू शास्त्रअनुसार विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधि ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्गे पनि गुरु स्वरूप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरी दिनुभयो । माता पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री) माताको व्रत फलस्वरूप महादेव स्वामी पाइन् र गुरु नारायणको आशीर्वादमा कैलाश पाइन् । सोहीअनुरूप अहिलेसम्म गुरु श्री श्री श्री माधवनारायणलाई साक्षी राखी यो व्रत निरन्तररूपमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिँदै आएको पाइन्छ । विष्णुको आदेशमा माता पार्वतीको आज्ञाअनुसार तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तऋषि एवं पाताललोकमा अश्वस्थामा ऋषिलाई पार्वती माताले पठाउनुभएको थियो ।
स्वस्थानी भनेको शैव र वैष्णव कथाहरूको मिश्रण हो । यसमा विभिन्न पुराणका कथाका सारांशहरू जोडिएका छन् । शिव र विष्णुका कथाहरू जोडेर एउटा मौलिक खालको कथा स्वस्थानी हो । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्दपुराणको केदारखण्डअन्तर्गत माघमाहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
व्रतको प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागतरूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ । (कायस्थ, डा. वीरेन्द्र्रप्रसाद, मल्लकालीन संस्कृति र चाडपर्व पेज १०५)
धार्मिक विश्वास
श्री स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो । हिमालपारिको राज्य भनेर चिनिने मुस्ताङ आजसम्म पनि विभिन्न रहस्य र कौतुहलताले भरिपूर्ण छ । दक्षिण भारतीय एक ब्राह्मण शिव नै पहिलो मुस्ताङ पुग्ने हुन् । जब शिव यस पावन भूमिमा पुगे तब उनी ध्यान मुद्रामा बस्दा, हिमालय पवर्तकी छोरी पार्वतीले उनलाई देखिन् र मनमनै शिवप्रति प्रेम गर्न थालिन् । पछि पार्वतीले आफ्नो पिता हिमालय पर्वतलाई बिहे गरे शिवसँग नै गर्ने अरू कसैसँग पनि नगर्ने भनी विभिन्न व्रत उपासनाका साथै जिद्दी गर्न थालिन् । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । तर, विवाहयोग्य भएपछि पिता हिमालयले विष्णुलाई कन्यादान गरी दिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकोले उनले महादेव पति पाएको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागतरूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ । आखिरमा हिमालय पर्वतले आफ्नी छोरी पार्वतीको बिहे शिवसँग नै गराइदियो । यसरी यो शिव–पार्वतीको विवाह नै विश्वको पहिलो प्रेम विवाहको साथसाथै अन्तर्जातीय विवाह पनि मान्न सकिन्छ । शिव दक्षिण भारतीय ब्राह्मण थिए । जो कालो वर्णका तीखा आँखा चुचो नाक भएका थिए भने पार्वती गोरी थेप्चो नाक परेकी थिइन् ।
व्रत कथा :
स्वस्थानीमा कुमारजी र अगस्त मुनिबिचको संवादको व्रतकथामा पार्वतीले महादेव स्वामी पाउन विभिन्न दान, धर्म, तपस्या गरे पनि तपस्याको फल नपाउँदा एक दिन पार्वतीले बालुवाको शिवलिङ्ग स्थापना गरी स्वस्थानीको व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएका मनका कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो ।
रसातल पातालका नागिनीहरूको पति विदेश गएको र नवराज ब्राह्मण विदेश गएर राजाको सेवा गरेको उल्लेख छ । सत्ययुगदेखि नै यो देशको जनता दुःखको कारण आफ्नो परिवार र जन्मभूमि छोडेर विदेश लागेको यस कथामा वर्णन गरिएको छ । गोमा ब्राह्मणी दुःख हरण भएको र उनका छोरा नवराज राजा भएको घटना समेटिएको र चन्द्रावती लावण्य देशमा नवराज राजाकहाँ जाँदा, डोलेहरूले चन्द्रावती रानीको डोला बिसाएर, अप्सराहरूले स्वस्थानीदेवीको व्रत पूजा गरेको स्थानबाट ढिलो हुँदा नवराज राजा भएको खबरले हौसिएकी चन्द्रावती रानीले स्वस्थानीदेवीको व्रतको प्रसाद थुथु गर्दै मिल्काइदिएकी थिइन् । चन्द्रावती रानीले गरेको दुष्प्रभावको कारणले गर्दा उनी शालीनदी तर्दा डोलेहरूसहित नदीमा खसी धेरै समयसम्म मुढा बनेकी र स्वस्थानीदेवीकै व्रत पूजापछि स्वस्थानीदेवीको व्रतको प्रभावले राजा नवराजलाई उनले भेट्न पाएर सुखपूर्वक जीवन निर्वाह गरेकी थिइन् । बिछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथामा वर्णन गरिएको छ ।
स्वस्थानीदेवीको व्रतकथामा ब्रह्माण्ड सृष्टिको इतिहासदेखि दार्शनिक र धार्मिक गाथाको सवल चित्रण गरिएको छ । आफ्नो कुनै पनि कामनाको पूर्ति गर्न आफ्नै परिवेशका देवदेवीको साधना र आराधना गर्ने शिक्षा यस कथाले दिएको छ । कुनै पनि व्यक्तिले दुःख, धैर्य र सङ्घर्ष नगरी ऐश्वर्य प्राप्त हुँदैन । स्वस्थानीदेवीको व्रतकथाका पात्रहरूको चरित्रले हामीलाई यही कुरा सिकाएको छ ।
सात वर्षकी गोमा र सत्तरी वर्षका शिव शर्माको आध्यात्मिक सम्बन्धबारे स्वस्थानीदेवीको व्रतकथामा हृदयस्पर्शी घटना उभ्याइएको छ । अभिमान र अहङ्कारको शमन गर्ने शिक्षा यस प्रसङ्गले दिन्छ भने गरिब, पीडित, सर्वसाधारण नवराजजस्ता व्यक्ति प्रयत्न र साधनाले राज्यको प्रमुख पदमा पुग्छन् भन्ने पाठ अर्को प्रसङ्गले सिकाउँछ । त्यस्तै, नवराजलाई हात्तीले माला पहिराई राजा बनाएको प्रसङ्ग छ । गोर्खाको लिगलिगेकोटमा दौडमा प्रथम हुनेलाई राजा बनाइन्थ्यो । सिद्धार्थ गौतम बुद्धका पिता सुद्धोधन पनि पटक–पटक छानिए र राजा भएका थिए । (श्री स्वस्थानीदेवीको व्रतकथा)
क्रमशः
Leave a Reply