भर्खरै :

पेन्सन सुधारको विरोधमा बेल्जियमका कामदार जनताद्वारा राष्ट्रव्यापी हडताल

पेन्सन सुधारको विरोधमा बेल्जियमका कामदार जनताद्वारा राष्ट्रव्यापी हडताल

ब्रसेल्स, १ माघ (टेलिसुर) । युरोपेली सङ्घको राजधानीसमेत रहेको देश बेल्जियममा नयाँ सङ्घीय सरकार गठन गरेको गठबन्धनद्वारा प्रस्तावित पेन्सन सुधारको विरोधमा राष्ट्रव्यापी हडताल आह्वान गरिँदा सोमबार बेल्जियमभरि सार्वजनिक यातायात, हवाई यात्रा, विद्यालय र अत्यावश्यक सेवाहरू अवरुद्ध भए ।
राजधानी ब्रसेल्सका ३०,००० भन्दा बढी अग्निनियन्त्रकहरू, शिक्षकहरू र मजदुर सङ्घका सदस्यहरूले सडकहरूमा मार्च गरे । उनीहरूले पेन्सन सुधारलाई ‘पेन्सनमा आक्रमण’ भनी निन्दा गरे, सुधारिएको कामको अवस्था, बढ्दो रोजगारदाता योगदान र पेशाकर्मीहरूको माग पूरा गर्न आह्वान गरे । उनीहरूले कर्पोरेट (पुँजीपतिहरूमाथिको) कर छुटको पनि आलोचना गरे र त्यसले सुधारको नाउँमा कामदारहरूमाथि अनुचित बोझ थप्ने तर्क गरे ।
साझा ट्रेड युनियन मोर्चाले आयोजना गरेको विरोध प्रदर्शन काटेरी मुद्दालगायतका सहमतिका अन्तिम बाधाहरू पार गर्ने प्रयासमा भावी सङ्घीय सरकारको गठबन्धनमा भाग लिन चाहने पाँच दलबिचको वार्ता चलिरहेको बेला भएको हो । युनियनहरूलाई डर छ कि भावी सरकारले ३ अरब युरो बचत गर्न पेन्सन सुधारको नाउँमा पेन्सन कटौतीको सहारा लिनेछ ।
स्थानीय समयअनुसार करिब १०ः०० बजे सुरु भएको ¥याली बेल्जियमको राजधानीको मुख्य सडकहरूमा उत्सवमय वातावरणमा करिब साढे दुई घण्टासम्म चलेको थियो । यद्यपि त्यहाँ छिटफुट प्रहरीसित झडपका घटनाहरू भएका थिए ।
फ्रान्सेली–भाषी सार्वजनिक प्रसारणकर्ता च्त्द्यँ ले ‘ऐतिहासिक’ भनेर वर्णन गरेअनुसार लगभग २५,००० प्रदर्शनकारीहरू फ्लेमिस शिक्षा प्रणालीका शिक्षकहरू थिए ।
आम हडतालले सार्वजनिक यातायात गम्भीररूपमा प्रभावित भएको थियो, प्रमुख सहरहरूबिच तीनमध्ये एउटा मात्र रेल सञ्चालन भएको थियो । ब्रसेल्समा, मेट्रो, ट्राम र बस सेवाहरू निकै कम क्षमता र दरमा चले, जबकि वालोनियामा अधिकांश बस यातायात पूर्णरूपमा निलम्बित भएका थिए । हवाई यात्राले पनि महत्वपूर्ण अवरोधहरूको सामना गर्यो, ब्रसेल्स एयरपोर्टमा लगभग ४० प्रतिशत उडानहरू रद्द भए र चार्लेरोइ एयरपोर्टका सबै उडानहरू दिउँसोदेखि निलम्बित गरिएका थिए ।
फ्ल्यान्डर्सका करिब ४० प्रतिशत प्राथमिक र माध्यमिक विद्यालयहरू बन्द भएकोले शिक्षा क्षेत्रमा ठुलो असर परेको थियो । त्यसबाहेक फोहोर सङ्कलन र हुलाक सेवाहरूले ब्रसेल्स र वालुन ब्राबान्टमा ढिलाइ अनुभव गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *