प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
प्योङयाङ, १५ जनवरी (केसीएनए) । जसरी कोरियाली क्रान्तिले आफ्नो सम्पूर्ण मार्ग तय ग¥यो, त्यसरी नै त्यसले गत वर्ष धेरै कठिनाइ र ठुला परीक्षाको सामना गर्दै अभूतपूर्व प्रगति हासिल ग¥यो ।
परिस्थितिलाई ध्यानमा राख्दै कोरियाली मजदुर पार्टीका महासचिव एवं प्रजग कोरिया राष्ट्रिय मामिला आयोगका अध्यक्ष किम जोङ उनले सम्पूर्ण जनतामा देशभक्तिको जोस जगाएर देशको समृद्धि र जनताको हितका लागि अथक एवं सशक्त सङ्घर्ष र प्रगतिको नेतृत्व गर्नुभयो । गत वर्ष जनवरी १ मा उहाँ म्याङयोङदे स्कूल चिल्ड्रेन्स प्यालेसमा विद्यालयका बालबालिकाले दिएको नयाँ वर्षको प्रस्तुति हेर्न जानुभयो र उनीहरूलाई पितृवत् स्नेह प्रदान गर्नुभयो । भोलिपल्ट उहाँले फार्म मेसिनको प्रदर्शनी हेर्नुभयो र केही दिनपछि नवनिर्मित क्वाङचोन चिकन फार्मको भ्रमण गर्नुभयो । उहाँको यस्तो निरीक्षण भ्रमण वर्षभरि जारी रह्यो ।
उहाँले जनतालाई सकेसम्म चाँडो सभ्य र सुखी जीवन प्रदान गर्न विशाल निर्माण परियोजनाहरूको नेतृत्व गर्ने क्रममा काङडोङ कम्बाइन्ड ग्रीनहाउस फार्म, पहिलेको भन्दा धेरै ठुलो मात्रा र उत्पादन क्षमता भएको हरितगृहको नयाँ पुस्ताको निर्माण गरियो र रिम्हुङ र जोन्वी सडकहरू र आधुनिक ग्रामीण घरहरू देशभर फैलिए ।
उहाँ शब्द वा लेखनबाट मात्र होइन, वास्तविक जीवनमा जनतालाई फाइदा दिनको लागि लाग्नुभयो । उहाँको उत्कृष्ट नेतृत्व र सावधानीपूर्ण चासोले उत्तरी फ्योन्गान, जगाङ र ¥याङगाङ प्रान्तका बाढी प्रभावित क्षेत्रहरूमा र दक्षिण फ्योन्गान प्रान्तको सोङचोन काउन्टीमा क्षेत्रीय विकास २०×१० नीतिको पहिलो संस्थामा समाजवादी परिभूमिलाई जन्म दियो ।
वर्षको अन्त्यतिर, उहाँले देशको पर्यटन उद्योगलाई बढावा दिन खाका उपलब्ध गराउन कोरियाको पूर्वी सागरमा रहेको रमणीय स्थलको रूपमा प्रख्यात म्योङ्सासिम्नीमा रहेको कोरियाली शैलीको तटीय रिसोर्टको भ्रमण गर्नुभयो ।
समग्र राष्ट्रिय अर्थतन्त्रको स्थिर वृद्धि र जनताको कल्याणसँग प्रत्यक्ष रूपमा सम्बन्धित मूर्त उपलब्धिहरू किम जोङ उनको ऊर्जावान नेतृत्वमा सफल भएका छन् ।
गत वर्षको अन्त्यमा सम्पन्न कोरियाको मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको एघारौँ पूर्ण बैठकमा उहाँले नयाँ वर्षमा पनि ठुलो परिमाणमा निर्माण कार्य थाल्नुपर्नेमा जोड दिँदै सन् २०२५ मा प्योङयाङमा ५० हजार फ्ल्याट निर्माण गर्ने बताउनुभएको थियो । ह्वासोङ क्षेत्रमा चौथो चरणको आवास निर्माण, कोम्डोक क्षेत्रमा घर निर्माण सम्पन्न, आवास निर्माण सम्पन्न गरिनुपर्छ । ग्रामीण समुदायमा नयाँ आवास योजनाहरू अगाडि बढेका छन् । विशेषगरी, क्षेत्रीय कायाकल्पको ठुलो कारणलाई गति दिन औद्योगिक र सार्वजनिक सुविधाहरूको निर्माणमा प्रयासहरू चलाउनुपर्ने र सिन्फो सिटी अफशोर फार्मको निर्माणमा प्राप्त अनुभवको आधारमा, एक अपतटीय फार्म हुनुपर्ने उहाँले उल्लेख गर्नुभएको थियो । त्यहाँको परीक्षणको आधारमा अर्को क्षेत्रमा सफलतापूर्वक निर्माण गरिनेछ ।
“जनताका लागि सबै कुरा र उनीहरूमा भर परेर सबै कुरा !” नाराको सही अर्थ व्यवहारमा लागु भइरहेको छ । समय र क्रान्ति र देश र जनताप्रतिको कर्तव्य र जिम्मेवारी बहन गर्दै २०२५ को महान् विजय र गौरवका लागि आम आक्रमणको अग्रपङ्क्तिमा उच्च आत्मविश्वासका साथ साहसी सङ्घर्ष गर्न उहाँले पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई आह्वान गर्नुभएको छ ।
पूर्ण बैठक एक महत्वपूर्ण कोसेढुङ्गा हो जसले राज्यको समृद्धि र जनताको हितको लागि साहस र जोसका साथ हासिल गरेका बहुमूल्य सफलताहरू र सन् २०२५ मा असफल नहुने गरी निरन्तर विकास र सफलताहरू प्राप्त गर्नका लागि सन् २०२४ को जस्तै महिमाले भरिपूर्ण बनाउने दृढ सुनिश्चितता प्रदान गरेको छ ।
हाल कोरियाली जनता बैठकमा तय गरिएका कार्यहरू कार्यान्वयन गर्न एकजुट भएका छन् ।
Leave a Reply