भर्खरै :

चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण

चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण

जिउक्वान, ४ माघ (सिन्ह्वा) । चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ ।
पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२ः०७ मा प्रक्षेपण गरिएको थियो । उक्त स्याटेलाइट लङ मार्च–२ डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो ।
रकेटले दुई अन्य उपग्रहहरू टियानलु–१ र लान्टान–१ पनि बोकेको थियो । यो प्रक्षेपणले लङ्ग मार्च क्यारियर रकेट श्रृङ्ख्ला समावेश ५५६ औँ उडान मिसन कायम भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *