वाग्मती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेमकिपाबाट ढुकुछु र महर्जनद्वारा उम्मेदवारी दर्ता
- पुष २३, २०८२
सुर्खेत, ४ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा सुर्खेत जिल्ला समितिको आयोजनामा पार्टी साहित्यको अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले सचेत मानिसमात्र स्वतन्त्र र सृजनशील हुने भएकोले नेमकिपाले कार्यकर्ता तथा समर्थकको अध्ययन संस्कृतिको विकासमा जोड दिएको बताउनुभयो ।
उहाँले नेमकिपाले इमानदारी तथा सत्यनिष्ठाको राजनीति गरेको भनाइ राख्दै कानुनले दिएको पजेरोलगायत सांसद सुविधा अस्वीकार गरेको बताउनुभयो । उहाँले राजनीति पीडितको नाममा राज्यबाट कुनै सुविधा कोही कार्यकर्ताले नबुझेको भन्दै कानुन बनाएर राज्यको कोषको दुरूपयोगको विरुद्ध नेमकिपाले सङ्घर्ष गरेको बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले गणतन्त्रले नै समस्या समाधान हुन्थ्यो भने १८ वर्षमा कर्णालीका जनताले वास्तविक मुक्ति पाउँथे भन्दै समाजवादी गणतन्त्र स्थापना आवश्यक भएको भनाइ राख्नुभयो ।
उहाँले भारतीय एकाधिकार पुँजी तथा भारतीय विस्तारवादले नेपाललाई उठ्न नदिएको भन्दै २०१८, २०२७, २०४५ र २०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाउनुमा अरु कारण नभएको विचार राख्नुभयो ।
कर्णाली प्रदेश पछाडि पर्नुमा यहाँको शासक राजनीतिक पार्टीका नेताहरूको स्वार्थ तथा कमजोरी भएको भन्दै कर्णालीलाई स्वावलम्बी बन्न नदिएको भनाइ राख्नुभयो । कर्णाली राजमार्गसँगै जुम्लामा लागूऔषध पुगेको भन्दै स्थानीय उत्पादनमा आधारित उद्योगको विकास नभएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव दिनेश खड्गीले हिजोको विद्यार्थी आन्दोलनले आजको पार्टी कार्यकर्ता तयार पारेको भनाइ राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ पुस्तकको अध्ययन अन्तरक्रिया गरिएको थियो ।
नेमकिपा, सुर्खेत जिल्ला अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तुल्सी खड्काले पनि बोल्नुभएको थियो ।
जिल्ला समितिका अक्कल रानाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा तिलक आचार्य, इन्द्रप्रसाद न्यौपाने, गोविन्दनाथ योगी, निरकबहादुर शाही, गणेश खड्का, शेरबहादुर शाही, धनेन्द्र विक, प्रेमकुमार थापा, लालबहदुर थापा, चेतन पौडेललगायतले बोल्नुभएको थियो ।
Leave a Reply