नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
नाचगानको राजधानी, सांस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रम गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।
नेपाल र चीन दुई छिमेकी मित्र देशहरू हुन् । नेपाल र चीनबिचको सम्बन्ध इतिहास जत्तिकै पुरानो छ । नेपाल—चीन दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । सन् १९५५ मा नेपाल—चीनबिच दौत्य सम्बन्ध स्थापना भएको हो । यस अवसरमा नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु हामी सबैको जिम्मेवारी हो । भ्रमण वर्ष सफल पार्न नेपाल—चीनबिच सांस्कृतिक र पर्यटकहरूको आदानप्रदानका गतिविधिहरूमा जोड दिन आवश्यक छ । विश्व सम्पदामा सूचिकृत यस भक्तपुर दरबार क्षेत्रमा नेपाल भ्रमण वर्षको घोषणा र सांस्कृतिक कार्यक्रम तथा ¥याली हुनु पनि त्यसैको एक सिलसिला हो ।
नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्य उच्च हिमालय पर्वतहरू, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थलहरू नेपालमा अवस्थित छन् । राम्रो प्रचारप्रसार नहुँदा नेपालमा पर्यटन क्षेत्रको आशातीत विकास हुन सकेको छैन । पर्यटन क्षेत्रलाई नेपाल सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरू अगाडि बढाएको खण्डमा पर्यटन क्षेत्रबाट पनि देशको अर्थतन्त्रमा ठुलो टेवा पु¥याउन सकिन्छ ।
भक्तपुर मूर्त र अमूर्त सम्पदाहरूले भरिएको नगर हो । यहाँ बा¥है महिना विभिन्न सांस्कृतिक गतिविधिहरू भइरहन्छन् । २०७२ सालको भूकम्पले यहाँका हजारौँ निजी घरहरू र सयौँ सम्पदाहरूमा आंशिक र पूर्ण क्षति पु¥यायो । भक्तपुर नगरपालिकाले विदेशी सहयोगबिना ती क्षतिग्रस्त अधिकांश सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको छ भने अझै कयौँ सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् ।
भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको नगर हो । यहाँ बर्सेनि लाखौँ विदेशी पर्यटकहरूले भ्रमण गर्ने गर्छन् । नेपाल आउने पर्यटकहरूमध्ये करिब २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको तथ्याङ्क छ । भक्तपुर भ्रमण गर्ने पर्यटकहरूहरूबाट भक्तपुर नगरपालिकाले केही प्रवेश शुल्क लिने गरेको छ । त्यसबाट जम्मा भएको रकमबाट नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायत विकास निर्माणमा खर्च गर्दै आएको छ ।
चिनियाँ पर्यटकहरू भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये सङ्ख्यामा दोस्रोमा पर्छ । चिनियाँ सरकारका उच्चपदस्थ पदाधिकारीहरूको नेपाल भ्रमणको सिलसिलामा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन भ्रमण गर्ने गर्नुभएको छ । यसरी मित्र देश चीनका सरकारी उच्च पदाधिकारीहरूलाई समय समयमा स्वागत गर्न पाउँदा हामी भक्तपुरबासीहरू अत्यन्त खुसी छौँ ।
२०७२ सालको भूकम्प, नाकाबन्दीबाट नेपाली जनता पीडामा परेको बेला होस् या विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड – १९ को सङ्कटको घडीमा चीन सरकारले नेपाललाई गरेको सहयोग नेपाली जनताले बिर्सने छैनन् । नेपालीमा एउटा भनाइ छ, सङ्कटको बेला सहयोग गर्नेहरू नै असल मित्र हुन्छन् । नेपाली जनताले चिनियाँ सरकार र जनतालाई असल र भरपर्दो मित्रको रूपमा लिएका छन् ।
चीनकै सहयोगमा बनेका भैरहवा र पोखरा विमानस्थल सुचारु हुन सके नेपालमा आउने चिनियाँ पर्यटकहरू अझ बढ्ने आशा छ । यसबारे नेपाल सरकार र महामहिम चिनियाँ राजदूतज्यूबाट आवश्यक पहल हुने अपेक्षा गर्छौँ ।
अन्त्यमा, ‘नेपाल भ्रमण वर्ष २०२५’ र ‘चिनियाँ नयाँ वर्ष २०२५’ को अवसरमा सम्पूर्ण नेपाली जनता र चिनियाँ जनतालाई हार्दिक शुभकामना र बधाई ज्ञापन गर्दछौँ । यस्तो महत्वपूर्ण कार्यक्रम भक्तपुर नगरपालिका समेतको आयोजनामा गर्ने अवसर प्रदान गरेकोमा नेपाल सरकार र महामहिम चिनियाँ राजदूत छङ सङलगायत सबैलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
(‘नेपाल भ्रमण वर्ष २०२५’ र ‘चिनियाँ नयाँ वर्ष २०२५’ को अवसरमा सांस्कृतिक कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार– सं.)
Leave a Reply