भर्खरै :

बिहेको उमेर घटाउन अनुपयुक्त होला ?

बिहेको उमेर घटाउन अनुपयुक्त होला ?

कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको संसदीय उपसमितिले विवाह गर्ने उमेर १८ वर्ष कायम गर्ने सिफारिस गरेको छ । गत कार्तिक ३० मा विमला सुवेदी, नागिना यादव, पुष्पबहादुर शाह, प्रतीक्षा निवारी, रञ्जुकुमारी झा र शेरबहादुर कुँवर सदस्य रहेको सो समितिले पेस गरेको प्रतिवेदनको आधारमा विवाह गर्ने उमेर घटाएर १८ वर्ष कायम गर्ने प्रस्ताव पेस गरेको थियो । उपसमितिले नागरिकता ऐनमा नागरिकता प्राप्त गर्ने उमेर १६ वर्षको प्रबन्ध र १८ वर्षमा मतदान गर्न पाउने अधिकार भएको हुँदा १८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गर्न आवश्यक रहेको उपसमितिको दाबी रहेको छ । तर, मुलुकी देवानी संहितामा विवाह गर्ने उमेर २० वर्ष रहेको छ । १८ वर्षमा लिभिङ टुृगेदरमा बस्न पाउने तर बिहे गर्न नपाउने तरिका मिलेन भन्ने उपसमितिको तर्क रहेको छ ।
त्यसो त केही वर्ष पहिले बिहेको उमेर १६ वर्षमै हुनुपर्छ भनी तराईका केही जिल्लामा आमा (गृहिणी) हरूले जुलुस नै गरेका थिए; सडक जाम गरेका थिए र जिल्ला प्रशासन कार्यालय घेरेका थिए । कुनै पक्षले कुनै माग राख्नु अनौठो होइन । माग व्यवहारिक छ या छैन, चिन्तन मनन गर्नुपर्छ । कसैले माग राखेको आधारमा उपयुक्त या अनुपयुक्त छलफल नगरी निर्णय प्रक्रियामा जानु मनासिब हुँदैन । १८/२० वर्षको उमेर भनेको पढ्ने सिक्ने उमेर हो, अध्ययन गर्ने समय हो । अध्ययन गर्ने समयमा विवाह हुँदा उनीहरूको पढाइ बिग्रिन्छ । त्यो समयमा रोजीरोटीको बन्दोबस्त हुँदैन; घर व्यवहारका सबै ज्ञान हुँदैन । सानैमा बिहे हुँदा कति बच्चा जन्माउन नसकेर बच्चा र आमाको मृत्यु भएको घटना छ । १६ वर्षमा नेपाली नागरिकता पाउने र विद्यार्थीहरूमा मायाप्रीति बस्न थाल्यो भनेर बिहेको उमेर घटाउन कति वैज्ञानिक र व्यवहारिक छ† लेखाजोखा गर्नैपर्छ ।
२०÷२१ वर्ष पुगेपछि कति समाजमा छोरीको बिहे गराउन गा¥हो हुन्छ भन्ने गृहिणीहरूको गुनासो नभएको होइन । तर, अहिले हिजोको जस्तो समय होइन, समयसँगै परिस्थिति फेरिँदै छ । आज भोलि छोराछोरी पढाइ छोडेर १८ त के २५/२६ वर्षको उमेरमा पनि बिहे गर्न चाहँदैनन् । आमाबुबाले बिहेको निम्ति कर गरे पनि छोराछोरी मान्दैनन् । आज सन्तानले पढाइ र जीवनको महत्व बुझ्न थालेको छ । पहिले पहिले आमाबुबाको धेरै सन्तान हुन्थ्यो । तर अहिले धेरै सन्तान जन्माइँदैन । अहिले बिहे पनि ढिलै गर्छन् । पहिलेको बिहे गर्ने संस्कार, रीतिथितिमा अवश्य सुधार्नुपर्छ । समाजले चाँडै बिहे गराउने काममा प्रेरित गर्नुहुँदैन । त्यसैले बिहेको उमेर १८ वर्षको ठीक छ भन्ने कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य रञ्जु झाको विचार उपयुक्त नहोला कि भन्ने अर्काे थरीको बुझाइ पनि छ । उमेर नपुगी विवाह गर्दा त्यो बालविवाह हुन्छ । कुनै कसैको विचार बसाइ बेमेल भएको आधारमा जवरजस्ती करणीको मुद्दा लागेको होइन । करणीको घटना लिभिङ टुगेदर भएका व्यक्तिहरूसबिच मात्र होइन । यो घटना बालिकामाथि, गृहिणीमाथि पनि भइरहेको खबर बेलाबखत प्रकाशमा नआएको होइन । पारपाचुकेको घटना उमेरको कारण मात्र होइन, दहेज वा दाइजोको कारण भएको देखिन्छ । उमेर बढाउनुपर्नेमा घटाएर जीवन सहज हुने कुरा के सही होला ? अतः हाललाई बिहेको उमेर साबिक नै कायम गर्न उचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *