भर्खरै :

प्यालेस्टिन समर्थक अधिकार समूहद्वारा स्पेनमा इजरायली सेनाविरुद्ध युद्ध अपराधको मुद्दा दायर

प्यालेस्टिन समर्थक अधिकार समूहद्वारा स्पेनमा इजरायली सेनाविरुद्ध युद्ध अपराधको मुद्दा दायर

बार्सिलोना, ६ माघ (प्रेस टीभी) । प्यालेस्टाइन समर्थक वकालत समूह हिन्द रजब फाउन्डेशन (एचआरएफ) ले इजरायली सेनालाई घेरामा परेको गाजापट्टीमा भएको नरसंहारका कार्यका लागि इजरायली सेनालाई जवाफदेही बनाउने प्रयास जारी राख्दै स्पेनको बार्सिलोनामा कानुनी उजुरी दायर गरेको छ ।
बेल्जियममा कार्यालय रहेको एचआरएफले शनिबार एक विज्ञप्तिमा घोषणा ग¥यो कि गिवाती ब्रिगेडका इजरायली सैनिक मोरी केइसरविरुद्ध युद्ध अपराध, अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र गाजामा प्यालेस्टिनी नागरिकहरूलाई निशाना बनाएको आरोपमा उजुरी दर्ता गरिएको छ ।
विज्ञप्तिमा केसरलाई ‘सार्जेन्ट ए’ भनेर उल्लेख गर्दै सङ्गठनले भन्यो, “सार्जेन्ट ए र उसको प्लाटुनको कार्यले अन्तर्राष्ट्रिय मानवीय कानुनको व्यवस्थित उल्लङ्घन, नागरिक र संरक्षित पूर्वाधारलाई लक्षित गरेको छ ।”
उजुरीमा इजरायली सेनामाथि ‘नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराध’ को आरोप पनि लगाइएको छ ।
एचआरएफले जनवरीदेखि मार्च २०२४ सम्म सार्जेन्ट ए को ‘अपराध’ को व्यापक प्रमाण उद्धृत गरेको छ, जसमा गाजामा एक नागरिक भवनलाई सैन्य उद्देश्यको लागि प्रयोग, गाजा सहरमा स्पष्टरूपमा चिन्हित संयुक्त राष्ट्र सङ्घीय विद्यालयमा हमला गर्नको लागि एक ग्रेनेड लन्चरको उपयोगसमेत उल्लेख छ । खान युनिस सहरमा दुईवटा नागरिक घर भत्काएको र उनका सहकर्मीहरूले खुसी मनाउँदै नागरिक घरहरूमा अन्धाधुन्ध गोली प्रहार गरेको अपराध पनि उल्लेख छ ।
सार्जेन्ट ए को प्लाटुनले गाजामा जबरजस्ती नागरिकहरूलाई विस्थापित गरेको सङ्गठनले जनाएको छ ।
“हिन्द रजब फाउन्डेसन स्पेनी अधिकारीहरूसित सार्जेन्ट एलाई छानबिन गरी हिरासतमा लिएर तुरुन्तै कारबाही गर्न आग्रह गरेको छ ताकि गरिएको अत्याचारको लागि जवाफदेहिता सुनिश्चित गर्न सकियोस्,” एचआरएफले भन्यो ।
सार्जेन्ट–ए को प्लाटुनले गाजामा जबरजस्ती नागरिकहरूलाई विस्थापित गरेको सङ्गठनले जनाएको छ ।
पछिल्ला केही महिनाहरूमा, बेल्जियममा आधारित समूहले थाइल्याण्ड र स्वीडेनमा इजरायली सिपाहीहरू, साथै रोममा आईडीएफका प्रमुख मेजर जनरल घासन अलियान, अरूहरू लगायतलाई लक्षित गरी हालैका कार्यहरूसहित धेरै उजुरीहरू दायर गरेको छ ।
प्यालेस्टिनी प्रतिरोधी आन्दोलन–हमासले प्यालेस्टिनी जनताविरुद्धको तीव्र अत्याचारको बदलास्वरूप कब्जा गर्ने निकायविरुद्ध ऐतिहासिक कारबाही गरेपछि इजरायलले अक्टोबर ७, २०२३ देखि आफ्नो क्रूरतापूर्ण निरन्तर गाजामाथि आक्रमण गरेको थियो ।
आक्रमणको क्रममा तेलअभिव शासनले लगभग ४७,००० प्यालेस्टिनीहरूको ज्यान लिएको छ । मृतकमध्ये धेरैजसो महिला र बालबालिकाहरू रहेका छन् । आक्रमणबाट इजरायलले बन्धकहरूको रिहाइ र हमासको ‘उन्मूलन’ लगायतका कुनै पनि घोषित उद्देश्यहरू हासिल गर्न सफल भएन ।
बुधबार, इजरायल हमासको लामो समयदेखिको वार्ता सर्तहरू स्वीकार गर्दै युद्धविराम सम्झौतामा सहमत हुन बाध्य भयो । नोभेम्बरमा, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्वसैन्य मामिलामन्त्री योभ गालान्टलाई ‘मानवताविरुद्धको अपराध र युद्ध अपराध’ को लागि पक्राउ पुर्जी जारी गरेको थियो ।
गत वर्ष, अन्तर्राष्ट्रिय न्याय अदालत (क्ष्ऋव्) ले इजरायललाई दक्षिण अफ्रिकाले दर्ता गरेकोे मुद्दापछि घेराबन्दी गरिएको गाजापट्टीमा ‘आपत्तिजनक नरसंहार’ रोक्न तत्काल कदम चाल्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *