भर्खरै :

दैलेख चामुन्डामा प्रशिक्षण कार्यक्रम

दैलेख चामुन्डामा प्रशिक्षण कार्यक्रम

दैलेख, ६ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा दैलेखले चामुण्डामा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अन्तरक्रिया आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष रोहितले लेख्नुभएको ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारको खण्डन’ पुस्तकको अध्ययन गरेर कार्यकर्ताले आ–आफ्नो विचार राखेका थिए ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले प्रत्येक कार्यकर्तामात्र होइन सदस्यले पनि पार्टीको सिद्धान्त तथा कार्यक्रम र विधानको गम्भीर अध्ययन तथा पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले पार्टीको महाधिवेशनको तयारीको निम्ति सबै सक्रिय हुनुपर्ने बताउनुभयो ।
पार्टीका पूर्व केन्द्रीय सदस्य उदयजंग शाहीले पार्टी साहित्यको अध्ययनले मात्र कार्यकर्तालाई सबल बनाउने धारणा राख्नुभयो ।
नेमकिपा दैलेखका उपाध्यक्ष लक्ष्मीकुमार विकले नेपालमा राजनीतिक परिवर्तनहरू भएको तर मजदुर र किसानको निम्ति तात्विक परिवर्तन नभएको बताउनुभयो ।
समूह छलफलपछि पार्टी चाविनपाका अध्यक्ष निरकबहादुर शाहीले सामन्तवादलाई कमजोर बनाउन किसान आन्दोलन गर्नुपर्छ भन्ने स्टकको विचारअनुसार गतिविधि अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।
नेमकिपा, दैलेखका सदस्य सौरे कामीले कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् भन्नुभयो ।
जिल्ला समितिका अध्यक्ष जगत ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य लवराज ढकाल, शिक्षक नगेन्द्र कार्कीलगायतले प्रस्तुती राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *