भर्खरै :

विकृति तथा विसङ्गति निम्त्याउने छाडा संस्कृतिबाट युवाहरू बच्नु जरुरी

ललितपुर ५, माघ । नेपाल मजदुर किसान पार्टी ललितपुरको आयोजनामा शनिबार ललितपुरमा युवा भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले आर्थिक समानतामा आधारित समाजवादी गणतन्त्र स्थापना नभएसम्म जनताको दुःख नहट्ने उल्लेख गर्दै जनताको प्रजातन्त्र स्थापना गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने पार्टीको दीर्घकालीन लक्ष्य प्राप्तिको निम्ति युवाहरू क्रियाशील हुनु जरुरी रहेको औँल्याउनुभयो ।
उहाँले विकृति, विसङ्गति निम्त्याउने छाडा संस्कृतिबाट युवाहरू बच्नुपर्ने आवश्यकता औँल्याउँदै अध्ययनशील, अनुशासित, देश र जनताप्रति समर्पित युवा शक्तिले मात्र देश र जनताको उन्नति हुने उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले २०८१ फागुन १६, १७, १८ र १९ गते काठमाडौँ उपत्यकामा हुने नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न पार्टीको सन्देश बोकेर युवाहरू जनताको घरदैलोमा पुग्नु जरुरी छ भन्नुभयो ।
भेलाबाट सुवर्ण शाक्यको अध्यक्षतामा नेपाल क्रान्तिकारी युवा सङ्घ ललितपुर जिल्ला समिति गठन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *