भर्खरै :

नेक्राविसंघको आठौं काभ्रे सम्मलेन सम्पन्न

काभ्रे, २० माघ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रेको आठौं जिल्ला सम्मेलन बनेपामा शनिबार सम्पन्न भयो ।  सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले विद्यार्थीहरू हातमा कलम लिएर राजनीतिमा लाग्नुपर्ने बताउनुभयो । माक्र्सवाद बुझ्न मजदुर आन्दोलनको इतिहास अध्ययन गर्नु आवश्यक भएको चर्चा गर्दै उहाँले स·ठन अगाडि बढाउन शत्रु र मित्र चिन्न सक्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले नवउदारवाद आक्रमक पूँजीवाद भएको र शैक्षिक क्षेत्रमा पनि नवउदारवादले प्रभाव पार्दै लगेकोले कामदार वर्गका छोराछोरीले उच्च शिक्षा हासिल गर्न कठिन हुने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले विद्यार्थीहरूले राजनीति गर्नु हुन्न भन्नेहरूले राजनीतिमा गुण्डा, दलाल र ठेकेदारहरूलाई चुनावमा उठाएर जिताएको हुँदा तिनीहरूबाट राजनीति सङलो नहुने बताउनुभयो ।
नेक्राविसङ्घ आठौं जिल्ला सम्मेलन तयारी समिति काभ्रेका संयोजक तारा तामाङको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेमकिपा काभ्रेका सल्लाहकार नारायणबहादुर दुवाल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव सविन ख्याजु,नेमकिपा बनेपा नगर समितिका अध्यक्ष त्रिरत्न साय्मी, नेक्राकिसङ्घ काभ्रेका अध्यक्ष ऋषिराम दुलाल, नेक्राशिसं काभ्रेका दिलमान तामाङ, नेक्रासाँसङ्घका अध्यक्ष सूर्य वाइवा, नेक्राविसङ्घ काभ्रेका सुमन न्यौपाने, होइसल तामाङ र भोला खरेलले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *