प्रजग कोरियाली शिक्षकहरूको १५ औँ राष्ट्रिय सम्मेलनमा छोटो पाठ्यक्रमको अभिमुखीकरण
- भाद्र १९, २०८३
काठमाडौं, १९ माघ । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नयाँ पुस्तालाई समाजवादी विचारमार्फत समाजको जिम्मेवारीका साथै देश र जनताको सेवक बनाउन सकिने बताउनुभएको छ ।
काठमाडौंको टोखामा गणेश इंग्लिस सेकेन्डरी स्कूलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गोसाईले विद्यार्थीहरूलाई सानैदेखि विभिन्न अतिरिक्त गतिविधिमा सहभागी गराई सक्षम पुस्ताको रूपमा अगाडि बढाउन जोड दिनुभयो । उहाँले देशभक्त र क्रान्तिकारी शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहकार्यबाट मात्र सफल विद्यार्थी र सफल नयाँ पुस्ता तयार हुने बताउँदै त्यसतर्फ अगाडि बढ्न सुझाव दिनुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले विद्यार्थीहरूको प्रतिभालाई देश र जनताको सेवामा लगाउनुपर्छ भन्दै नेपालको शिक्षा क्षेत्रमा सबैले पढ्न पाउने व्यवस्था गर्नु असम्भव जत्तिकै छ भन्नुभयो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वडा नं. २ का वडाध्यक्ष सिंहराज श्रेष्ठ, वडा नं. ३ का वडाध्यक्ष, दिपकराज जोशी, मिर्मिरे बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष राजवीर डंगोलले टोखाको शिक्षा क्षेत्रको विकासमा स्कूलको महत्वपूर्ण भूमिका हुने चर्चा गर्नुभयो ।
स्कूलका प्रिन्सिपल विशोक डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्कूल व्यवस्थापन समितिका अध्यक्ष शैलेश डंगोल, शिक्षिका सरिता श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि गोसाईले स्कूलका विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिताका बिजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
Leave a Reply