कम उचाइ अर्थव्यवस्था अर्थात् Low altitude Economy को अवधारणा विश्व अर्थतन्त्रमा नयाँ क्षितिज हो भन्न सकिन्छ, हवाई क्षेत्रमा अवसर र सम्भावनाको विराट या ख¬ला आकाश हो भन्न सकिन्छ । एक हजार मिटरभन्दा कम उचाइमा उड्ने ड्रोन, कार या अन्य प्राविधिक उपकरणको आविष्कारले मानव जीवनलाई अझ सहज र समृद्ध बनाउने निश्चित छ । यातायात, कृषि, औद्योगिक विकास, पर्यटनलगायतका आर्थिक, सामाजिक क्षेत्रमा यो आविष्कारलाई एक किसिमको क्रान्ति नै मान्न¬पर्छ । संरा अमेरिका र इजरायलले मध्यपूर्वको आकाशमा बम वर्षा गरिरहँदा, हवाई क्षेत्रमा ग¬प्तचरी ड्रोन उडाइरहेको यो बेला चीनले हवाई क्षेत्रलाई पनि मानव समाजको सेवा या विकासको स¬न्दर अवसरको रूपमा परिभाषित या उपयोग गर्दै छ । उच्च प्राविधिक विकासलाई मानवसेवामा प्रयोग गर्दै छ । विश्व व्यवस्थामा चीनको यो नयाँ आयाम या अवधारणाबारे पेइचिङ रिभ्यूको डिसेम्बर अङ्कले मिहिन ढङ्गले लेखेको छ । पछिल्लो समय पेइचिङ रिभ्यू, चाइना ट¬डे र समकालीन विश्वका अङ्कहरूमा Low altitude Economy को अवधारणाबारे नछ¬टाई लेखहरू छापिएका छन् । आज यसै विषयमा केही छलफल गरौँ । साथै बुलेटिनका अन्य महत्वपूर्ण विषयमा पनि चर्चा हुनेछ ।
सन् २०२३ मा कम उचाइ अर्थतन्त्रको बजार मूल्य ५ खर्ब ५ अर्ब ९५ करोड य¬आन प¬ग्यो (७० अर्ब अमेरिकी डलर) । वार्षिक रुपमा ३३.८ प्रतिशतले वृद्धि ह¬ँदै छ यसको बजार मूल्य । बजारको खोज प्रतिवेदनअनुसार सन् २०२६ सम्ममा कम उचाइ अर्थतन्त्रको बजार मूल्य १० खर्ब य¬आन (१ खर्ब ३७ अर्ब अमेरिकी डलर) प¬ग्ने प्रक्षेपण छ । सहरी क्षेत्रमा कम उचाइको अवस्था बह¬आयामिक छ । विशेषगरी जनसरोकारका क्षेत्रमा ड्रोन (Drone) को प्रयोग लोकप्रिय छ । अत्यन्त गर्मी मौसममा वर्षा गराउने, हिउँको वर्षा गराउने, हावाको बहाव गराउनेदेखि लिएर उत्सवको बेला रातमा आकाशलाई उज्यालो बनाउने काममा ड्रोनको प्रयोग ह¬ँदै छ । प्राकृतिक प्रकोप, जस्तै आगलागी ह¬ँदा दमकलको काम गर्ने, भूकम्प, बाढी, पहिरोमा धनजनको क्षति न्यूनीकरण गर्ने, मानव जीवन जोगाउने काम यो कम उचाइमा उड्ने ड्रोन या अन्य उपकरणहरूबाट हुन्छ । मानिसले गर्न नसक्ने जोखिमपूर्ण कामका लागि अब रोबटिक ड्रोनहरूको प्रयोग बढ्दै छ । चीनको हकमा सेनचेन, पेइचिङ, साङ्घाई, ग्वाङटोङको क्वानचाउ, च्याङस¬को नाङचिङ प्रान्तमा ड्रोनका नयाँ ४३ वटा बाटाहरू तयार गरिएका छन् । करिब ३ लाख ६० हजार ड्रोनको माग त सन् २०२१ मै थियो । चीनमा सेनचेनले कम उचाइ अर्थतन्त्रको नेतृत्व गर्दै छ भन्दा अतिशयोक्ति हुँदैन । सेनचेन सहरमा मात्र १५६ वटा ड्रोन डेलिभरी रुट बनाइएका छन् २०२३ मा मात्र । सोही वर्ष ५ लाख उडान भएको जानकारी छ । ड्रोनसँग जोडिएका १७०० इन्टरप्राइजेज् छन् जसको उत्पादन मूल्य ९६ अर्ब य¬आन (१३ खर्ब डलर) छ ।
कृषि क्षेत्र अर्थात् कृषिप्रधान प्रान्तहरूलाई यो अवधारणा निकै फलदायी बन्यो । कम उँचाइबाट बिऊ छर्ने, रासायनिक मल छर्ने, किटनाशक औषधी छर्नेलगायतका काम अब ड्रोनले गर्छ । यसले किसानलाई सजिलो भएको छ । किटनाशक औषधी, रासायनिक मलहरू किसान आफैले अस¬रक्षित ढङ्गले खेतमा छनर्¬पर्ने भएर क्यान्सर, फोक्सो, श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्दो छ । यो समस्या समाधानका लागि पनि ड्रोनको प्रयोग निकै सहयोगी माध्यम ह¬न सक्दछ । नेपाल जस्तो कृषिप्रधान देशका लागि यो अन¬करणीय छ । यसले माटो परिक्षण, किटाण¬ र जलवाय¬ परिक्षणमा पनि भूमिका खेल्छ । अनावृष्टि र अतिवृष्टि रोक्ने उपाय पनि हो यो । ठुल्ठुला फाँटमा चक्लाबन्दी खेतीप्रणालीका लागि ड्रोनको सही प्रयोगले उत्पादन वृद्धि ह¬ने, कम जनशक्तिले धेरै उत्पादन गर्न सक्ने आधार बन्छ ।
ग्रामीण क्षेत्रमा ड्रोनले जनस्वास्थ्यमा सेवा पु¥याउँछ । बिरामीका लागि आवश्यक रगतका पोकाहरू ओसार्ने, औषधी र उपचार सामग्री प¬¥याउने, क्लिनिकल जाँचको लागि एउटा अस्पतालबाट अर्को अस्पतालमा बिरामीको दिशा–पिसाब, रगत पठाउनेजस्ता काम ड्रोनको माध्यमबाट सहजै गर्न सकिन्छ । पहाडै पहाडको देश, भौगोलिक जोखिम भएको नेपाल जस्तो देशका लागि यो प्रविधि उपयोगीमात्र होइन सस्तो पनि पर्छ ।
पहाडमा वृक्षरोपणका लागि स–साना बिरुवा पठाउने, गगनच¬म्बी भवनहरूमा आगो निभाउने, जोखिमपूर्ण बाटो निरिक्षण गर्नेजस्ता थ¬प्रै कामलाई ड्रोन या कम उचाइमा उड्ने उपकरणले सघाउँछ । समग्र पर्यटन क्षेत्र, उपभोग क्षेत्र, जनस्वास्थ्य, शिक्षा, यातायात क्षेत्रमा प्रत्यक्ष सेवा मिलेको अध्ययन छ । ट्रेकरहरूका लागि जोखिमपूर्ण यात्रामा ड्रोन बाटा देखाउने साथीमात्र होइन व्यावसायिक भिडियो निर्माणका लागि पनि सहयोगी सिद्ध छ । चीनको करिब ३० प्रान्तहरूमा कम उचाइ अर्थतन्त्र फस्टाएको प्रतिवेदन छ । सन् २०२६ सम्म क्वाङचाउमा मात्र ३ खर्ब य¬आन (४१ अर्ब अमेरिकी डलर) बराबरको उद्योगमा कम उचाइ अर्थतन्त्रले सघाउने प्रक्षेपण छ । पेइचिङले ५ हजार बढी इन्टरप्राइजेज् थप गर्ने योजना बनाएको छ । मानव समाजको सेवा गर्ने उद्देश्यले बनाइएका उड्ने कार या बसहरूको आविष्कार संसारकै निम्ति चमत्कार हो । विज्ञान र प्रविधिमा नयाँ क्रान्ति हो ।
संरा अमेरिकी व्यापार युद्धबारे जानकारी
पेइचिङ रिभ्यूको यो अङ्कभित्र पछिल्लो अमेरिकी व्यापार य¬द्धबारे जानकारी छ । गएको नोभेम्बर २५ मा नवनिर्वाचित संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात ह¬ने वस्त¬मा २५ प्रतिशत करवृद्धिको घोषणा ग¥यो । चिनियाँ वस्त¬मा भने त्यसको पनि थप १० प्रतिशत भन्सार वृद्धिको घोषणा ग¥यो । यसर्थ चिनियाँ वस्त¬मा अन्य क¬नै पनि वस्त¬भन्दा बढी कर लगाइएको छ भन्ने बुझ्न गा¥हो छैन । कर वृद्धि गरेर चीनलाई एक्ल्याउन सकिन्छ या अहित गर्न सकिन्छ भन्ने भ्रमबाट ट्रम्प माथि नउठेको देखिन्छ । चीनलाई छोडेर क्यानडा, मेक्सिको र संरा अमेरिकाको अर्थतन्त्र हेर्ने हो भने ती एक अर्कासँग अन्योन्याश्रित छन् । ट्रम्पले दशकौँ लामो व्यापार सम्बन्धको गाँठो फ¬काउने क¬चेष्टा गरेको देखिन्छ । तथ्याङ्कमा हेर्ने हो भने सन् २०२३ मा मात्र संरा अमेरिकी बजार ७५ प्रतिशत क्यानेडियाली निर्यातले छोपिएको थियो । ऊर्जा, कृषि, काठको मामिलामा विशेषगरी क्यानडानिर्भर छ संरा अमेरिकी बजार । त्यसकारण, अमेरिकी भन्सार दर वृद्धि स्वयम् अमेरिकी आर्थिक विकासमा अवरोध बन्ने निश्चित छ । मेक्सिकोको मामिला अझ संवेदनशील छ । करिब ८३ प्रतिशत वस्त¬ संरा अमेरिका निर्यात गर्छ मेक्सिकोले । अटोमोबाइल, इलेक्ट्रोनिक्स् र कृषिजन्य वस्त¬मा संरा अमेरिका मेक्सिकोनिर्भर छ भन्दा फरक पर्दैन । यो करवृद्धिले उत्तर अमेरिकामा नस¬ल्झिने व्यापार कचिङ्गल निम्तिने विज्ञहरूले भनाइ छ । अमेरिकाको घरेल¬ बजार प्रभावित बन्दै छ । अर्थशास्त्रको नियमान¬सार भन्सार या करको भार अन्ततः जनताको टाउको पर्न जान्छ । उत्पादक, व्यापारी, व्यवसायीबाट उपभोक्तामा कर सर्छ । सन् २०१६ तिर ट्रम्पले चीनविरुद्ध स¬रु गरेको व्यापार य¬द्धको घाउ प¬रिएको छैन अझ नयाँ नयाँ व्यापार कचिङ्गल झेल्न सक्ने स्थितिमा छैनन्, अमेरिकी जनता । फर्केर हेर्दा, अमेरिकाले चिनियाँ आयात रोक्दा अमेरिकामा म¬द्रास्फिति आकासिएको थियो, अमेरिकी जनताको क्रयशक्ति स्वाट्टै घटेको थियो । ट्रम्पको पछिल्लो अविवेकी निर्णयले उत्तर अमेरिकालाई विश्वव्यापी औद्योगिक घेरा या चक्रबाट अलग्याउने स्थिति देखिन्छ । चीन, मेक्सिको र क्यानडामात्र होइन अधिकांश निर्यात निर्भर अर्थतन्त्रका देशहरू ट्रम्पको घोषणाबाट निष्क्रिय छन् । यसले विश्वअर्थतन्त्र प्रभावित मात्र होइन जोखिमको स्थितिमा प¬ग्ने अन¬मान छ । विश्वव्यापी क्रयशक्ति र लगानी घट्नेछ ।
संरा अमेरिकाले विश्वव्यापार सङ्गठनको व्यापार नीतिविरुद्ध काम ग¥यो । आज डब्लूटीओमाथि प्रश्न उठ्दै छ । व्यापार कर वृद्धिलाई एकपक्षीय विश्वको निम्ति हतियार बनाउन खोजिएको हो भने गलत हो भन्ने आवाज उठ्दै छ । विश्वव्यापी रूपमा लाग¬ ह¬ने व्यापार नियम संरा अमेरिकाको निम्ति पनि उत्तिकै जिम्मेवारीको विषय हो । कर वृद्धिको काइदाले कस्को भलो होला ? वास्तवमा चिनियाँ वस्त¬माथि थप करवृद्धि गर्ने ट्रम्पको निर्णयबाट अमेरिकी उद्योग व्यवसायीहरू आत्तिएका छन् । माइक्रोसफ्ट, एचपी, डेललगायतका कम्पनीहरूको लागि आवश्यक कच्चापदार्थ, कार्यक्रम, पूर्वाधार सबै चीनबाट आयात ह¬न्छ । पछिल्लो ५÷७ वर्षको अन¬भवका आधारमा भन्ने हो भने संरा अमेरिकी व्यापारी र उपभोक्ताहरू व्यापार य¬द्धको वास्तविक मारमा परेका छन् । अमेरिकी कम्पनीहरू चीनको कच्चा पदार्थबिना बन्द ह¬ने अवस्थामा छन् । लागत, प्रतिस्पर्धा र बजारको आधारमा पनि संरा अमेरिकी व्यापारीलाई चीनसँगको सौहार्द सम्बन्ध आवश्यक छ । डलर प्रभ¬त्व अर्को विश्वव्यापी समस्या हो । व्यापार य¬द्धबाट चिनियाँ अर्थतन्त्रमा सा¥है ठूलो असर पर्ने अमेरिकी विज्ञहरूको अन¬मान भने गलत साबित भयो । पछिल्लो समय चीन संरा अमेरिकी व्यापार २.३ प्रतिशतले वृद्धि भइरहेको तथ्याङ्क छ । चीनले व्यापार य¬द्धको असर कम ह¬ने उपाय खोजी ग¥यो । सन् २०१६ यता विश्वमा चिनियाँ निर्यात ७.२ प्रतिशतले वृद्धि ह¬ँदा संरा अमेरिकासँग २.८ प्रतिशतले वृद्धि भयो । क¬ल व्यापारको जम्मा १४ प्रतिशत हो यो । यसले विश्वमा चिनियाँ वस्त¬को बढ्दो मागलाई प¬ष्टि गर्छ । संरा अमेरिका छैन भने विकल्पमा बाँकी विश्व छ भन्ने देखाउँछ । विश्व बजारमा चीन सदैब असल विकल्प या साथीको रूपमा उभिएको छ । चीनको औद्योगिक विकास, उपभोक्ता बजार, कम उत्पादन लगत लोकप्रिय छ । संरा अमेरिकाको आक्रमक कर नीतिले स्वयमको अर्थतन्त्र खतरामा पर्ने सम्भावना बढ्दो छ ।
बीआरआई (Belt and Road Initiative) बारे केही जानकारी
पेइचिङ रिभ्यूको यो अङ्कले बीआरआईबारे महत्वपूर्ण जानकारी दिन्छ । बीआरआईलाई उच्च ग¬णस्तरको विकास सहकार्यका रूपमा अघि बढाउने चीनको योजना छ । विश्वको आर्थिक सामाजिक पक्ष विकासमा योगदान र भूमिकाको नाम नै बीआरआई हो । पछिल्लो समय बीआरआईबारे पश्चिमले निकै गलत प्रचारबाजी ग¥यो । बीआरआईलाई भूराजनीतिक किचलोसँग जोड्यो, ऋणपासोसँग त¬लना ग¥यो, सैन्य रणनीतिको रुपमा अथ्र्यायो । वास्तवमा बिआरआई विश्व मानव समाजको साझा भविष्य निर्माणमा केन्द्रित छ । यसमा पूर्वाधार विकास, निर्माण र सभ्यतासम्मका क¬रा छन् । पश्चिमले जति रोक्न खोजे पनि हालसम्म बीआरआई दस्ताबेजमा १५० वटाभन्दा बढी देश र ३० वटाभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठनहरूले हस्ताक्षर गरिसकेका छन् । सन् २०२३ को तथ्याङ्कअन¬सार चिनियाँ कम्पनीहरूले बीआरआईमा संलग्न देशमा मात्र १७००० वटा इन्टरप्राइजेज खडा गरिसकेका छन् । जसमा प्रत्यक्ष लगानी ३ खर्ब ३० अर्ब अमेरिकी डलर नाघिसकेको छ । देश बाहिरको व्यापार र आर्थिक सहकार्यअन्तर्गत ५ लाख ३० हजार रोजगारी बीआरआई अग¬वाईले सिर्जना गरेको तथ्याङ्क छ । अहिलेको नयाँ भूराजनीतिक अवस्थालाई मध्यनजर गरी उच्च ग¬णस्तरको विकासका लागि देश–देशले ‘साथमा योजना बनाउने, साथमा निर्माण गर्ने, साथमा लाभ लिने’ सिद्धान्त तय भएको छ । ख¬ला, हरित, सफा सहकार्य, उच्च ग¬णस्तर, जनताकेन्द्रित र दिगो विकास बिआरआईको दर्शन हो । वीन—वीन अर्थात् द¬बैलाई लाभ ह¬ने विचारबाट चीन कहिल्यै पर गएको छैन । बरु नयाँ नयाँ महत्वपूर्ण पाइलाबारे छलफल चलायो । बह¬आयामिक क्षेत्र तथा मार्ग सञ्जाल बनाउने, विश्व अर्थतन्त्रलाई उँभो गति दिने, मानिसको जीवनलाई सहयोग प¬ग्ने परियोजना तयार गर्ने, जलवाय¬ परिवर्तनको च¬नौतीविरुद्ध हरित विकासलाई जोड दिने, विज्ञान–प्रविधिको विकाससँगै नयाँ नयाँ वैज्ञानिक एवम् प्राविधिक आविष्कार र अन्वेषणमा सहकार्य गर्ने, जनता जनताबिचको सांस्कृतिक एवम् सभ्यता आदानप्रदानमा जोड दिने, स–साना देशहरूको एकता प्राथमिकतामा राख्ने काम बीआरआईले गर्दछ । त्यो सँगै विश्वको साझा समस्या ऊर्जा, कर, वित्त, प्रकोप, भ्रष्टाचारविरुद्ध लड्ने सहकार्य पनि सम्भव छ भनिएको छ । सारमा बीआरआई विश्व व्यवस्थामा एउटा उज्यालो पाटो हो ।
यी विषयसँगै यो अङ्कमा चीनका आन्तरिकदेखि अन्तर्राष्ट्रिय अर्थतन्त्र, सांस्कृतिक आदानप्रदान, पर्यटनका क¬रा छन् । टाकलामाकन मरुभूमिमा हरियालीको लामो यात्राबारे सानो चर्चा पनि छ । चीनको अर्थ, वाणिज्य, विकासलगायत अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्धबारे जानकारी छ । पेइचिङ रिभ्यूको अध्ययन विश्वव्यवस्थाबारे चासो राख्ने जोकोहीका निम्ति सहयोगी छ ।
Leave a Reply