भर्खरै :

अर्थतन्त्रमा एउटा नयाँ आयामबारे एक छलफल

अर्थतन्त्रमा एउटा नयाँ आयामबारे एक छलफल
कम उचाइ अर्थव्यवस्था अर्थात् Low altitude Economy को अवधारणा विश्व अर्थतन्त्रमा नयाँ क्षितिज हो भन्न सकिन्छ, हवाई क्षेत्रमा अवसर र सम्भावनाको विराट या ख¬ला आकाश हो भन्न सकिन्छ । एक हजार मिटरभन्दा कम उचाइमा उड्ने ड्रोन, कार या अन्य प्राविधिक उपकरणको आविष्कारले मानव जीवनलाई अझ सहज र समृद्ध बनाउने निश्चित छ । यातायात, कृषि, औद्योगिक विकास, पर्यटनलगायतका आर्थिक, सामाजिक क्षेत्रमा यो आविष्कारलाई एक किसिमको क्रान्ति नै मान्न¬पर्छ । संरा अमेरिका र इजरायलले मध्यपूर्वको आकाशमा बम वर्षा गरिरहँदा, हवाई क्षेत्रमा ग¬प्तचरी ड्रोन उडाइरहेको यो बेला चीनले हवाई क्षेत्रलाई पनि मानव समाजको सेवा या विकासको स¬न्दर अवसरको रूपमा परिभाषित या उपयोग गर्दै छ । उच्च प्राविधिक विकासलाई मानवसेवामा प्रयोग गर्दै छ । विश्व व्यवस्थामा चीनको यो नयाँ आयाम या अवधारणाबारे पेइचिङ रिभ्यूको डिसेम्बर अङ्कले मिहिन ढङ्गले लेखेको छ । पछिल्लो समय पेइचिङ रिभ्यू, चाइना ट¬डे र समकालीन विश्वका अङ्कहरूमा Low altitude Economy को अवधारणाबारे नछ¬टाई लेखहरू छापिएका छन् । आज यसै विषयमा केही छलफल गरौँ । साथै बुलेटिनका अन्य महत्वपूर्ण विषयमा पनि चर्चा हुनेछ ।
सन् २०२३ मा कम उचाइ अर्थतन्त्रको बजार मूल्य ५ खर्ब ५ अर्ब ९५ करोड य¬आन प¬ग्यो (७० अर्ब अमेरिकी डलर) । वार्षिक रुपमा ३३.८ प्रतिशतले वृद्धि ह¬ँदै छ यसको बजार मूल्य । बजारको खोज प्रतिवेदनअनुसार सन् २०२६ सम्ममा कम उचाइ अर्थतन्त्रको बजार मूल्य १० खर्ब य¬आन (१ खर्ब ३७ अर्ब अमेरिकी डलर) प¬ग्ने प्रक्षेपण छ । सहरी क्षेत्रमा कम उचाइको अवस्था बह¬आयामिक छ । विशेषगरी जनसरोकारका क्षेत्रमा ड्रोन (Drone) को प्रयोग लोकप्रिय छ । अत्यन्त गर्मी मौसममा वर्षा गराउने, हिउँको वर्षा गराउने, हावाको बहाव गराउनेदेखि लिएर उत्सवको बेला रातमा आकाशलाई उज्यालो बनाउने काममा ड्रोनको प्रयोग ह¬ँदै छ । प्राकृतिक प्रकोप, जस्तै आगलागी ह¬ँदा दमकलको काम गर्ने, भूकम्प, बाढी, पहिरोमा धनजनको क्षति न्यूनीकरण गर्ने, मानव जीवन जोगाउने काम यो कम उचाइमा उड्ने ड्रोन या अन्य उपकरणहरूबाट हुन्छ । मानिसले गर्न नसक्ने जोखिमपूर्ण कामका लागि अब रोबटिक ड्रोनहरूको प्रयोग बढ्दै छ । चीनको हकमा सेनचेन, पेइचिङ, साङ्घाई, ग्वाङटोङको  क्वानचाउ, च्याङस¬को नाङचिङ प्रान्तमा ड्रोनका नयाँ ४३ वटा बाटाहरू तयार गरिएका छन् । करिब ३ लाख ६० हजार ड्रोनको माग त सन् २०२१ मै थियो । चीनमा सेनचेनले कम उचाइ अर्थतन्त्रको नेतृत्व गर्दै छ भन्दा अतिशयोक्ति हुँदैन । सेनचेन सहरमा मात्र १५६ वटा ड्रोन डेलिभरी रुट बनाइएका छन् २०२३ मा मात्र । सोही वर्ष ५ लाख उडान भएको जानकारी छ । ड्रोनसँग जोडिएका १७०० इन्टरप्राइजेज् छन् जसको उत्पादन मूल्य ९६ अर्ब य¬आन (१३ खर्ब डलर) छ ।
कृषि क्षेत्र अर्थात् कृषिप्रधान प्रान्तहरूलाई यो अवधारणा निकै फलदायी बन्यो । कम उँचाइबाट बिऊ छर्ने, रासायनिक मल छर्ने, किटनाशक औषधी छर्नेलगायतका काम अब ड्रोनले गर्छ । यसले किसानलाई सजिलो भएको छ । किटनाशक औषधी, रासायनिक मलहरू किसान आफैले अस¬रक्षित ढङ्गले खेतमा छनर्¬पर्ने भएर क्यान्सर, फोक्सो, श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्दो छ । यो समस्या समाधानका लागि पनि ड्रोनको प्रयोग निकै सहयोगी माध्यम ह¬न सक्दछ । नेपाल जस्तो कृषिप्रधान देशका लागि यो अन¬करणीय छ । यसले माटो परिक्षण, किटाण¬ र जलवाय¬ परिक्षणमा पनि भूमिका खेल्छ । अनावृष्टि र अतिवृष्टि रोक्ने उपाय पनि हो यो । ठुल्ठुला फाँटमा चक्लाबन्दी खेतीप्रणालीका लागि ड्रोनको सही प्रयोगले उत्पादन वृद्धि ह¬ने, कम जनशक्तिले धेरै उत्पादन गर्न सक्ने आधार बन्छ ।
ग्रामीण क्षेत्रमा ड्रोनले जनस्वास्थ्यमा सेवा पु¥याउँछ । बिरामीका लागि आवश्यक रगतका पोकाहरू ओसार्ने, औषधी र उपचार सामग्री प¬¥याउने, क्लिनिकल जाँचको लागि एउटा अस्पतालबाट अर्को अस्पतालमा बिरामीको दिशा–पिसाब, रगत पठाउनेजस्ता काम ड्रोनको माध्यमबाट सहजै गर्न सकिन्छ । पहाडै पहाडको देश, भौगोलिक जोखिम भएको नेपाल जस्तो देशका लागि यो प्रविधि उपयोगीमात्र होइन सस्तो पनि पर्छ ।
पहाडमा वृक्षरोपणका लागि स–साना बिरुवा पठाउने, गगनच¬म्बी भवनहरूमा आगो निभाउने, जोखिमपूर्ण बाटो निरिक्षण गर्नेजस्ता थ¬प्रै कामलाई ड्रोन या कम उचाइमा उड्ने उपकरणले सघाउँछ । समग्र पर्यटन क्षेत्र, उपभोग क्षेत्र, जनस्वास्थ्य, शिक्षा, यातायात क्षेत्रमा प्रत्यक्ष सेवा मिलेको अध्ययन छ । ट्रेकरहरूका लागि जोखिमपूर्ण यात्रामा ड्रोन  बाटा देखाउने साथीमात्र होइन व्यावसायिक भिडियो निर्माणका लागि पनि सहयोगी सिद्ध छ । चीनको करिब ३० प्रान्तहरूमा कम उचाइ अर्थतन्त्र फस्टाएको प्रतिवेदन छ । सन् २०२६ सम्म क्वाङचाउमा मात्र ३ खर्ब य¬आन (४१ अर्ब अमेरिकी डलर) बराबरको उद्योगमा कम उचाइ अर्थतन्त्रले सघाउने प्रक्षेपण छ । पेइचिङले ५ हजार बढी इन्टरप्राइजेज् थप गर्ने योजना बनाएको छ । मानव समाजको सेवा गर्ने उद्देश्यले बनाइएका उड्ने कार या बसहरूको आविष्कार संसारकै निम्ति चमत्कार हो । विज्ञान र प्रविधिमा नयाँ क्रान्ति हो ।
संरा अमेरिकी व्यापार युद्धबारे जानकारी
पेइचिङ रिभ्यूको यो अङ्कभित्र पछिल्लो अमेरिकी व्यापार य¬द्धबारे जानकारी छ । गएको नोभेम्बर २५ मा नवनिर्वाचित संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात ह¬ने वस्त¬मा २५ प्रतिशत करवृद्धिको घोषणा ग¥यो । चिनियाँ वस्त¬मा भने त्यसको पनि थप १० प्रतिशत भन्सार वृद्धिको घोषणा ग¥यो । यसर्थ चिनियाँ वस्त¬मा अन्य क¬नै पनि वस्त¬भन्दा बढी कर लगाइएको छ भन्ने बुझ्न गा¥हो छैन । कर वृद्धि गरेर चीनलाई एक्ल्याउन सकिन्छ या अहित गर्न सकिन्छ भन्ने भ्रमबाट ट्रम्प माथि नउठेको देखिन्छ । चीनलाई छोडेर क्यानडा, मेक्सिको र संरा अमेरिकाको अर्थतन्त्र हेर्ने हो भने ती एक अर्कासँग अन्योन्याश्रित छन् । ट्रम्पले दशकौँ लामो व्यापार सम्बन्धको गाँठो फ¬काउने क¬चेष्टा गरेको देखिन्छ । तथ्याङ्कमा हेर्ने हो भने सन् २०२३ मा मात्र संरा अमेरिकी बजार ७५ प्रतिशत क्यानेडियाली निर्यातले छोपिएको थियो । ऊर्जा, कृषि, काठको मामिलामा विशेषगरी क्यानडानिर्भर छ संरा अमेरिकी बजार । त्यसकारण, अमेरिकी भन्सार दर वृद्धि स्वयम् अमेरिकी आर्थिक विकासमा अवरोध बन्ने निश्चित छ । मेक्सिकोको मामिला अझ संवेदनशील छ । करिब ८३ प्रतिशत वस्त¬ संरा अमेरिका निर्यात गर्छ मेक्सिकोले । अटोमोबाइल, इलेक्ट्रोनिक्स् र कृषिजन्य वस्त¬मा संरा अमेरिका मेक्सिकोनिर्भर छ भन्दा फरक पर्दैन । यो करवृद्धिले उत्तर अमेरिकामा नस¬ल्झिने व्यापार कचिङ्गल निम्तिने विज्ञहरूले भनाइ छ । अमेरिकाको घरेल¬ बजार प्रभावित बन्दै छ । अर्थशास्त्रको नियमान¬सार भन्सार या करको भार अन्ततः जनताको टाउको पर्न जान्छ । उत्पादक, व्यापारी, व्यवसायीबाट उपभोक्तामा कर सर्छ । सन् २०१६ तिर ट्रम्पले चीनविरुद्ध स¬रु गरेको व्यापार य¬द्धको घाउ प¬रिएको छैन अझ नयाँ नयाँ व्यापार कचिङ्गल झेल्न सक्ने स्थितिमा छैनन्, अमेरिकी जनता । फर्केर हेर्दा, अमेरिकाले चिनियाँ आयात रोक्दा अमेरिकामा म¬द्रास्फिति आकासिएको थियो, अमेरिकी जनताको क्रयशक्ति स्वाट्टै घटेको थियो । ट्रम्पको पछिल्लो अविवेकी निर्णयले उत्तर अमेरिकालाई विश्वव्यापी औद्योगिक घेरा या चक्रबाट अलग्याउने स्थिति देखिन्छ । चीन, मेक्सिको र क्यानडामात्र होइन अधिकांश निर्यात निर्भर अर्थतन्त्रका देशहरू ट्रम्पको घोषणाबाट निष्क्रिय छन् । यसले विश्वअर्थतन्त्र प्रभावित मात्र होइन जोखिमको स्थितिमा प¬ग्ने अन¬मान छ । विश्वव्यापी क्रयशक्ति र लगानी घट्नेछ ।
  संरा अमेरिकाले विश्वव्यापार सङ्गठनको व्यापार नीतिविरुद्ध काम ग¥यो । आज डब्लूटीओमाथि प्रश्न उठ्दै छ । व्यापार कर वृद्धिलाई एकपक्षीय विश्वको निम्ति हतियार बनाउन खोजिएको हो भने गलत हो भन्ने आवाज उठ्दै छ । विश्वव्यापी रूपमा लाग¬ ह¬ने व्यापार नियम संरा अमेरिकाको निम्ति पनि उत्तिकै जिम्मेवारीको विषय हो । कर वृद्धिको काइदाले कस्को भलो होला ? वास्तवमा चिनियाँ वस्त¬माथि थप करवृद्धि गर्ने ट्रम्पको निर्णयबाट अमेरिकी उद्योग व्यवसायीहरू आत्तिएका छन् । माइक्रोसफ्ट, एचपी, डेललगायतका कम्पनीहरूको लागि आवश्यक कच्चापदार्थ, कार्यक्रम, पूर्वाधार सबै चीनबाट आयात ह¬न्छ । पछिल्लो ५÷७ वर्षको अन¬भवका आधारमा भन्ने हो भने संरा अमेरिकी व्यापारी र उपभोक्ताहरू व्यापार य¬द्धको वास्तविक मारमा परेका छन् । अमेरिकी कम्पनीहरू चीनको कच्चा पदार्थबिना बन्द ह¬ने अवस्थामा छन् । लागत, प्रतिस्पर्धा र बजारको आधारमा पनि संरा अमेरिकी व्यापारीलाई चीनसँगको सौहार्द सम्बन्ध आवश्यक छ । डलर प्रभ¬त्व अर्को विश्वव्यापी समस्या हो । व्यापार य¬द्धबाट चिनियाँ अर्थतन्त्रमा सा¥है ठूलो असर पर्ने अमेरिकी विज्ञहरूको अन¬मान भने गलत साबित भयो । पछिल्लो समय चीन संरा अमेरिकी व्यापार २.३ प्रतिशतले वृद्धि भइरहेको तथ्याङ्क छ । चीनले व्यापार य¬द्धको असर कम ह¬ने उपाय खोजी ग¥यो । सन् २०१६ यता विश्वमा चिनियाँ निर्यात ७.२ प्रतिशतले वृद्धि ह¬ँदा संरा अमेरिकासँग २.८ प्रतिशतले वृद्धि भयो । क¬ल व्यापारको जम्मा १४ प्रतिशत हो यो । यसले विश्वमा चिनियाँ वस्त¬को बढ्दो मागलाई प¬ष्टि गर्छ । संरा अमेरिका छैन भने विकल्पमा बाँकी विश्व छ भन्ने देखाउँछ । विश्व बजारमा चीन सदैब असल विकल्प या साथीको रूपमा उभिएको छ । चीनको औद्योगिक विकास, उपभोक्ता बजार, कम उत्पादन लगत लोकप्रिय छ । संरा अमेरिकाको आक्रमक कर नीतिले स्वयमको अर्थतन्त्र खतरामा पर्ने सम्भावना बढ्दो छ ।
बीआरआई (Belt and Road Initiative) बारे केही जानकारी
पेइचिङ रिभ्यूको यो अङ्कले बीआरआईबारे महत्वपूर्ण जानकारी दिन्छ । बीआरआईलाई उच्च ग¬णस्तरको विकास सहकार्यका रूपमा अघि बढाउने चीनको योजना छ । विश्वको आर्थिक सामाजिक पक्ष विकासमा योगदान र भूमिकाको नाम नै बीआरआई हो । पछिल्लो समय बीआरआईबारे पश्चिमले निकै गलत प्रचारबाजी ग¥यो । बीआरआईलाई भूराजनीतिक किचलोसँग जोड्यो, ऋणपासोसँग त¬लना ग¥यो, सैन्य रणनीतिको रुपमा अथ्र्यायो । वास्तवमा बिआरआई विश्व मानव समाजको साझा भविष्य निर्माणमा केन्द्रित छ । यसमा पूर्वाधार विकास, निर्माण र सभ्यतासम्मका क¬रा छन् । पश्चिमले जति रोक्न खोजे पनि हालसम्म बीआरआई दस्ताबेजमा १५० वटाभन्दा बढी देश र ३० वटाभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठनहरूले हस्ताक्षर गरिसकेका छन् । सन् २०२३ को तथ्याङ्कअन¬सार चिनियाँ कम्पनीहरूले बीआरआईमा संलग्न देशमा मात्र १७००० वटा इन्टरप्राइजेज खडा गरिसकेका छन् । जसमा प्रत्यक्ष लगानी ३ खर्ब ३० अर्ब अमेरिकी डलर नाघिसकेको छ । देश बाहिरको व्यापार र आर्थिक सहकार्यअन्तर्गत ५ लाख ३० हजार रोजगारी बीआरआई  अग¬वाईले सिर्जना गरेको तथ्याङ्क छ । अहिलेको नयाँ भूराजनीतिक अवस्थालाई मध्यनजर गरी उच्च ग¬णस्तरको विकासका लागि देश–देशले ‘साथमा योजना बनाउने, साथमा निर्माण गर्ने, साथमा लाभ लिने’ सिद्धान्त तय भएको छ । ख¬ला, हरित, सफा सहकार्य, उच्च ग¬णस्तर, जनताकेन्द्रित र दिगो विकास बिआरआईको दर्शन हो । वीन—वीन अर्थात् द¬बैलाई लाभ ह¬ने विचारबाट चीन कहिल्यै पर गएको छैन । बरु नयाँ नयाँ महत्वपूर्ण पाइलाबारे छलफल चलायो । बह¬आयामिक क्षेत्र तथा मार्ग सञ्जाल बनाउने, विश्व अर्थतन्त्रलाई उँभो गति दिने, मानिसको जीवनलाई सहयोग प¬ग्ने परियोजना तयार गर्ने, जलवाय¬ परिवर्तनको च¬नौतीविरुद्ध हरित विकासलाई जोड दिने, विज्ञान–प्रविधिको विकाससँगै नयाँ नयाँ वैज्ञानिक एवम् प्राविधिक आविष्कार र अन्वेषणमा सहकार्य गर्ने, जनता जनताबिचको सांस्कृतिक एवम् सभ्यता आदानप्रदानमा जोड दिने, स–साना देशहरूको एकता प्राथमिकतामा राख्ने काम बीआरआईले गर्दछ । त्यो सँगै विश्वको साझा समस्या ऊर्जा, कर, वित्त, प्रकोप, भ्रष्टाचारविरुद्ध लड्ने सहकार्य पनि सम्भव छ भनिएको छ । सारमा बीआरआई विश्व व्यवस्थामा एउटा उज्यालो पाटो हो ।
यी विषयसँगै यो अङ्कमा चीनका आन्तरिकदेखि अन्तर्राष्ट्रिय अर्थतन्त्र, सांस्कृतिक आदानप्रदान, पर्यटनका क¬रा छन् । टाकलामाकन मरुभूमिमा हरियालीको लामो यात्राबारे सानो चर्चा पनि छ । चीनको अर्थ, वाणिज्य, विकासलगायत अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्धबारे जानकारी छ । पेइचिङ रिभ्यूको अध्ययन विश्वव्यवस्थाबारे चासो राख्ने जोकोहीका निम्ति सहयोगी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *