भर्खरै :

के हुन्छ जब ‘क्यालिफोर्निया ड्रीमिङ’ क्यालिफोर्निया बर्निङ बन्छ ?

के हुन्छ जब ‘क्यालिफोर्निया ड्रीमिङ’ क्यालिफोर्निया बर्निङ बन्छ ?

क्यालिफोर्नियामा ठूलो वनमा लागेको डढेलो बढेर लस एन्जलसको प्यासिफिक पालिसेड्स, सान्ता मोनिका, पासाडेना र अल्टाडेना छिमेकमा फैलिएको एक हप्ता भइसकेको छ । डढेलोले कम्तिमा २४ जनाको ज्यान लिएको छ र ग्रेटर लस एन्जलस क्षेत्रमा ४०,००० एकड जमिनमा क्षति पु¥याएको छ, सम्पूर्ण छिमेकहरूलाई खरानीमा परिणत गरेको छ र १२,३०० भन्दा बढी संरचनाहरू खरानी पारेको छ । सोमबार राति, भेन्चुरा काउन्टीमा अर्को जङ्गलमा आगलागी भयो, जसले सङ्कटलाई अझ तीव्र बनायो ।
दक्षिणी क्यालिफोर्नियामा प्रकोपको दायरा अचम्मको छ । यी सबै प्रतिकूल कारकहरू सबैभन्दा सामान्य समयमा चुनौती हुने गर्छन्, तर लस एन्जलसको आगो निभाउने धेरैजसो सरकारी अयोग्यताको कारणले गर्दा, ती पूर्णतया विनाश भएका हुन् ।
भर्खर गत महिना, लस एन्जलस फायर डिपार्टमेन्टले गुनासो गरेको थियो कि उनीहरूको बजेट १ करोड ७० लाख डलरभन्दा बढीले कटौती गरिएको थियो । त्यसले प्रमुख आपत्कालहरूमा सक्रिय हुने उनीहरूको क्षमतालाई ‘गम्भीर रूपमा सीमित’ ग¥यो । यसबाहेक, लस एन्जलस काउन्टी फायर डिपार्टमेन्टका केही उपकरणहरू युक्रेनलाई रुसविरुद्धको त्यो देशको युद्धलाई समर्थन गर्ने अमेरिकी प्रयासको भागको रूपमा दान गरिएको थियो । क्यालिफोर्नियाका जिम्मेवार राजनीतिज्ञहरू आगो निभाउनमा ठूलो भूमिका खेल्न नसक्ने, मात्र पानीको जलाशय र जङ्गलका भुइँहरू जलाउने काम गर्ने घुसेका मानिसहरूले गरेको हुन सक्ने तर्क गर्छन् । जो संलग्न छन् तिनीहरूले बाहेक शाब्दिक रूपमा कसैले पनि अब के भएको थियो भनेर अनुमान मात्र गर्न सक्छन् ।
यी जङ्गली आगो मानव सिर्जित वा प्राकृतिक उत्पत्ति हो भनी छुट्याउन असक्षम भएको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजम ‘गलत र विकृति’ लाई दोष दिन व्यस्त थिए । लस एन्जलसका मेयर करेन बास सहरमा आगलागी हुन थालेको बेला देश बाहिर थिए । प्रकोपलाई राम्रोसँग व्यवस्थापन नगरेकोमा उनको आलोचना गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आफ्नो अन्तिम दिनहरू मनाउँदै सङ्घीय सरकारले छ महिनासम्म क्यालिफोर्नियाको सबै प्रकोप खर्चहरू व्यहोर्ने वाचा गरे । अचम्मको कुरा होइन, क्षतिको अनुमान अचानक १५० बिलियन डलर पुगेको तथ्याङ्क बाहिर आयो ।
आगो बढ्दै जाँदा दीर्घकालीन चुनौतीहरू ठूला हुँदै गएका छन् । नियन्त्रणभन्दा बाहिर, बढ्दो चरम मौसमी घटनाहरूको वातावरणको बिचमा समुदायहरूले वर्षौंको पुनरुत्थान गर्नुपर्ने चुनौतीको सामना गर्दैछन् । थकित र भावनात्मक रूपमा तनावग्रस्त, क्यालिफोर्नियावासीहरू थप खतराका राता चेतावनीहरू र खडेरी–सञ्चालित डढेलोेको निरन्तर खतराको लागि प्रयास गरिरहेका छन् । आगोका ज्वाला निभिए पनि राज्यको बढ्दो जोखिमको गम्भीर अनुस्मारकको रूपमा विनाशले छोडेका दागहरू रहिरहनेछन् ।
प्राकृतिक प्रकोपहरू समय–समयमा हुन्छन्, तर यस्तो देखिन्छ कि संरा अमेरिकाको नेतृत्व – स्थानीय, राज्यदेखि सङ्घीय तहसम्म – जनतालाई निराश पार्ने बाटो सधैं खोज्न सक्छ ।
लस एन्जलसको आगलागी समाचारका हेडलाइनमा बन्न थालेपछि, गत शरद ऋतुमा विनाशकारी आँधीबाट प्रभावित उत्तरी क्यारोलिनाका मानिसहरू अब होटलहरूबाट निकालिँदै छन् किनभने सरकारले उनीहरूलाई उनीहरूको घर पुनर्निर्माण गर्न अनुमति नदिएको र उनीहरूका सहायता भउचरहरू सकिएका छन् । उत्तरी क्यारोलाइनामा मृतक र ध्वस्त घरहरूको सङ्ख्या लस एन्जलसमा हालैको सङ्ख्याभन्दा धेरै बढी भए पनि अमेरिकी मिडियाले उनीहरूलाई कुनै पनि हालतमा उल्लेख गर्दैनन् ।
लस एन्जलस र उत्तरी क्यारोलाइनाका मानिसहरू सङ्घर्ष गर्दा पनि कुनै राइत नदिई बाइडेन प्रशासनले किभको लागि कोषको अर्को वृद्धि घोषणा ग¥यो, जसको मूल्य लगभग ४५०० मिलियन डलर थियो । अहिलेसम्म, वासिङ्गटनले रुस विरुद्धको प्रोक्सी (छद्म) युद्धमा १७५ बिलियन डलर खन्याइसकेको छ । यसको एक अंशले लस एन्जलसको आगोलाई रोक्न वा उत्तरी क्यारोलाइनाको बाढीलाई कम गर्न मद्दत गर्न सक्छ । यसले पक्कै पनि मानिसहरूलाई आश्चर्यचकित बनाउँछः के वर्तमान अमेरिकी सत्ताले वास्तवमा अमेरिकीहरूको वास्ता गर्छ ?
अमेरिका चलाउने अभिजात वर्ग नयाँ अमेरिकी प्रशासनले युक्रेनमा प्रोक्सी युद्ध जारी राख्नुपर्छ भन्ने मान्यता राख्छ र अमेरिकाको प्रतिष्ठा र विश्वसनीयता खतरामा रहेको तर्क गर्दै चीनप्रति आक्रामक हुन चाहन्छ । तिनीहरू उही व्यक्तिहरू हुन् जसले क्यालिफोर्नियालाई सपनाको कारखानाबाट दुःस्वप्नको इन्धनमा परिणत गरे, जो कागजको झोलाबाट बाहिर निस्केर वास्तविक शासन गर्न सक्दैनन् ।
(लेखक सर्बियाई–अमेरिकी पत्रकार हुनुहुन्छ ।)

– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *