अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, ९ माघ । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा बुधबार नियमित बैठक बस्यो ।
उक्त बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले स्वास्थ्य, मित्रता, अनुशासनको लागि खेलकुद आवश्यक भएको चर्चा गर्दै नियम परिधिमा रहेर खेल्ने भएकोले खेल अनुशासित हुने बताउनुभयो । देशको स्वाधीनता र सार्वभौमिकता रक्षाको लागि खेलको आवश्यक भएको उल्लेख गर्दै उहाँले ठुला ठुला आन्दोलनबाट आएको परिवर्तन नेपाली जनताको भरमा नभई भारतको भरमा भएको हुँदा देश हितविपरीत कोसी, गण्डक सम्झौता भएको बताउनुभयो । माओवादीहरूको कथित जनयुद्ध पनि भारतको सहयोगमा नै भएकोले देश परनिर्भरतातर्फ गएको र युवाहरू बिदेसिन बाध्य बनाएको उल्लेख गर्दै उहाँले अरूको भरमा गरेको क्रान्तिले देशको उँभो नलाग्ने भएकोले आफ्नै खुट्टामा उभिएर नपाली जनताको भरमा आन्दोलन वा क्रान्ति गर्नुपर्ने बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शपथलगत्तै बोलेको कुराबाट संसारलाई असर पर्ने बताउँदै उहाँले अमेरिकी राष्ट्रपतिमा साम्राज्यवादी सोचमा परिवर्तन नआएको बताउनुभयो । युद्धले कसैको भलो नगर्ने बताउँदै उहाँले राजनीति निःस्वार्थ रूपमा देश र जनताको सेवा गर्ने हो भन्नुभयोे ।
नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष रविराज थापाले जाँड रक्सी, लागूऔषध खाएर खेल खेल्न नहुने बताउँदै सन् १९८० मा रूसमा ओलम्पिक खेल्न जाँदा पश्चिमा र भारतीय खेलाडीहरूमा नकारात्मक प्रभाव परेको बताउनुभयो । उहाँले कुनीतिले खेलकुद बिगार्ने बताउँदै बाघले शिकार गर्न जानेन भने सिद्धिन्छ भनेजस्तै खेलाडीहरूले प्रतिस्पर्धाको लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका ४ नं वडाका वडाध्यक्ष उपेन्द्र सुवालले विभिन्न राजनीतिक परिवर्तन र आन्दोलनमा खेलाडीहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै देशको सार्वभौमसत्ता रक्षाको लागि खेलकुद आवश्यक छ भन्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव साजन लघुले पनि बोल्नुभएको थियो ।
Leave a Reply