भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, ९ माघ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सहजीकरणमा स्थानीय सरकारमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको एक टोलीले बुधबार संस्थागत अध्ययन भ्रमणअन्तर्गत भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरी यहाँको सङ्गठनको संरचना, रणनीति, प्रणाली, साझा मूल्य मान्यता, नेतृत्वशैली, मानव स्रोत एवम् उपलब्ध सीपबारे जानकारीसहितको अन्तरक्रिया कार्यक्रम ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टोलीलाई स्वागत गर्दै संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले नीति निर्माण गरी त्यसको कार्यान्वयन र व्यापक जनताको हितमा काम गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यजस्ता विषयहरूमा न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै जनताको सेवा गर्दै आएको प्रस्ट पार्दै उहाँले शिक्षा र स्वास्थ्यमा राम्रो काम भए जनताको आधा समस्या समाधान हुने बताउनुभयो ।
प्रमुख प्रजापतिले उत्पादनका मुख्य मुख्य साधनहरू सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचारजस्ता जनताका आधारभूत आवश्यकताका विषयहरू निःशुल्क, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त, व्यक्तित्व विकासमा समान अवसर समाजवादका विशेषताहरू भएको बताउँदै संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादउन्मुख काम गर्नु सबै पालिकाको जिम्मेवारी र कर्तव्य हो भन्नुभयो ।
स्थानीय तह अधिकार सम्पन्न र बलियो बनाउनेतर्फ सरकारले जोड दिनुपर्ने बताउँदै उहाँले जिल्ला समन्वय समिति खारेज गर्नु नै देशको हितमा हुने बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा क्षेत्रमा विभिन्न शैक्षिक संस्थाहरू सञ्चालन, शैक्षिक ऋण र छात्रवृत्ति वितरण गर्दै आएको र १०० शøयाको ख्वप अस्पताल सञ्चालन गरी सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रमुख प्रशासकीय अधिकृत प्रतिनिधिहरूले ख्वप अस्पतालको आर्थिक व्यवस्थापन, भक्तपुर नगरपालिकाको प्रशासनिक निर्णय, बजेट व्यवस्थापन तथा खर्च, आन्तरिक नियन्त्रण प्रणाली, खरिद प्रक्रिया आदिबारे जिज्ञासा राख्नुभएको थियो । उहाँहरूले भक्तपुरले गरेको कामबारे आफूहरूले सुन्दै आएको र भक्तपुर नपाको अध्ययन भ्रमण गरी यहाँको गतिविधिबारे जानकारी हासिल गर्न पाउँदा नपाप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवाल, सम्पदा प्रमुख रामगोविन्द श्रेष्ठलगायतको उपस्थित रहेको थियो । अध्ययन भ्रमणमा ज्वालामुखी गाउँपालिका धादिङ, गोलमजोर गाउँपालिका सिन्धुली, फिक्कल गाउँपालिका सिन्धुली, महाङ्काल गाउँपालिका ललितपुर, सूर्यगढी गाउँपालिका नुवाकोट, पञ्चकन्या गाउँपालिका नुवाकोट, लो–घेकर दामोदरकुन्ड गाउँपालिका मुस्ताङ, नार्पा भूमि गाउँपालिका मनाङका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता थियो ।
Leave a Reply