भर्खरै :

उपत्यकाव्यापी हस्तलेखन सम्पन्न

उपत्यकाव्यापी हस्तलेखन सम्पन्न

काठमाडौँ, १२ माघ । माइल्सभिजन सोलुसन एकेडेमीको आयोजनामा तथा महालक्ष्मी इङ्गलिस हाइस्कूलको सहप्रायोजनमा उपत्यकाव्यापी हस्तलेखन प्रतियोगिता टोखा नगरपालिका वडा नं. ७ मा रहेको महालक्ष्मी इङ्गलिस स्कूलमा सम्पन्न भयो ।
कार्यक्रम माइल्सभिजन सोलुसन एकेडेमीका संस्थापक अध्यक्ष रमेश खनालको अध्यक्षता, इसानका केन्द्रीय उपाध्यक्ष तथा महालक्ष्मी इङ्गलिस हाइस्कूलका संस्थापक अध्यक्ष सनकमान महर्जनको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा इसान नेपालका उपाध्यक्ष सनकमान महर्जनले आजभोलि कम्प्युटरको जमाना भए तापनि हस्तलेखनको आफ्नै महत्व रहेको बताउँदै विद्यार्थीहरूले सुन्दर हस्तलेखन गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले देशमा युवा शक्तिको आवश्यकता भएकोले विदेश नगई आफ्नै देशमा बसेर देश निर्माणमा युवाहरू लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा माइल्स भिजनका सल्लाकार, अध्यक्षलगायत अतिथिहरूले मन्तव्य दिनुभएको थियो ।
हस्तलेखन प्रतियोगितामा तारकेश्वर नगरपालिका, टोखा नगरपालिकालगायत काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न २५ वटा विद्यालयका ५०८ जना विद्यार्थीहरूले भाग लिएका थिए । प्रतियोगितालाई १–२, ३–४, ५–६, ७–८ गरी जम्मा चार भागमा वर्गीकरण गरी सम्पन्न गरिएको थियो ।
अङ्ग्रेजी र नेपाली छुट्टाछुट्टै तहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा १–२ कक्षाको अङ्ग्रेजीतर्फ स्प्रिङ भ्याली तृतीय, एञ्जल हर्ट नेसनल स्कूल द्वितीय र तेजस्वी एकेडेमीले प्रथम स्थान हासिल ग¥यो । त्यस्तै सोही समूहको नेपाली हस्तलेखनतर्फ माउन्ट रेडियन्ट तृतीय, स्प्रिङ भ्याली द्वितीय र आगमन एकेडेमीले प्रथम स्थान हासिल ग¥यो ।
कक्षा ३–४ समूहमा अङ्ग्रेजी हस्तलेखनतर्फ बालबाटिका इन्टरनेसनल तृतीय, लार्के आवासीय द्वितीय र तेजस्वी एकेडेमी प्रथम भएको थियो । त्यस्तै सोही समूहअन्तर्गतको नेपालीतर्फको हस्तलेखनमा काठमाडौँ ग्लोबल तृतीय, युनिक मोडेल द्वितीय र इडनब्रिज एकेडेमी प्रथम भएका थिए ।
कक्षा ५–६ समूहमा अङ्ग्रेजी हस्तलेखनतर्फ हिमालय बोर्डिङ स्कूल तृतीय, साइन मोडेल द्वितीय र स्प्रिङ भ्याली प्रथम भएका थिए । त्यस्तै नेपाली हस्तलेखनतर्फको हस्तलेखनमा इडिफाई इन्टरनेसनल तृतीय, महालक्ष्मी द्वितीय र इडनब्रिज एकेडेमी प्रथम भएका थिए ।
कक्षा ७–८ समूहमा अङ्ग्रेजी हस्तलेखनतर्फ माउन्ट लार्के तृतीय, काठमाडौँ ग्लोबल द्वितीय र स्वर्णदीप स्कूलले प्रथम स्थान हासिल गरेका थिए । सोही समूहमा नेपाली हस्तलेखनतर्फ इडनब्रिज एकेडेमी तृतीय, माउन्ट रेडियन्ट द्वितीय र महालक्ष्मी इङ्गलिस हाइस्कूलले प्रथम स्थान हासिल गरेका थिए ।
विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडलद्वारा सम्मानित गरिएको थियो भने सम्पूर्ण सहभागीलाई सहभागिताको प्रमाणपत्र, प्रत्येक सहभागी विद्यालयलाई प्रशंसापत्र, हस्तलेखन प्रशिक्षक तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *