भर्खरै :

कैलाली तिलकपुरमा भेटघाट तथा प्रशिक्षण

कैलाली तिलकपुरमा भेटघाट तथा प्रशिक्षण

कैलाली, १२ माघ । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा पार्टीको ५१ औँ स्थापना दिवसको अवसर पारी लम्किचुहा नगरपालिका वडा नं. ५ तिलकपुरमा पार्टी कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कैलाली अध्यक्ष रमेश कुमार रावलले नेमकिपा स्थापनाको उद्देश्यबारे प्रकाश पार्दै मजदुर र किसानको हित हुने समाजवादी व्यवस्था ल्याउन पार्टीले सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले फागुन १७ देखि १९ गतेसम्म हुने नेमकिपाको सातौं महाधिवेशन भक्तपुरमा हुन गइरहेको जानकारी गराउँदै महाधिवेश सफल बनाउन सबैमा सहयोगको लागि आग्रह गर्नुभयो ।
नेक्रामहिला सङ्घ केन्द्रीय समितिका सहसचिव लक्ष्मी पुनले नेमकिपाका कार्यकर्ता अनुशासित र इमानदार हुने कुरा बताउँदै नेमकिपाले कार्यकर्ताहरूलाई सही बाटोमा डो¥याइरहेको बताउनुभयो ।
कार्यक्रममा चन्द्र विष्ट, रत्ना रावल, चन्दा बुढामगर, एचबी र हरिकला रावलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *